• Wednesday 25th , January 2017 | बुधबार, माघ १२, २०७३

मुख्यमन्त्री ममता बनर्जीले भनिन-‘मोदी रावण हुन्’

नयाँदिल्ली- भारतको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई रावणसँग तुलना गरेकी छिन् । भारतीय मुद्रालाई विमुद्रीकरण गर्न थप प्रयास गरेमा मोदीलाई जनताले प्रतिबन्ध लगाउने उनले बुधवार बताइन् ।

भारतको केन्द्रीय बैंकअगाडि धर्नामा बसेका तृणमूल कंग्रेसका कार्यकर्तालाई सम्बोधन गर्दै ममताले मोदी सरकार विपक्षीहरूलाई चुप लगाउने आतंकवादी अभियानमा लागेको आरोप लगाइन् । मोदीको विरोध गरेका कारण आफूलाई विमान दुर्घटनामा पारेर मार्न खोजिएको उनले आरोप लगाइन् ।

आक्रामक भाषणका लागि परिचित ममताले मोदीलाई रावणसँग तुलना गरिन् । ‘चौडा छाती र कुम भएको धाक लगाउँछन् मोदीले, रावणको पनि त चौडा छाती थियो नि,’ उनले भनिन्, ‘अनि उनको दशवटा टाउको थियो । मोदीका पनि दशवटा टाउका छन्, कहिले के भन्छन् कहिले के ?’