• Tuesday 28th , February 2017 | मङ्लबार, फाल्गुन १७, २०७३

इन्डोनेसियामा ७.२ म्याग्निच्युडको शक्तिशाली भुकम्प

बेइजिङ, इन्डोनेसियाको सेलेवेस सामुद्रिक क्षेत्रलाई केन्द्रविन्दु बनाएर मङ्गलबार विहान २ बजेर १३ मिनेटमा शक्तिशाली भुकम्प गएको चिनियाँ भुकम्प नेटवर्क केन्द्र (सिइएनसी)ले जनाएको छ ।

सिइएनसीका अनुसार विहीबार विहानै गएको भुकम्प ७.२ म्याग्निच्युडको भएको र भुकम्पको केन्द्रविन्दु ४.५३ डिग्री उत्तरी अक्षांश र १२२.६९ पूर्वी देशान्तर (इन्डा्नेसिया) मा परेको थियो ।

तर अमेरिकी भूगर्भ सर्वेक्षण युएसजीएस केन्द्रले भने उक्त भूकम्पीय कम्पन ६.९ म्याग्नीच्युडको भएको जनाएको छ ।

भुकम्पबाट भएको क्षतिबारे कुनै विवरण आएको छैन । भुकम्पका कारण सुनामीको खतरा भने नरहेको बताइएको छ ।