• Tuesday 23rd , May 2017 | मङ्लबार, जेष्ठ ९, २०७४

श्रीलंकामा चीनले आगामी ३ बर्षमा ५ अर्ब डलर लगानी गर्ने

काठमाडौं, चीनले आगामी ३ देखि ५ बर्ष भित्र श्रीलंकामा नयाँ आर्थिक क्षेत्रका लागि ५ अर्ब डलर लगानी गर्ने योजना वनाएको छ ।

दक्षिण श्रीलंकामा नयाँ आर्थिक क्षेत्र निर्माणका लागि आउने तीनदेखि पाँच बर्षसम्म ५ अर्व डलर लगानी गर्ने योजना कोलम्वो सरकार समक्ष पेश गरेपछि श्रीलंकाले चीनिया सरकारको उक्त योजनाको स्वागत गरेको छ ।

चीनको यस योजनाले एक लाख मानिसहरुले रोजगार पाउने भन्दै श्रीलंकाली सरकारले चीनिया लगानी सम्वन्धी योजनाको स्वागत गरेको हो । श्रीलंकाका लागि चीनिया राजदुत शि आन लियांगले यो आर्थिक विकास क्षेत्र दक्षिण श्रीलंकाको हंवनटोटा इलाकामा बन्ने वताएका छन् ।

चीनका ५० बढी लगानीकर्ता दक्षिणी विकास प्रोजेक्टमा लगानी गर्न इच्छुक छन् । श्रीलंकाका प्रधानमन्त्री रानिल विक्रम सिंघे दक्षिण क्षेत्रको आर्थिक विकास प्रोजेक्टमा लगानीको योजनाका लागि चीनको प्रशंसा गर्दै विशेष धन्यवाद समेत दिए ।