• Saturday 29th , April 2017 | शनिबार, बैशाख १६, २०७४

अफगानिस्तानको बम आक्रमणमा युएइ राजदुत घाइते, ५६ को मृत्यु


काठमाडौं,   मंगलवार अफगानिस्तानका विभिन्न स्थानमा भएका श्रृङ्खलावद्ध चार ओटा बम विष्फोटमा परि ५६ जनाको मृत्यु भएको छ । बम आक्रमणमा युएईका राजदुत सहित ८८ जना घाइते भएका छन् ।

काबुलको संसद भवन नजिकै भएको आत्मघाती बम आक्रमणमा चार जना प्रहरी अधिकारी सहित ३८ जना मारिएका हुन् । त्यस विष्फोटमा ७२ जना घाइते भए । त्यसमा पश्चिम हेरात प्रान्तका सांसद रहिमा जामि पनि गंभिर घाइते भएकि छिन् ।

त्यसैगरि कन्धार शहरको गेष्टहाउमा भएको अर्को बम आक्रमणमा युएइका राजदुत जुमा महोम्मद अब्दुल्ला अल कावी र प्रान्तीय गभर्नर हमायुं अजिज सहित १६ जना घाइते भएका छन् । यस घटनामा ११ जनाको मृत्यु भएको छ ।

त्यस्तै हेलमन्ड प्रान्तको लश्कर गाहमा गरिएको आत्मघाती बम आक्रमणमा सात जना मारिएका छन् । त्यसमा आत्मघाती स्वयंले आफैलाई पनि बमको धमाकासंगै उडाए ।