• Monday 24th , April 2017 | सोमवार, बैशाख ११, २०७४

अहिलेसम्मकै रोजगार सृजना गर्ने व्यक्ति वन्छु ः ट्रम्प


काठमाडौ, आफ्नो पहिलो पत्रकार सम्मेलनमा नवनिर्वाचित राष्ट्रपति डोनाल्ट ट्रम्पले आफु संसारको ठूलो रोजगार सृजना गर्ने व्यक्ति वन्ने दावी गरेका छन् ।

६ महिना पछि गरिएको वुधवारको पत्रकार सम्मेलनमा ट्रम्पले भने इश्वरले संसारमा जति मानिस वनाएको छ ति सवै मानिसहरुमध्य रोजगार सृजना गर्ने पहिलो व्यक्ति म नै वन्ने छु ।

उनले निजी कम्पनी मार्फत रोजगारलाई अमेरिका फिर्ता ल्याउन आफु सक्षम रहेको समेत दावी गरे । यद्यपि ट्रम्पको रोजगार सृजना गर्ने सोच निवर्तमान राष्ट्रपति बाराक ओवामासंग पनि थियो ।

निजी कम्पनीहरु कसरी अमेरिका फर्किने छन् र उनलाई ट्रम्पले कस्तो सुविधा दिन सक्लान भन्ने कुरा खुलेको छैन । अमेरिका भन्दा सस्तो श्रम, कच्चा र पदार्थ माल खपतका लागि ठूलो जनसंख्या भएका अन्य मुलुकबाट लगानीकर्तालाई आकर्षित गर्ने ट्रम्प रणनीतिका ठोस आधार भने देखिएका छैनन् ।

ट्रम्पका केहि गोप्य सुचना रुससंग भएको र उसले व्ल्याकमेलिङ गर्न सक्ने भन्ने रिपोर्टका सन्दर्भमा प्रश्न गर्न खोज्दा उनले सि एन एन समाचारलाई झुठ समाचार भन्दै जवाफ दिन अस्विकार गरिदिए ।