• Saturday 25th , February 2017 | शनिबार, फाल्गुन १४, २०७३

माओको लङमार्च चन्द्रमादेखि मंगलग्रहसम्म

काठमाडौं, चीनको नेतृत्वले चन्द्रमा र मंगलग्रहमा स्थान वनाउन विजयको उत्प्रेरक शक्तिका रुपमा लङमार्च भन्ने शव्दलाई चयन गरेको छ ।

पृथ्वीबाट चन्द्रमाका सुदुर क्षेत्रदेखि मंगलग्रहसम्मको निकै लामो दुरीको अन्तरिक्षमा आफ्नो स्थान सुरक्षित वनाउन उसले माओको लङमार्च भन्ने शव्दलाई अन्तरिक्ष मिसनमा शक्तिको स्रोतका रुपमा लिएको अनुमान गर्न सकिन्छ ।

आफ्नो महत्वाकाँक्षी अन्तरिक्ष कार्यक्रम अन्तरगत वेइजिङले यस बर्ष मात्रै ३० ओटा अन्तरिक्ष मिसन पठाउने योजना बनाएको छ । चीनको अन्तरिक्ष विज्ञान तथा प्रविधि कर्पोरेशनका अधिकारीहरुले वुधवार लङमार्च ५ र लङमार्च ८ का रकेटबाट मिसन प्रक्षेपण गरिने वताएका छन् ।

लङमार्च ५ चीनको सबैभन्दा ठूलो उपग्रह लिएर अन्तरिक्ष जाने रकेट हो । दक्षिणी चीनको हेनान प्रान्तमा प्रक्षेपण बाहनको सफल परिक्षणबाट अन्तरिक्ष स्टेशन निर्माणको बाटो क्लियर हुने छ ।

चीनले हाले अन्तरिक्ष मिसनमा एक श्वेतपत्र जारी गर्दै २०१८ मा चन्द्रमाको सुदुरक्षेत्रमा एक अन्तरिक्ष मिसन उतार्ने घोषणा गरेको छ । सोही बर्ष मंगलग्रहमा पनि चीनले आफ्नो मिशन पठाउने कुरा श्वेतपत्रमार्फत सार्वजनिक गरिसकेको छ ।

चीनले त्यसलाइ आफ्नै तरिकाको पहिलो बर्ष भनेको छ । लङमार्च कार्यक्रमका महानिर्देशक वांग यु ले चीनको नयाँ पुस्ताको क्यारियर रकेटका लागि २०१७ एक महत्वपूर्ण बर्ष भएको वताएका छन् । चीनले २०१५ मा १९ र सन २०१६ मा २२ ओटा मिसन लन्च गरेको थियो ।