• Wednesday 18th , January 2017 | बुधबार, माघ ५, २०७३

ट्रम्प सहयोगका लागि पुटिनले साइवर हमला गरेको सी आइ ए को दावी


काठमाडौं, अमेरिकी गुप्तचरसँस्था सी आई ए ले निर्वाचनताका नवनिर्वाचित राष्ट्रपति डोनाल्ट ट्रम्पलाई सहयोग गर्न रुसी राष्ट्रपति भ्लाद्मीर पुटीनले साईवर आक्रमण गरेको प्रतिवेदन पेश गरेको छ ।

सपथ लिनु दुई साताअघि सी आई ए ले ट्रम्प टावरमा पुगेर पुटीनको इशारामा रुसले अमेरिकी चुनावमा साइवर आक्रमण गरेको प्रतिवेदन ट्रम्पलाई वुझाएको हो । सी आइ ए अधिकारीहरुले सो रिपोर्टको एक प्रति राष्ट्रपति वाराक ओवामालाई पनि वुझाएको छ ।

सी आई ए अधिकारीसंगको वैठक पछि ट्रम्पले २० जनवरीको सपथ लगत्तै आफ्नो प्राथमिकता सुरक्षा हुने भन्दै अमेरिकालाई सुरक्षित वनाउन एक संयन्त्र निर्माण गरिने वताए ।

उनले रुसी साइवर आक्रमणको चुनावमा भने कुनै असर नपरेको अडान लिए । सी आई ए को रिपोर्टमा भने रुसले अमेरिकामा गरेको जटिल साईवर अभियान अमेरिकी सरकार र लोकतन्त्रमाथि खतरा निम्त्याउन थियो भन्ने निष्कर्ष निकालिएको छ ।

२५ पृष्ठ लामो उक्त प्रतिवेदनमा अमेरिकी चुनावमा रुसी साइवर आक्रमणमा पुटीनको संलग्नतावारे भने स्पष्ट प्रमाण दिइएको छैन । रुसले भने अमेरिकाले लगाएको उक्त आरोपको यस अघि नै खण्डन गरिसकेको छ ।

Loading...