• Monday 24th , April 2017 | सोमवार, बैशाख ११, २०७४

संशाेधन प्रस्ताव पास गराउन मन्त्रिमण्डल विस्तार, कार्की र महतकाे मन्त्रीपद खाेसिदै

काठमाडाैँ- प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तारकाे तयारी गरिरहेका छन् । माअाेवादी केन्द्र र नेपाली काँग्रेसले संसदमा टेबुल गरिएकाे संविधान संशाेधन प्रस्तावलाई पास गराउन मन्त्रिमण्डल विस्तार गर्न लागेका हुन् ।

राप्राप नेपालका अध्यक्ष कमल थापा र मधेसी जनअधिकार फाेरम लाेकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलाई उपप्रधानसहित उक्त मन्त्रालयकाे जिम्मेवारी दिने प्रचण्ड र देउवाको तयारी छ ।

स्राेतकाअनुसार सरकारकाे नेतृत्व गरेकाे माअाेवादी केन्द्रकाे काेटाबाट सूचना तथा संचारमन्त्री बनेका सुरेन्द्रकुमार कार्की र नेपाली काँग्रेसकाे काेटाका परराष्ट्रमन्त्री प्रकाशशरण महतलाई फिर्ता बाेलाउने तयारी भइरहेकाे छ । थापा र गच्छदारलाई मन्त्रालय राेज्न समेत भनिसकिएकाे स्राेतकाे दाबी छ ।

थापा उपप्रधानसहित सूचना तथा संचार र गच्छदार उपप्रधानसहित परराष्ट्रमन्त्री बन्ने बढी सम्भावना छ । थापाले संचार राेजेपनि गच्छदारले परराष्ट्र मन्त्रालय समाल्न नसक्ने भन्दै प्रधानमन्त्री प्रचण्डले थापालाई उपप्रधानसहित परराष्ट्रमन्त्री बन्न अाग्रह गरेका छन् ।
अाफ्नाे विदेश भ्रमण अगाडि नै मन्त्रिमण्डल विस्तार गर्ने प्रधानमन्त्रीकाे तयारी छ ।