• Friday 24th , February 2017 | शुक्रबार, फाल्गुन १३, २०७३

अर्थ/बाणिज्य

घुमाइफिराइ ‘फास्ट ट्रयाक’ भारतलाई नै दिने दाहाल सरकारको तयारी आइतवार, साउन ३०, २०७३ 0 responses काठमाडौं- सरकारले काठमाडौंदेखि तराई जोड्ने द्रुतमार्ग (फास्ट ट्रयाक ) विदेशी लगानीमा बनाउने भन्दै भारतलाई नै दिने तयारी गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले स्वदेशी लगानीमै फस्ट ट्रयाक निर्माण गर्ने निर्णय गरे पनि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले विदेशी लगानी जुटाउने गृहकार्य...
कालोधन प्रकरणः नेपाल कालोसूचीको उच्च जोखिममा आइतवार, साउन ३०, २०७३ 0 responses   काठमाडौं- सेयर बजारमार्फत अवैध सम्पत्ति शुद्धीकरण गर्ने कार्य नियन्त्रणमा धितोपत्र बोर्डले प्रभावकारी काम नगरेको भन्दै यो क्षेत्रमा संलग्न अन्य निकायले असन्तुष्टि जनाएका छन् । सेयरमा हुने लगानीको स्रोत खोजी गर्ने कार्यबाट बोर्ड पछाडि हटेपछि अन्तराष्ट्रिय समुदायमा नकारात्मक सन्देश जाने र सम्पत्ति शुद्धीकरण नियन्त्रणको कार्य प्रभावकारी नभएको आरोपमा नेपाल...
चीनसँगको कोरला नाका फेरि खुल्यो शनिबार, साउन २९, २०७३ 0 responses काठमाडौं–चीन र नेपाल जोड्ने मुस्ताङस्थित कोरला नाका केही दिनका लागि फेरि खुल्ने भएको छ । वर्षमा दुईपटक नाका खुलाउने परम्पराअनुसार नै फेरि नाका खुला हुन लागको मुस्ताङका प्रमुख जिल्ला अधिकारी गणेश अधिकारीले जानकारी दिए । ‘सीमाको गेट भदौ ४गतेबाट खोल्ने भनिएको छ, अधिकारीले भने, ‘अहिलेचाँहि चिनियाँहरु आएर व्यापारिक मेलाका...
स्वीडिस क्रोनर मुद्रा भदौदेखि नचल्ने बिहिबार, साउन २७, २०७३ 0 responses काठमाडौं । आउँदो भदौदेखि स्वीडेनको स्वीडिस क्रोनर मुद्रा नेपालमा नचल्ने भएको छ ।  स्वीडेनको रिक्स बैंकले २०, ३० र १ हजार दरका क्रोनर चलनचल्तिबाट हटाउने जानकारी गराएपछि राष्ट्र बैंकले यस्तो निर्णय गरेको हो । रिक्स स्वीडेनको केन्द्रीय बैंक हो । यि नोटहरु साउनभित्र सटही गरिसक्न केन्द्रीय बैंकले वाणिज्य बैकहरुलाई...
गोरखाबाट तिब्बत जोड्ने सडक निर्माण कछुवा गतिमा- चार वर्षमा चार किलोमिटर निर्माण बिहिबार, साउन २७, २०७३ 0 responses गोरखा- गोरखाबाट चीनको स्वाशासित क्षेत्र तिब्बत जोड्ने रणनीतिक महत्वको बारपाक-माछाखोला-छेकम्पार-नल्याङभञ्ज्याङ सडक निर्माण कछुवा गतिमा भएको छ । पाँचवर्ष अघिदेखि निर्माण सुरु भएको उक्त सडक हालसम्म १६ किलोमिटर मात्रै खनिएको छ । गोरखाको बारपाकदेखि नल्याङभञ्ज्याङसम्म १३० किलोमिटर लम्बाइ छ । सरकारले यो सडकलाई पहिलो प्राथमिकता (पी-वान) मा राखेको छ । यो...
रसुवागढी–काठमाडौँ रेलमार्ग अध्ययनका लागि सातवटा चिनियाँ कम्पनीको रुचि बिहिबार, साउन २७, २०७३ 0 responses   काठमाडौँ- रसुवागढी–काठमाडौँ  रेलमार्ग निर्माणको सम्भाव्यता अध्ययनका लागि सातवटा चिनियाँ कम्पनीले इच्छा देखाएका छन् । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेला जारी गरिएको संयुक्त विज्ञप्तिमा नेपाल–चीन रेलमार्ग निर्माण गरिने उल्लेख थियो । यस अनुसार सातवटा चिनियाँ कम्पनीले सम्भाव्यता अध्ययनका लागि इच्छा देखाएको रेल विभागका महानिर्देशक अनन्त आचार्यले...
प्रधानमन्त्रीको निर्देशन पछि ‘लोडसेडिङ ७ घण्टामा झार्ने ऊर्जा मन्त्रालयको योजना’ बिहिबार, साउन २७, २०७३ 0 responses काठमाडौँ- ऊर्जा मन्त्रालयले आगामी हिउँदमा लोडसेडिङ दैनिक सात घण्टामा सीमित गर्ने गरी कार्ययोजना बनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै मन्त्रालयलाई योजना ल्याउन निर्देशन दिएपछि ऊर्जाले पाँच बुँदामा यस्तो कार्ययोजना तयार गरेको हो । गत हिउँदमा दैनिक १२ घण्टासम्म लोडसेडिङ भएकोमा आगामी याममा सात घण्टासम्म झार्ने योजनासहितको पाँच बुँदे...
कृषि विकास कार्यालयद्धारा भट्मासको जातीय छनौट परिक्षण बुधबार, साउन २६, २०७३ 0 responses दीपबहादुर घर्ती जाजरकोट- जिल्ला कृषि विकास कार्यालयले जाजरकोटमा स्थानिय भट्मासको जातिय छनौंट परिक्षण गरिरहेको छ । जिल्ला कृषि विकास कार्यालय जाजरकोटले कृषक समुहहरुको सहभागितामा भट्मासको जातिय छनौंट परिक्षण गरिरहेको हो । राष्ट्रिय विऊ विजन गुणस्तर केन्द्रमा जाजरकोटमा पाईने स्थानिय कालो भट्टमासको जात दर्ता गराउने उदेश्यले कृषि विकास कार्यालयले जिल्लामा...
सुनको मूल्य ३ वर्ष यताकै उच्च विन्दुमा बुधबार, साउन २६, २०७३ 0 responses काठमाडौँ – अन्तराष्ट्रिय बजारको प्रभावस्वरुपम नेपाली बजारमा पनि सुनको मूल्य आकाशीएको छ । पछिल्ला हप्तामा निरन्तर बढिरहेको सुनको मूल्य बुधबार ३०० प्रतितोलाका दरले बढेर ५९ हजार २ सय रुपैयाँ प्रतितोला पुगेको छ । यो मूल्य तीन वर्ष यताकै उच्च विन्दु हो । गत महिना बेलायत युरोपेली संघबाट छुट्टिने जनमत संग्रहको...
पञ्चेश्वरलाई जग्गा उपलब्ध गराउन ढिलाइ मङ्लबार, साउन २५, २०७३ 0 responses कञ्चनपुर- बहुप्रतिक्षित पञ्चेश्वर विकास प्राधिकरणलाई कार्यालय स्थापना गर्न जग्गा उपलब्ध गराउने कार्यमा ढिलाइ भएको छ । महेन्द्रनगर नगर विकास समितिको स्वामित्वमा रहेको सालघारी क्षेत्रको इको पार्कको १० बिगाहा जग्गा उपलब्ध गराउने निर्णय कार्यान्वयन नहुँदा जग्गा उपलब्ध हुन नसकेको हो । प्राधिकरणले जग्गा उपलब्ध गराउनका लागि समितिलाई विसं २०७२ फागुन...
सेयर बजार निरन्तर ओरालो सोमवार, साउन २४, २०७३ 0 responses काठमाडौं, धितोपत्र बजारमा हालसम्मकै उच्च गिरावट आएको छ । निरन्तर ओरालो लाग्दै आएको सेयर बजारमा सोमबार करिब ८९ अङ्कले गिरावट आएको हो । नेपाल स्टक एक्चेन्जकाअनुसार उत्पादन समूह बाहेक अरु सबै समूहको सेयरमा उच्च गिरावट आएको हो । कुल १३० कम्पनीको ११ लाख ६२ हजार ५७१ कित्ता सेयर रु ८७...
२ दिन रिचार्ज नहुँदा टेलिकमको करोडौं गुम्यो सोमवार, साउन २४, २०७३ 0 responses साउन २४,काठमाडाैँ,नेपाल टेलिकमको रिचार्ज सिष्टममा समस्या आउँदा २ दिनको अवधिमा कम्पनीको करोडौं रुपैयाँ आम्दानी गुमेको छ । शनिबार बिहानदेखि कम्पनीको एनटी रिचार्ज सिष्टममा रिचार्ज हुन नसक्दा करोडौं नोक्सानी बेहोर्नु परेको हो । यसबीचको २ दिनको अवधिमा १४ लाख गा्रहकले रिचार्ज गर्न नपाउँदा थुप्रै हैरानी खेप्नुपरेको छ । हाल टेलिकमले...
नेपालमा लगानी गर्ने चीनको प्रतिबद्धता आइतवार, साउन २३, २०७३ 0 responses काठमाडौँ – मित्रराष्ट्र चीनको छन्डु एसोसिएसन अफ फरेन इकोनोमिक एन्ड ट्रेड कोपरेसनले नेपालमा विशेषगरी जलविद्युत्, पर्यटन, कृषि क्षेत्रमा लगानीका लागि प्रतिबद्धता व्यक्त गरेको छ । नेपाल चेम्बर अफ कमर्स तथा ट्रेड कोपरेसनद्वारा आयोजित पत्रकार सम्मेलनमा कोपरेसनका महासचिव छेन स्याओको नेतृत्वमा नेपाल भ्रमणमा आएका १६ सदस्यीय व्यापारिक प्रतिनिधि मण्डलले नेपालको...
पाइपलाइन निर्माण अघि बढाउन भारतीय मन्त्रीकाे निर्देशन आइतवार, साउन २३, २०७३ 0 responses काठमाडौं–इन्धन आपूर्तिका हिसाबले महत्वपूर्ण मानिएको योजना सीमवर्ती रक्सौलदेखि अमलेखगन्जसम्म ४१ किलोमिटर लामो पेट्रोलियम पाइपलाइन निर्माण कार्य द्रूत कार्यान्वयनमा भारतीय पक्षले तत्परता देखाएको छ । भारतीय केन्द्र सरकारले मन्त्रिस्तरीय टोलीले त्यहाँको सम्बन्धित पूर्वी चम्पारण जिल्ला भ्रमण गरी स्थानीय अधिकारीलाई पाइपलाइन आफ्नो सरकारको प्राथमिकतामा रहेको जनाउँदै आवश्यक निर्देशन दिएको हो ।...
सुख्खा बन्दरगाहका लागि प्रक्रिया अघि बढ्यो शनिबार, साउन २२, २०७३ 0 responses कञ्चनपुर- दोधाराचाँदनीमा सुख्खा बन्दरगाहको अध्ययन गर्नका लागि नेपाल–भारतको संयुक्त टोली गठन गरी निर्माण कार्यलाई अगाडि बढाइने भएको छ । नेपाल–भारत दुवैतर्फ भौतिक संरचना निर्माण गरिने भएकाले दुवै देशका विशेषज्ञ सम्मिलित अध्ययन टोली गठन हुने भएको हो । सुख्खा बन्दरगाहाका लागि अध्ययन गर्न दुवै देशका विज्ञ सम्मिलित संयुक्त टोली बनाउने...