• Wednesday 18th , January 2017 | बुधबार, माघ ५, २०७३

अमेरिकाको इन्टरनेशनल एअरपोर्टमा गोली चल्यो ५ को मृत्यु, ९ घाइते


काठमाडौं,   अमेरिकाको फ्लोरिडा स्थित फोर्ट लोडरडेल हलिवुड इन्टरनेशनल एअरपोर्टमा एकजना वन्दुकधारीले अन्धाधुन्ध गोली चलाएपछि ५ जनाको मृत्यु भएको छ । घटनामा ९ जना घाइते भएको खवर सार्वजनिक भएको छ ।

ह्वाइट हाउसका पूर्व प्रेस सेक्रेटरी एरी फ्लेचरले ट्वीट मार्फत घटनाको जानकारी दिएका छन् । एनविसी न्युजका अनुसार राती अवेरसम्म यात्रु र कर्मचारीलाई एअरपोर्टबाट जाँच गर्दै वाहिर निकाल्ने कोसिश गरिएको थियो ।

जाँच विना भने कुनैपनि मानिसलाई एअरपोर्टबाट वाहिर जान दिइएको थिएन । प्रतक्षदर्शिलाई उद्धृत गर्दै समाचारहरुले एक वन्दुकधारीले भिडमाथि अन्धाधुन्ध गोली बर्साएपछि मानिसहरुमा भागदौड मच्चिएको बताएका छन् ।

इलाकालाई पूर्ण रुपमा नियन्त्रण लिइएको थियो । एनविसी न्युजका अनुसार बन्दुकधारीलाई हिरासतमा लिइएको छ ।

संसारको सबैभन्दा सुरक्षित मानिने अमेरिकामा पेन्टागन आक्रमण पछि सुरक्षा सवाल सम्वन्धी केहि प्रश्न उव्जाएको थियो । ट्रम्प प्रशासनले कार्यभार समाल्नु अघि भएको यो घटनाले आगामी दिनहरु अमेरिकाका लागि सुरक्षा सतर्कताका क्षेत्रमा चुनौतीपूर्ण वन्ने अनुमान गर्न सकिन्छ ।

 

Loading...