• Saturday 29th , April 2017 | शनिबार, बैशाख १६, २०७४

नेपाल टेलिकमले ब्यालेन्स सकिंदा सापटी लिन सक्ने नयाँ सेवा सुरुवात गर्दै

काठमाडौं, नेपाल टेलिकमले पनि आफ्ना प्रिपेड ग्राहकका लागि ब्यालेन्स सकिंदा सापटी लिन सक्ने गरी नयाँ सेवा सुरुवात गर्ने तयारी गरेको छ । सेवा थालनी गर्न अहिले टेकिलमले प्राविधिक तयारी लगभग अन्तिम चरणमा पुगेको छ ।

टेलिकमको प्रतिस्पर्धी सेवा प्रदायक संस्था एनसेलले यसअघि नै सापटी सेवा सुरु गरिसकेको छ । युवा पुस्तामाझ निकै लाेकप्रिय एनसेलकाे याे सुबिधालार्इ पछ्याउँदै नेपाल टेकिलमले पनि ब्यालेन्स सापटि लिने सेवा सुरु गर्न लागेको हो ।

टेलिकम उच्च स्राेतका अनुसार टेलिकमका यो सेवा एनसेलको भन्दा भिन्न हुने तर, अहिले नै कति रकमसम्म सापटी लिन पाइने भन्ने टुंगो नलागेको ति अधिकारीले बताए ।

प्राविधिकहरुले सेवा सुरु गर्न अन्तिम गृहकार्इमा लागेकाे र कम्तिमा एक महिना समय लाग्ने बताएका छन् । यसको सम्पूर्ण मोडालिटी बनिनसकेकाले सेवा थाल्न केही समय अझै लाग्ने बताइएकाे छ ।

सेवाको सुरुवातपछि टेलिकमका प्रिपेड ग्राहकले आफ्नो ब्यालेन्स सकिएपछि अापतकालिन अवस्थामा कम्पनीसँग तोकिए बराबरको रकम सापटीका रुपमा लिन पाउनेछन् । जुन सापटी रकम अर्को पटक रिर्चाज गर्दा काटिनेछ ।