• Saturday 25th , February 2017 | शनिबार, फाल्गुन १४, २०७३

घडि काण्डबारे प्रवल गुरूङले के भने रामहरीलार्इ ?

काठमाडाैं,  नेपाली कांग्रेसका सांसद रामहरि खतिवडामाथि घडी चोरेको आरोप लागेपछि पूर्वप्रधानसेनापति पुत्र प्रवलमानसिंह गुरुङले आफ्नो धारणा सार्वजनिक गरेका छन् । प्रवल गुरूङले घडीको बारेमा बिभिन्न अफवाह फैलिएको भन्दै एक विज्ञप्ति प्रकाशन गरेका छन्।

उनले घडी हराएको विषयमा सांसद खतिवडाको नाम जोडिएकोमा गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । आफ्ना बाबुलाई ०६६ सालमा नै सम्धी भेटका क्रममा भाटभटेनीका मालिक मीनबहादुुर गुरुङले दिएको घडी आफूले लगाएको र २० गते हेल्थ क्लबमा हराएको बताएका छन् ।

त्यही दिन क्लबको चेन्जिङ रुपमा राखेको खतिवडाको ट्राकसुटमा पर्न गएको घडी उनले थाहा पाए लगतै आफू भारतमा रहेकाले साथी सिमान्तलाई खबर गरेको उनले बताएका छन् । घडी हराएकाे सम्बन्धमा जानकारी गराइ अाफू कामले मुम्बै गएकाे र फर्किएर अाँउदा यस विषयलार्इ अतिरञ्जित गरिएकाे पाएपछि बाध्य भएर विज्ञप्ती निकालेकाे बताएका छन् ।

यस घटनामा रामहरी खतिवडाकाे नाम जाेडिएकाे र यसबाटा उनकाे सामाजिक प्रतिष्ठामा पर्न गएकाे असरप्रति दुःख व्यक्त गरेका छन् ।

यस्ताे छ विज्ञप्ति