• Sunday 23rd , April 2017 | आइतवार, बैशाख १०, २०७४

शिक्षा

परीक्षाफल प्रकाशन बुधबार, माघ २६, २०७३ 0 responses त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७३ सालमा सञ्चालित कानुन सङ्कायतर्फ तीनवर्षीय स्नातकोत्तर तह द्वितीय वर्ष २०७२ को परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको छ । परीक्षाफल वेभसाइट www.edusanjal.com, www.educationsansar.com, www.educationkhabar.com,www.tu.ntc.net.np मा लग इन गरेर हेर्ने व्यबस्था गरेको छ । त्यस्तै, त्रिविले नेपाल टेलिकमको १६०२ मा डायल गरेर वा एमपिए स्पेस...
अखिल (क्रान्तिकारी) द्वारा देशभरका क्याम्पसमा तालाबन्दी बुधबार, माघ २६, २०७३ 0 responses काठमाडाैं, विप्लव माअाेवादी नेतृत्वकाे अखिल  (क्रान्तिकारी) ले स्ववियु निर्वाचन हुने देशभरका क्याम्पसमा तालाबन्दी गरेकाे छ ।अखिल(क्रान्तिकारी) लगायत सात बिद्यार्थी संगठनहरुले चार बुँदे मागसहित उपत्यकालगायत देशै भरीका स्ववियु निर्वाचन हुने क्याम्पसहरुमा तालाबन्दी गरेको हाे । त्रिभुवन बिश्वबिद्यालयले बिद्यार्थी संगठनहरुलार्इ हेर्ने दृष्टीकोण र गर्ने ब्यवहारमा बिभेद गरेको , फर्जी बिद्यार्थी भर्नालार्इ...
भक्तपुरमा वृहत शैक्षिक प्रदर्शनी हुने सोमवार, माघ २४, २०७३ 0 responses भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप उच्च माध्यामिक विद्यालयमा बृहत् शैक्षिक एवम् विज्ञान प्रदर्शनी हुने भएको छ। ख्वप कलेजमा आइतबार आयोजना गरिएको पत्रकारसम्मेलनमा कलेजका प्राचार्य एवम् प्रदर्शनीका संयोजक रुपक जोशीले माघ २५ देखि हुने तीनदिने प्रदर्शनीमा भक्तपुर, काठमाडौं, ललितपुर र काभ्रेका विभिन्न विद्यालयका विद्यार्थीलाई प्रत्यक्ष लाभ मिल्ने बताइएको छ । विद्यार्थीले...
कन्या क्यान्पसमा प्राविधिक शिक्षा सञ्चालनार्थ महायज्ञ सुरु सोमवार, माघ २४, २०७३ 0 responses पोखरा, पश्चिमाञ्चल क्षेत्रकै पहिलो कन्या क्याम्पसमा प्राविधिक शिक्षा संचालनका लागि आर्थिक स्रोत जुटाउने उद्देश्यले महायज्ञ गर्न लागिएको छ । माघ २५ गतेदेखि फागुन ३ सम्म क्याम्पसमा आयोजना हुन लागेको शैक्षिक, धार्मिक महोत्सव एवं श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको सम्पूर्ण तयारी पूरा भएको छ । यसै सन्दर्भमा पोखरामा बृहत् प्रचारात्मक...
कक्षा ११ र १२को वार्षिक परीक्षाको समयतालिका सार्वजनिक आइतवार, माघ १६, २०७३ 0 responses काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरले कक्षा ११ र १२ को परीक्षाको समयतालिका सार्वजनिक गरेको छ। बोर्डले २०७४ सालमा हुने वार्षिक परीक्षाको तालिका सार्बजनिक गरेको हो । तालिका अनुसार कक्षा १२ को परीक्षा बैसाख १० देखि २२ गतेसम्म संचालन हुनेछ भने कक्षा ११ को परीक्षा बैसाख...
त्रि.वि.ले गर्यो निर्वाचन तालिका घोषणा शनिबार, माघ १५, २०७३ 0 responses काठमाडौं,त्रिभुवन विश्वविद्यालयले २०७३ फागुन १४ गते हुने स्ववियु निर्वाचनको कार्यतालिका घोषणा गरेको छ । स्ववियुले तय गरेको २८ बर्षको उमेर हद र मिश्रित प्रणालीमा स्ववियु निर्वाचन हुनेछ । माघ १५ गते देखि सम्पुर्ण क्याम्पसमा नयाँ भर्ना बन्द हुनेछ । अब निर्वाचन आचारसंहिता अनुसार सबै संगठनहरुले चुनावको तयारी अगाडी बढाउने...
परीक्षाफल प्रकाशन आइतवार, माघ ९, २०७३ 0 responses काठमाडौं, त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा गत भदौमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ ‘पोस्ट ग्रयाजुएट डिप्लोमा इन काउन्सिलिङ साइकोलोजी’ (२०७२) को परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको छ । परीक्षाफल www.educationsansar.com, www.edusanjal.com, www.tu.ntc.net.np र www.educationkhabar.com मा पनि हेर्न सकिनेछ । त्यस्तै नेपाल टेलिकमको १६०२ मा डायल गरी प्राप्त निर्देशानुसार...
काठमाडौं विश्वविद्यालयको उपकूलपतिमा रामकण्ठ माकाजू पुनः नियुक्त शुक्रबार, माघ ७, २०७३ 0 responses काठमाडौं, डेढ महिनादेखि रिक्त रहेको काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा रामकण्ठ माकाजू पुनः नियुक्त भएका छन् । शुक्रबार बिहान प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालले माकाजूलाई उपकुलपतिमा नियुक्त गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । उनलाई भिसी नियुक्त गर्नुअघि शुक्रबार बिहान ८ बजे प्रधानमन्त्री दाहालले बालुवाटारमा शिक्षा मन्त्री धनीराम पौडेलसहित,...
विद्यालयको पाठ्यपुस्तक समयमै उपलव्ध गराउने शिक्षामन्त्री पौडेलको प्रतिवद्धता मङ्लबार, माघ ४, २०७३ 0 responses काठमाडौं, शिक्षा मन्त्रालयले विद्यालय तहको पाठ्य पुस्तक समयमै उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ। शिक्षामन्त्री धनिराम पौडेलले नयाँ शैक्षिक सत्र सुरु हुनअगावै पाठ्यपुस्तक सम्बन्धित विद्यालयसम्म पुर्‍याउने प्रतिवद्धता जनाएका हुन्। व्यवस्थापिका संसदको महिला, बालबालिका, जेष्ठ नागरिक र समाज कल्याण समितिले मंगलबारको बैठकमा वर्षेनी पाठ्यपुस्तक अभाव हुने गरेकोतर्फ सचेत गराएपछि उनले समयमै...
अब निजी र सरकारी पाठ्यपुस्तक एउटै हुने शनिबार, पुस २३, २०७३ 0 responses काठमाडौँ- शिक्षामन्त्री धनिराम पौडेलले निजी र सरकारी पाठ्यपुस्तकबीच विभेद रहेको भन्दै त्यसको अन्त्यको लागि मन्त्रालयले काम अगाडि बढाएको बताएका छन्। ‘संस्थागत सार्वजनिक विद्यालयका पाठ्यपुस्तकमा पनि विभेद, त्यसको अन्त्यको लागि आउँने शैक्षिकसत्रबाटै कक्षा १ र २ का पुस्तक रंगीनमा छाप्ने तयारी भइरहेको छ’, मन्त्री पौडेलले भने। शनिबार संवाद डबलीमा खोजी...
एसएलसी परीक्षाको तालिका सार्वजनिक (तालिका सहित) बिहिबार, पुस २१, २०७३ 0 responses काठमाडौं – परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसएलसी परीक्षा समयतालिका ‘रुटिङ’ सार्वजनिक गरेको छ । शिक्षा ऐन संशोधनले १२ कक्षा सम्म माध्यमिक तह बनाएपछि पहिले १० कक्षामा लिइने एसएलसी परीक्षालाई १२ कक्षाको अन्तिममा र १० कक्षाको अन्तिममा एसइइ (सेकेन्डरी एजुकेसन एक्जामिनेसन) लिइने भएको हो । गत २०७२ सालमा चैत १८...
स्ववियु निर्वाचन स्वागतयोग्य,विद्यार्थी नेताहरु को के भन्छन् ? बुधबार, पुस २०, २०७३ 0 responses काठमाडौं, उमेरहदको कुरा नमिलेपनि त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचन निर्धारित मितिमै गर्ने भनेपछि विद्यार्थि संगठनहरु अलमलमा परेका छन् । निर्वाचनका लागि त्रि.वि. लाई विगतमा दबाव दिदै आएका विद्यार्थि संगठनहरु स्ववियु निर्वाचनको मिति घोषणाले एकातिर खुशि छन भने अर्कोतिर उमेरहदको गाँठोले संगठनमा सन्तुलन मिलाउन उनीहरुलाई सास्ती हुने भएको छ । त्रि.वि.को...
शाखा अधिकृतमा ३० गुणा बढीकाे आवेदन मङ्लबार, पुस १९, २०७३ 0 responses काठमाडाैं,  लोकसेवा आयोगले विज्ञापन गरेको निजामती सेवातर्फको राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत) मा मागेको सङ्ख्याभन्दा अहिलेसम्म ३० गुणा बढीले आवेदन फाराम भरेका छन् । यसबाट नेपालमा शैक्षिक बेराेजगारकाे स्थिति र निजामती सेवामा युवायुवतीकाे अाकर्षणबारे सहजै अनुमान लगाउन सकिन्छ । आयोगले ५०३ शाखा अधिकृत पदका लागि आवेदन मागेकामा अहिलेसम्म १५...
सहमतिपश्चात सुदूरपश्चिम विश्वविद्यालयमा लगाइएको ताला खुल्याे मङ्लबार, पुस १९, २०७३ 0 responses कञ्चनपुर,  सुदूरपश्चिम विश्वविद्यालयमा विद्यार्थीले झन्डै दुई साता अघि लगाएको ताला सातबुँदे सहमतिपछि खोलेका छन् । आन्दोलनरत विद्यार्थी र विश्वविद्यालय प्रशासनबीच सोमबार भएको वार्तामा तालाबन्दी खोल्ने सहमति अनुरुप विश्वविद्यालयको केन्द्रिय कार्यालयमा लगाइएको ताला खोलिएको हो । राष्ट्रियस्तरको प्रयोगशाला स्थापना गर्ने, प्रयोगशालाका सामग्री यथाशीध्र व्यवस्थापनका लागि निर्देशकलाई जिम्मेवारी दिने, विज्ञान भवन...
पुसकाे अन्तिम साता पाेखरामा ‘बृहत् शैक्षिक मेला’ हुने सोमवार, पुस १८, २०७३ 0 responses पाेखरा,  नेपाली विद्यार्थीलाई स्वदेशी एवम् विदेशी शिक्षा प्रणाली र भविश्यमा अध्ययन गर्ने विषयमा जानकारी दिने उद्देश्यले पुस महिनाको अन्तिम साता पोखरामा ‘बृहत् शैक्षिक मेला’ हुने भएको छ । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) कास्कीद्वारा आइतबार पाेखरामा आयोजित पत्रकार सम्मेलनमा विद्यार्थीलाई कलेज तथा विश्वविद्यालयका साथै त्यहाँ प्राप्त हुनसक्ने छात्रवृत्ति, सहुलियत,...