• Wednesday 25th , January 2017 | बुधबार, माघ १२, २०७३

सुन तस्करीमा सहयाेग गरेकाे अाराेपमा विमानस्थल भन्सारका २ अधिकृत पक्राउ

काठमाडौं,  ३३ किलो सुन काण्डमा केन्द्रीय अनुसन्धान व्यूरो सिआइबीले थप दुई जनालाई पक्राउ गरेको छ । बिहीबार बिहान सिआइबीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार विभागका दुई जना कर्मचारीलाई उनीहरुको घरबाटै पक्राउ गरेको सिआइबीको उच्च स्रोतले जनाएको छ ।

पक्राउ पर्नेमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका भन्सार अधिकृतहरु श्रीनारायण यादव र राजकुमार ढकाल छन् । ३३ किलो सुनमा तस्करमा उनीहरुको संलग्नता देखिएकाले पक्राउ गरिएको सिआइबी स्रोतले जनाएको छ ।

सुन तस्करहरुले उनीहरुसँग मिलेमतोमा सुन भित्र्याएको सिआइबीले आंशका गरेको छ। पक्राउ परेका भरियाहरुको वयानमा आधारमा सिआइबीले २ जना अधिकृत पक्राउ गरेको पुष्टि गरेको छ।

गत पुस २१ गते दुवईबाट आएका बाँकेका गोपालबहादुर शाहीको लगेजबाट सिआइबीले साँढे ३३ किलोभन्दा बढी सुन बरामद गरेको थियो। सुन लिन जोरपाटीमा बसिरहेका दिलबहादुर थापा र सन्तोष काफ्लेलाई पनि प्रहरीले पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ।