• Tuesday 28th , February 2017 | मङ्लबार, फाल्गुन १७, २०७३

एक भारतीयद्वारा परिवारका १० सदस्यकाे हत्यापश्चात अात्महत्या

एजेन्सी,  भारतको उत्तर प्रदेशस्थित अमेथी जिल्लामा आफ्नै परिवारका १२ जनालाई विषादी सेवन गराई लठ्याएपछि धारिलो हतियार प्रयोग गरी १० जनालाई हत्या गरी आफुले पनि आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

महनोशा क्षेत्रमा भएको उत्तर घटनाको प्रहरीले अनुसन्धान सुरु गरेको छ । प्रारम्भिक प्रहरी अनुसन्धानबाट ४५ वर्षीय जमालुले पहिले परिवारका सम्पूर्ण सदस्यलाई विषादी खुवाई धारिलो हतियारको सहायता हत्या गरको प्रहरी उपरीक्षक सन्तोषकुमार सिंहले बताए । परिवारका सदस्यहरुको हत्या पश्चात जमालुले झुन्डिएर आत्महत्या गरको हुनसक्ने बताइएको छ ।

घटनापछि परिवारकै दुईजनालाई स्थानीय एक अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।घाइतेहरूकाे अवस्था गम्भीर रहेको बताइएको छ ।