• Friday 24th , February 2017 | शुक्रबार, फाल्गुन १३, २०७३

मिस नर्सको चौथो संस्करण सुरू

काठमाडाैं, ‘सशक्त महिला सवल राष्ट्र’ भन्ने नारा सहित स्वास्थ्य पेसासँग सम्बन्धित एक मात्र सामाजिक सौन्दर्य प्रतियोगिता मिस नर्सको चौथो संस्करण ‘मिस नर्स नेपाल २०७३’ आयोजना सुरु भएको छ ।

मंगलबार आयोजक नेक्स्ट मोडल्स् नेपालले एक बिज्ञप्ती जारी गर्दै ‘मिस नर्स नेपाल २०७३’का लागि आवेदन खुल्ला गरिएको जानकारी गराएका थिए । नर्सिङ पेसा रोजेका र रोज्ने प्रयासमा रहेका युवतीहरुको व्यक्तित्व बिकास गरि सामाजिक कामप्रति उत्तरदायित्व बहन गराउने उद्देश्यले प्रतियोगिता आयोजना हुँदै आएको ‘नेक्स्ट मोडल्स नेपाल’का सिइओ रबि धमलाले जानकारी दिए ।

प्रतियोगीताको बिजेताले नगद १ लाखको साथमा नेप्कम्स स्टडिजबाट फर्दर अष्ट्रेलिया अध्ययनका लागि छात्राबृतिका साथै नेपाल बेष्ट क्यान्सर फाउन्डेशनको गुडबिल एम्बेसडर बन्ने अवसर प्राप्त गर्ने अायाेजकले जनाएकाे छ।