• Tuesday 28th , February 2017 | मङ्लबार, फाल्गुन १७, २०७३

उच्च गतिका कारण भयंकर दुर्घटना, ३ काे मृत्यु एक गम्भीर घाइते

एजेन्सी, पञ्जाबको लुधियानास्थित साउथ सिटी रोडमा उच्च गतिका कारण भयंकर दुर्घटनाभएकाे छ । होन्डा सिटि कार सडकको किनारामा ढुङ्गामा ठोक्किएपछि ८ फिटमाथि उछिट्टिएर रुखमा ठोक्किन पुगेकाे थियाे । जसका कारण कारमा सवार दुई युवती र दुई युवकको घटनास्थलमा नै मृत्यु भयो एक युवक गम्भीर रुपमा घाइते भएका छन् ।

 

स्रोतका अनुसार दिउँसो करिब २ बजेर १५ मिनेटमा भएको उक्त दुर्घटना अत्यन्तै भयानक थियो । कार चलाइरहेका गौरिश वर्माको गिदी उछिट्टीएर रुखमा टाँस्सिएको थियो, एक युवतीको हात निस्कीएकाे थियाे, एक युवकको टाउको किच्चियो भने अर्काको खुट्टा टुक्रिएकाे थियाे ।

कारको नियन्त्रण एकाएक बिग्रिएपछि सडकको किनारामा रहेको ढुङ्गामा ठोक्किएपछि टेक–अफ गरेर ८ फिटमाथि उछिट्टिएर एउटा रुखमा बजारिन पुगेको थियो । प्रत्यक्षदर्शीका अनुसार कारको गती १५० किलोमिटर प्रतिघण्टा भएका कारण कार टुक्रा-टुक्रामा परिणत भएकाे थियो । स्थानीयकाे सहयाेगमा मुल्लापुरका पुलिसले शवलाई बाहिर निकालेको बताइएको छ ।

मृतकहरूमा संयम अरोडा, गौरीश वर्मा, रिशिका बस्सी र मालीगञ्जकी इशानी जिन्दल रहेकाे बताइएकाे छ । गम्भिर घाइते अक्षित ग्रोवर (२४)काे अस्पतालमा उपचार भैरहेकाे छ । मृतक सबैको उमेर २२ देखि २४ बीच रहेको बताइएको छ ।

घटनाकाे बारेमा अनुसन्धान भैरहेकाे बताइएकाे छ । चालकले मदिरा पिएका थिए वा थिएनन् भन्नेबारे पोस्टमर्टम रिपोर्ट आएपछि थाहा हुने जनाइएकाे छ ।