• Wednesday 18th , January 2017 | बुधबार, माघ ५, २०७३

पाकिस्तानद्धारा बावर ३ मिसाइलको सफल परिक्षण

काठमाडौं, पाकिस्तानले बावर–३ मिसाइलको सफलतापूर्वक परिक्षण सम्पन्न गरेको दावी गरेको छ । रेडियो पाकिस्तानलाई उद्धृत गर्दै पाकिस्तानी अखवार डन ले यो समाचार प्रकाशन गरेको हो ।

पाकिस्तानका इन्टर सर्भिसेज पव्लिक रिलेसन्सका मेजर जनरल असिफ गफुरले ट्वीट मार्फत यसको पुष्टी गरेका छन् । उनको ट्वीट अनुसार पाकिस्तानले पहिलो पटक पनडुब्वीबाट फायर गर्न सकिने आफ्नो पहिलो क्रुज मिसाइलको सफल परिक्षण गरेको हो ।

यस मिसाइलले ४५० किलो मिटर दुरीसम्म लक्ष्य भेदन गर्नसक्छ । बावर–३ विना रडार पनि आफ्नो काम गर्न सक्छ समाचारमा भनिएको छ ।

Loading...