• Thursday 30th , March 2017 | बिहिबार, चैत्र १७, २०७३

समाचार

परराष्ट्रमन्त्री महतसँग भारतीय राजदूतबीच भेटवार्ता बिहिबार, चैत्र १७, २०७३ 0 responses काठमाडौँ: परराष्ट्रमन्त्री डा प्रकाशशरण महतसँग आज परराष्ट्र मन्त्रालयमा नेपालका लागि भारतका नवनियुक्त राजदूत मन्जिभसिंह पुरीले शिष्टाचार भेट गरेका छन्। भेटका क्रममा नेपाल र भारतको आपसी सम्बन्धका साथै नेपालको पछिल्लो राजनीतिक अवस्थाका बारेमा कुराकानी भएको थियो। भेटमा परराष्ट्रमन्त्री महतले स्थानीय तहको निर्वाचनको तयारी व्यापक रुपमा सरकारले गरिरहेको र त्यसमा सबै...
महिलाको अश्लिल भिडियो खिचेर फेसबुकमा सार्वनजिक गर्ने युवक पक्राउ बिहिबार, चैत्र १७, २०७३ 0 responses काठमाडौं, महिलाको अश्लिल भिडियो खिचेर सामाजिक सञ्जालमार्फत् चरित्र हत्या गर्ने एक जनालार्इ प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले बैतडी देहमाण्डी-६ स्थायी घर भएका २३ वर्षीया राजबहादुर बोहोरालार्इ पक्राउ गरेको हो । उनले महिलालाई पटक-पटक टेलिफोनमार्फत् कुराकानी गरी विभिन्न बहानामा रातको समयमा कोठमा प्रवेश...
आफैले जन्माएको नवजात शिशु मार्ने आमा पक्राउ बिहिबार, चैत्र १७, २०७३ 0 responses भक्तपुर, आफैले जन्माएको बच्ची मारेको अभियोगमा चाँगुनारायण नगरपालिका–३ झौखेल डेरा गरी बस्ने रामेछाप गौसरा–१ घर भएकी २१ बर्षीया साहिली तामाङलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बुधबार विहानदेखि डेलीभरी सम्बन्धी व्यथा लागेकोले तामाङको श्रीमान मेघबहादुर तामाङ गाउँमा गई पैसा खोजेर आई जिल्ला अस्पताल ल्याउँदा डाक्टरले...
बोडेको जात्रामा ४५ वर्षीय बुद्धकृष्णले जिब्रो छेड्ने बिहिबार, चैत्र १७, २०७३ 0 responses भक्तपुर, मध्यपुर थिमिस्थित बोडेको प्रसिद्ध जिब्रो छेड्ने जात्रामा यस वर्ष बुद्धकृष्ण बाग श्रेष्ठले जिब्रो छेड्ने भएका छन् । जात्रा नै रोकिने अवस्था आएपछि बोडेका ४५ वर्षीय बुद्धकृष्ण बाग श्रेष्ठ जिब्रो छेड्न तयार भएका हुन् । उनले यसअघि २०६२ देखि २०६५ सालसम्म चारपटक जिब्रो छेडिसकेका छन् । २०६६ सालमा घरमा...
”भारतले सैन्य हस्तक्षेप गर्यो, तुरुन्त माफी मगाउ” बिहिबार, चैत्र १७, २०७३ 0 responses काठमाडौं : मोहन वैद्य नेतृत्वको नेकपा (माओवादी क्रान्तिकारी) ले भारतीय सीमा सुरक्षा बल (एसएसबी)को गोलीले नेपाली नागरिकको मृत्यु हुनुलाई स्वतन्त्र मुलुकमाथि गरिएको सैन्य हस्तक्षेपको संज्ञा दिएको छ। चैत १४ र १५ गते बसेको पार्टीको विस्तारित बैठकका निर्णय सार्वजनिक गर्दै वैद्य माओवादीले यस्तो बताएको हो। उसले उक्त घटनामा भारत सरकारलाई...
अज्ञात समूहद्वारा विद्यालयमा आगजनी, घटनास्थलमा भेटियो अनाैठाे पर्चा बिहिबार, चैत्र १७, २०७३ 0 responses बैतडी, जिल्लाकाे पुरचौडी नगरपालिका वडा नं १० विजयपुरस्थित रौलेश्वर माविमा अज्ञात समूहले आगजनी गरेको छ । सोमबार राति गरिएको आगजनीबाट विद्यालयको पाँचकोठे भवनका चारवटा कोठा जलेर पूर्णरुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रहरी नायव उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए । आगजनीबाट विद्यालयको कार्यालयका सबै कागजात पनि जलेर नष्ट...
प्रधानमन्त्री दाहाल र राजदूत पुरीबीच भेटवार्ता बिहिबार, चैत्र १७, २०७३ 0 responses काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय राजदूत मन्जिव शिंह पुरीबीच आज बिहान शिष्टाचार भेट भएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री दाहालले नवनियुक्त राजदूत पुरीलाई कार्यकाल सफलताको शुभकामना दिएका थिए । दाहालले पुरीको नेपाल बसाई सुखमय रहोस् भन्ने शुभकामना दिएका थिए । प्रधानमन्त्रीले नेपाल र...
बलात्कारको आरोपमा गाउँपलिकाका सचिव भुर्तेल पक्राउ बुधबार, चैत्र १६, २०७३ 0 responses बाग्लुङ, एक युवतीलाई मंगलबार बलात्कार गरेको आरोपमा तमान गाउँपालिकाका सचिव कमलप्रसाद भुर्तेल पक्राउ परेका छन् । मदिरा सेवन गरी रातको १० बजे स्थानीय १८ वर्षीय युवतीलाई करणी गर्दै गरेको स्थानीयले फेला पारेपछि नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको स्थानीय रामजी थापाले बताए । मदिराले मातेका सचिव भुर्तेलले युवतीको कोठामा छिरेर...
आगलागिबाट ९० वर्षिया बृद्धाको मृत्यु बुधबार, चैत्र १६, २०७३ 0 responses बारा, आगो लागेर बारा जिल्ला पिप्रावी गाविस –१ की ९० वर्षिया राजपतिदेवी सहनीको मृत्यु भएको छ। आफ्नै घर अगाडि आगो बालेर तापिरहेको अवस्थामा अचानक साडीमा आगो सल्केर गम्भीर घाइते भएकी सहनीको उपचारका क्रममा गए राति वीरगन्ज मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। यसैगरी बारा जिल्ला सिहर्वा...
काम ठग्ने मालपोत प्रमुख स्थानीयको नियन्त्रणमा बुधबार, चैत्र १६, २०७३ 0 responses पर्सा, वीरगन्ज उपमहानगरपालिका–२ का स्थानीयले मालपोत कार्यालय, पर्साका कार्यालय प्रमुख प्रकाश पोख्रेललाई नियन्त्रणमा लिई जिल्ला प्रशासन कार्यालयमा बुझाएका छन् । कार्यालय प्रमुख पोख्रेलले बिहान ९ बजे कार्यालय पुगेर हाजिरी पुस्तिकामा हाजिर गर्ने र त्यसपछि दिनभरि अनुपस्थित हुने गरेको भन्दै आज स्थानीयले नियन्त्रणमा लिई पर्साका सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त...
अझै तीन दिनसम्म मौसम यथावत रहने बुधबार, चैत्र १६, २०७३ 0 responses काठमाडौं, उपत्यकासहित देशको पूर्वी तथा मध्ये क्षेत्रमा अचानक परिवर्तन भएको मौसम खुल्न अझै दुई तीन दिन लाग्ने भएको छ । बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण मौसम परिवर्तन भएर पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज सबैभन्दा धेरै पोखरामा ८ मीलीमीटर र काठमाडौंमा ३...
कृषि आधुनिकीकरणका लागि दुई करोड बजेट बिनियोजन बुधबार, चैत्र १६, २०७३ 0 responses इलाम, जिल्ला कृषि विकास कार्यालयले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत जिल्लामा २७ वटा कृषि कार्यक्रमका लागि चालु आवमा रु दुई करोड २० लाख ९८ हजार रकम विनियोजन गरेको छ । सो परियोजनाअन्तर्गत ब्लक र पकेट कार्यक्रम सञ्चालन गर्न कृषक समूह, सहकारी र उद्यमीलाई दरखास्त आह्वान गरेअनुसार प्राप्त दरखास्तमध्ये पकेट कार्यक्रममा २५...
छुट्टा-छुट्टै घटनामा दुईको मृत्यु बुधबार, चैत्र १६, २०७३ 0 responses मोरङ,मोरङको मझारे–२ मा मंगलबार बेलुका करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मझारे–२ का ३५ वर्षीय दिपेन्द्र साह रहेका छन् । उनलाई बेलुका ७ बजेतिर आफ्नै घरको सटर बन्द गर्ने क्रममा अचानक करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते हुनुभएका साहलाई उपचारका लागि बिराट नर्सिङ होम...
बैशाख १५ गतेभित्र निजी हतियार बुझाइसक्न गृहको निर्देशन बुधबार, चैत्र १६, २०७३ 0 responses काठमाडौं, सरकारले बैशाख १५ गतेभित्र इजाजत प्राप्त हातहतियारहरु बुझाइसक्न निर्देशन दिएको छ । गृह मन्त्रालयले सूचना जारी गरी बैशाख ३१ गते हुने निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरण बनाउन इजाजत प्राप्त हातहतियार नजिकको प्रशासन कार्यालयमा बुझाउन आग्रह गरेको हो । हातहतियार तथा खरखजाना ऐन २०१९ को दफा ८ बमोजिम...
लुटपाटमा संलग्न प्रहरी हवल्दार पक्राउ बुधबार, चैत्र १६, २०७३ 0 responses धनुषा, धनुषाको एक प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार नै एक व्यापारीको पैसा लुटेको आरोपमा पक्राउ परेका छन् । जनकपुरको श्यामचोक नजिक पैसा लुटेको घटनामा संलग्न रहेको आरोपमा एकजना प्रहरी हवल्दार सोमबार पक्राउ परेका हुन् । देबडिहा प्रहरी चौकीमा कार्यरत हवल्दार धर्मेन्द्र पासवानले एक व्यापारी जिबछ यादवको दुई लाख रूपैयाँ...