• Friday 24th , March 2017 | शुक्रबार, चैत्र ११, २०७३

एसएलसी परीक्षाको तालिका सार्वजनिक (तालिका सहित)

काठमाडौं – परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसएलसी परीक्षा समयतालिका ‘रुटिङ’ सार्वजनिक गरेको छ । शिक्षा ऐन संशोधनले १२ कक्षा सम्म माध्यमिक तह बनाएपछि पहिले १० कक्षामा लिइने एसएलसी परीक्षालाई १२ कक्षाको अन्तिममा र १० कक्षाको अन्तिममा एसइइ (सेकेन्डरी एजुकेसन एक्जामिनेसन) लिइने भएको हो ।

गत २०७२ सालमा चैत १८ गतेबाट एसएलसी परीक्षा सञ्चालन भएको थियो । यसअघि एसएलसी परीक्षाका रुपमा लिइने परीक्षा यसवर्षदेखि एसइइको रुपमा लिन लागिएको हो । चैत्र ३ गते पहिलो दिन अनिवार्य अंग्रेजी र ११ गते अन्तिम दिन ऐच्छिक द्धितिय विषयको परीक्षा हुने छ । परीक्षा चैत ३ गतेदेखि ११ गतेसम्म सञ्चालन हुनेछ । बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा सञ्चालन गरिने कार्यालयले जनाएको छ ।

परीक्षा तालिका

सम्पूर्ण जनाकारीको लागि यहाँ क्लिक गर्नुहोस् ।