• Tuesday 28th , February 2017 | मङ्लबार, फाल्गुन १७, २०७३

शृंखलाबद्ध लुटपाटमा संलग्न लुटेरा पक्राउ

काठमाडौं, उपत्यकाभित्र भएका शृंखलाबद्ध लुटपाटका घटनामा संलग्न भएको आरोपमा रामेछाप दोरम्बाका टीका थापा मगरलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाले मगरलाई दक्षिण ढोकाबाट नियन्त्रणमा लिएको हो।

पछिल्लो पटक गत वर्ष असार ७ गते चोरी तथा डकैती गरेको आरोपमा पक्राउ परी २६ लाख रुपैयाँ धरौटी तिरेर जेलबाट छुटेका थापा मगर पुनः लुटपाटमा संलग्न रहेको महाशाखाले जनाएको छ।

उपत्यकामा भएका १५ वटा लुटपाटका घटनामा उनी संलग्न रहेको प्रहरीको दाबी छ । महाशाखाले थापा मगरलाई पक्राउ गरेपछि उनको कोठा परीक्षण गर्दा ३ लाख नगदसमेत बरामद गरेको छ, अन्नपूर्ण पोष्टमा खबर छ ।