• Tuesday 28th , March 2017 | मङ्लबार, चैत्र १५, २०७३

प्रकाश चन्द्र रिहाइका लागि पुस २६ मा आम शैक्षिक हड्तालको घोषणा

काठमाडौं, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्वित प्रमुख लोकमान सिंह कार्कीमाथि कालोमोसो दल्ने आफ्ना दुई नेता प्रकाश शाही र चन्द्र बुढाको रिहाइको माग गर्दै अखिल क्रान्तीकारीले पुस २६ गते आम शैक्षिक हड्तालको घोषणा गरेको छ ।

अखिल क्रान्तीकारीकै भाषामा नामुद भ्रष्टाचारी र जनताको नजरमा कलंकित निलम्वित कार्की माथी गरिएको कालोमोसो दल्ने काम जनपक्षिय भएकाले अखिल क्रान्तीकारीका नेता द्धोय शाही र वुढालाई यथाशिघ्र विनासर्त रिहाई गरिनु पर्छ ।

१५ दिनसम्म आफ्नो संगठनका दुई जना योद्धालाई सार्वजनिक र अवहेलनाको मुद्दामा हिरासत राखिएकाले गंभिर ध्यानाकर्षण भएको अखिल क्रान्तीकारीका अध्यक्ष पूर्णबहादुर सिंहद्धारा जारी वक्तव्यमा उल्लेख छ ।

कार्कीमाथी अदालत परिसरमै कालोमोसो दलिएको भन्दै उनीहरुमाथी अवहेलनाको मुद्दा लगाइएको छ ।

अखिल क्रान्तीकारीले जारी गरेको वक्तव्यको पूर्ण पाठ सहित