• Tuesday 17th , January 2017 | मङ्लबार, माघ ४, २०७३

विमलेन्द्र निधिलाई ‘टक्कर’ दिन आइपुगे वरिष्ठ नेता, घेराबन्दीमा देउवा

काठमाडौं,पुस २७ । नेपाली कांग्रेसको पदाधिकारी तथा सदस्य पदपूर्तिको विषय नयाँ चरणमा प्रवेश गरेको छ । गत वर्ष तेह्रौँँ महाधिवेशनको पूर्वसन्ध्यामा सभापति पदका तत्कालिक उम्मेदवार शेरबहादुर देउवा र नेता खुमबहादुर खड्काबीच छलफल भई दुई नेताहरू एउटा सहमतिमा पुगेका थिए ।

सहमतिअनुसार खड्काले सभापति बन्न देउवालाई सहयोग गर्ने र सभपातिमा निर्वाचित भइसकेपछि देउवाले खड्कालाई उपसभापति पदमा र खड्काको सिफारिसमा दशजनालाई केन्द्रीय समितिको सदस्यमा नियुक्त गर्नपर्ने थियो । घटना र विचार साप्ताहिकले समाचार छापेको छ ।

त्यस्तो अवस्थामा विमलेन्द्र निधिलाई महामन्त्री बनाउने निश्चित थियो । तर, महाविधेशनमा देउवा विजयी बनेपछि परिस्थिति र नेताहरूको मनिस्थति एकाएक बदलिएको छ ।

नेता खुमबहादुर खड्कालाई उपसभपाति बनाउन नसकिने र उनको पसिफारिसमा दशजनालाई केन्द्रीय सदस्य बनाउन पनि नसक्ने जानकारी देउवाले दिइसकेको छन् ।

यसरी खड्कालाई उपसभाति मनोनयन गर्न नसकिने जानकारी गराएलगत्तै गत कात्तिक २५ गते सभापति देउवा र नेता खड्काबीच तत्काल तीनजना केन्द्रीय सदस्य मनोनीत गर्ने र पन्ध्र दिनभित्र अर्का नेता पूर्णबहादुर खड्कालाई महामन्त्री चयन गर्ने सहमति बनेको थियो ।

सभापति देउवा तथा नेताहरू खुमबहादुर खड्का, पूर्णबहादुर खड्का, शंकर भण्डारी र पुष्पा भुसाललगायत छलफल गरेर बनाएको उक्त समहमति पनि कार्यान्वयन हुन सकेन ।

अब पाका नेता गोपालमान श्रेष्ठलाई उपसभापति, नेता ज्ञानेन्द्रबहादुर कार्कीलाई महामन्त्री र पुष्पा भुसालाई सहमहामन्त्री बनाउने नयाँ प्रयास आरम्भ भएको बुझिएको छ । यसबीचमा अर्जुन जोशीलाई केन्द्रीय सदस्य मनोनीत गरिएको छ ।

तर, गोपालमान श्रेष्ठलाई मनोनीत गर्न पनि मस्किल परिरहेको बताइन्छ । गोपालमानले मात्रै विमलेन्द्र निधिलाई कांग्रेसभित्र टक्कर दिन सक्ने छन् ।

देउवा गुटभित्र गोपालमान बलियो नेताका रुपमा चिनिन्छन् । उता मनोनीत हुनुपर्ने पदाधिकारहरूमध्ये एकमा रामचन्द्र पौडेलको पनि दाबी रहने सम्भावना छ ।

खुमबहादुर खड्का असन्तुष्ट रहेको र पौडेल पक्षसमेत असहमत भएको अवस्थामा सभपाति देउवाद्वारा गरिने नियुक्ति केन्द्रीय समितिबाट अनुमोदन हुन सक्ने सम्भावना ज्न्यादै कम देखिएको छ ।

Loading...