• Thursday 25th , May 2017 | बिहिबार, जेष्ठ ११, २०७४

अबैध रूपमा स्पेन छिर्न लागेकी युवती यसरी परिन् प्रहरीकाे फन्दामा

एजेन्सी,  हालै सुटकेसभित्र बन्द गरी अबैध रूपमा स्पेन छिर्न लागेकी युवती प्रहरीकाे फन्दामा परेकी छन् । युरोपेली मुलुक स्पेन छिराउन लागिएको अवस्थामा मोरक्कोकी एक १९ वर्षकी किशोरीलाई पक्राउ गरिएको हाे ।

मिरर अनलाइनका अनुसार १९ वर्षीया ती युवती ठूलै जुक्ति लगाएर स्पेन छिर्न अनुमति पाएका आप्रवासीको सुटकेसमा लुकेकी थिइन् । तर जब स्पेनको सीमा क्षेत्रको प्रहरीलाई सुटकेटको वजन शंका लाग्यो तब उसले पुनः जेकजाँच गर्यो ।

त्यसक्रममा सुटकेस खोलेर हेर्दा सुटकेस भित्र एक युवतीलाई लुकाइएको पाइयो । यो वर्षको सुरुमा ११ सयभन्दा धेरै अफ्रिकी आप्रवासीहरु स्पेनको सीमाक्षेत्रमा घुस्ने असफल प्रयास गरेका थिए ।

तीमध्ये दुई जनालाई मात्र स्पेन सरकारले उपचारका लागि स्पेन छिर्ने अनुमति दिएको थियो । त्यसरी अनुमति पाएकामध्ये एक जनाको सुटकेसभित्र लुकेर ती युवती स्पेन छिर्ने प्रयास गरेकी थिइन् । तर विचार उनी सिमानामै पक्रिइन् ।

लागूपदार्थ, सुन तथा हतियार तस्करीको बारेमा त सुनिएकै हो । वैदेशिक रोजगारी लगायतको नाममा मानव तस्करी हुने गरेको पनि देखिएकै हो । तर सुटकेसमा राखेर किशोरीको तस्करी हुने गरेको घटना भने याे सायदै पहिलाे हाेला ।