• Thursday 30th , March 2017 | बिहिबार, चैत्र १७, २०७३

समाचार

बैशाख १५ गतेभित्र निजी हतियार बुझाइसक्न गृहको निर्देशन बुधबार, चैत्र १६, २०७३ 0 responses काठमाडौं, सरकारले बैशाख १५ गतेभित्र इजाजत प्राप्त हातहतियारहरु बुझाइसक्न निर्देशन दिएको छ । गृह मन्त्रालयले सूचना जारी गरी बैशाख ३१ गते हुने निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरण बनाउन इजाजत प्राप्त हातहतियार नजिकको प्रशासन कार्यालयमा बुझाउन आग्रह गरेको हो । हातहतियार तथा खरखजाना ऐन २०१९ को दफा ८ बमोजिम...
लुटपाटमा संलग्न प्रहरी हवल्दार पक्राउ बुधबार, चैत्र १६, २०७३ 0 responses धनुषा, धनुषाको एक प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार नै एक व्यापारीको पैसा लुटेको आरोपमा पक्राउ परेका छन् । जनकपुरको श्यामचोक नजिक पैसा लुटेको घटनामा संलग्न रहेको आरोपमा एकजना प्रहरी हवल्दार सोमबार पक्राउ परेका हुन् । देबडिहा प्रहरी चौकीमा कार्यरत हवल्दार धर्मेन्द्र पासवानले एक व्यापारी जिबछ यादवको दुई लाख रूपैयाँ...
मेडिकल जाँचका नाममा दुर्व्यवहार गर्ने डक्टर प्रहरी खोरमा बुधबार, चैत्र १६, २०७३ 0 responses काठमाडौं, मेडिकल जाँचका क्रममा यौन दुर्व्यवहार गरेको आरोप लगाएपछि चिकित्सक प्रशान्त भट्ट प्रहरीको खोरमा पुगेका छन् । ललितपुरको एक कलेजका १९ जना छात्रा चीनमा होटल म्यानेजमेन्ट (बिएचएम) अध्ययनका लागि मेडिकल जाँचका लागि सिनामंगलस्थित स्पेस मेडिकल सेन्टर पुगेका थिए । २८ बर्षीय चिकित्सक भट्टले मेडिकल जाँच गर्नेक्रममा आफूहरुमाथि यौन दुर्व्यवहार...
ह्वात्तै माग बढेको भन्दै अण्डाको मूल्य बढाए व्यबसायीले बुधबार, चैत्र १६, २०७३ 0 responses चितवन, ह्वात्तै माग बढेको भन्दै व्यबसायीले अण्डाको मूल्य बढाएका छन् ।नेपाल अण्डा उत्पादक संघले अण्डाको मूल्य बढाएको हो । नेपाल अण्डा उत्पादक संघले ठूलो अण्डा फार्म मूल्य प्रतिक्रेट ३ सय ४५ र बिक्री मूल्य ३ सय ५० रुपैयाँ कायम गरेको छ । संघले मिडियम अण्डा प्रतिक्रेट फार्म मूल्य ३ सय...
शहिद गौतमको स्मृतिमा सालिक निर्माण गरिने बुधबार, चैत्र १६, २०७३ 0 responses कञ्चनपुर, राष्ट्रिय प्रजातन्त्र पार्टी कञ्चनपुरले पुनर्वास नगरपालिकाको आनन्द बजारमा नेपाली भूमि रक्षामा लागिपर्दा भारतीय एसएसबीको गोली लागी ज्यान गुमाएका सहीद गोविन्द गौतमको सालिक निर्माण गर्ने भएको छ । राप्रपा पुनर्वास नगर कमिटीको पहलमा सहीद गौतमको उच्च सम्मान गर्दै सालिक बनाउने निर्णय गरेको हो । राप्रपाले पुनर्वास नगरपालिकाले उपलब्ध गराएको...
सीटीईभीटीको पाठ्यक्रम परिवर्तन,तीन महिने तालिमलाई एक वर्षे बनाइने बुधबार, चैत्र १६, २०७३ 0 responses भक्तपुर, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले कूक, वेल्डर, कार्पेन्ट्री, प्लम्बरलगायतका छोटो अवधिको प्राविधिक शिक्षालाई एकवर्षे बनाउने भएको छ । सीटीईभीटीले मङ्गलबार आयोजना गरेको व्यावसायिक पाठ्यक्रम (प्रोफेसनल कोर्स) निर्माण तथा सञ्चालनसम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै पाठ्यक्रम परिमार्जनको कार्य सुरु गरेको हो । तीन महिना अर्थात ३९०...
टेलिकमले पनि लोन दिने मङ्लबार, चैत्र १५, २०७३ 0 responses नेपाल टेलिकमले जीएसएम तथा सीडीएमए प्रिपेड सेवाग्राहीलाई लोन रकम उपलब्ध गराउने भएको छ । उपभोक्ताले टेलिकमको जीएसएम तथा सीडीएमए प्रिपेड मोबाइलबाट कुरा गर्दागर्दै ब्यालेन्स सकिएमा लोन उपलब्ध हुनेछ । यसका लागि नेपाल टेलिकम र हङकङस्थित टियाक्सको स्थानीय एजेन्ट हेमन्त ट्रेडबीच सम्झौता भएको छ । अब मोबाइलमा कुरा गर्दागर्दै ब्यालेन्स...
निधिले हेलिकप्टर चढेर चेक बुझाउन गएकोमा एमालेको आपत्ति मङ्लबार, चैत्र १५, २०७३ 0 responses काठमाडौं: प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सत्ता पक्षबाट निर्वाचन आचारसंहिताको व्यापक उल्लंघन गरेको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । सरकार र मन्त्रीहरुबाट निर्वाचन आचारसंहिताको ठाडो उल्लंघन गरेको भन्दै त्यस्तो कार्य तत्काल रोक्न एमाललेले मंगलबार निर्वाचन आयोगमा पुगेर लिखित ध्यानाकर्षण पत्र दर्ता गराएको हो । संसदीय दलका उपनेता सुवासचन्द्र...
​भारतीय राजदुत र कमल थापाबीच भेटवार्ता मङ्लबार, चैत्र १५, २०७३ 0 responses काठमाडौँ: नेपालका लागि भारतीय राजदूत मन्जिभ सिंह पुरीले उपप्रधान तथा संघीय मामिला तथा स्थानीयमन्त्री कमल थापासँग भेटवार्ता गरेका छन् । शनिबारमात्रै नेपालमा भारतीय राजदूतको जिम्मेवारी सम्हाल्न आएका सिंहले थापालाई सिंहदरबार स्थित मन्त्रालयमै पुगेर मंगलबार अपरान्ह भेटवार्ता गरेका हुन् । भेटका क्रममा आपसी परिचय, दुई देशबीचको सम्बन्ध सुधारका साथै नेपालको...
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु मङ्लबार, चैत्र १५, २०७३ 0 responses राेल्पा, रोल्पाको लिबाङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनछहरी गाउँपालिका ५ कसलाका २५ वर्षिय विनोद रोकामगर रहेका छन् । प्रहरी नायव उपरिक्षक रामप्रसाद घर्तीमगरका अनुसार सडक मर्मत गर्ने क्रममा गिट्टी बोक्ने रा.१.त. ३१८२ नं.को ट्रेकटरको ट्राली र इन्जनको लक भाच्चिदा एक्कासी ट्रेकटर दुर्घटना भएको हाे...
इमर्जिङ टिम्स एशिया कप- बंगलादेशसँग नेपाल ८३ रनले पराजित मङ्लबार, चैत्र १५, २०७३ 0 responses काठमाडौं, इमर्जिङ टिम्स एशिया कप क्रिकेटमा नेपाल बंगलादेशसँग ८३ रनले पराजित भएको छ । २ सय ५८ रनको लक्ष्य पछ्याएको नेपालले ४२ ओभर ३ बलमा सबै विकेट गुमाउँदा १ सय ७४ रन मात्र बनाउन सक्यो । नेपालका दिपेन्द्र सिंह ऐरीले अर्धसतक बनाएका छन् । ६ चौकाको मद्धतमा उनले ८५...
महिला तस्करीमा अध्यागमन कर्मचारीको मिलेमतो रहेकाे संसदीय टोलीकाे ठहर मङ्लबार, चैत्र १५, २०७३ 0 responses काठमाडौं, अवैध रुपमा घरेलु कामदारका रुपमा महिलालाई खाडी राष्ट्रमा पठाउने कार्यमा अध्यागमन विभागका कर्मचारीको मिलेमतो देखिएको संसदीय टोलीले जनाएको छ । खाडीका साउदी अरब, कुबेत, कतार, संयुक्त अरब इमिरेट्स ९युएई०मा रहेका नेपाली कामदारको अवस्थाबारे स्थलगत अध्ययन गरेर आज स्वदेश फर्किएका अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको टोलीले अध्यागमन विभागमा मानवतस्करहरुले...
निर्वाचन आयोगका कारण तनावमा बाबुराम ! उपेन्द्रको पछि लागेर चुनावमा जाँदै मङ्लबार, चैत्र १५, २०७३ 0 responses २०७३ साल भदौ ५ गते नयाँशक्तिका संयोजक डा. भट्टराईले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिए । दुईदिनपछि संयोजक डा. भट्टराईलाई पत्र लेखी पार्टी निर्वाचन आयोगले दर्ता दर्ता भएको जानकारी दियो । आयोगमा नयाँ शक्ति नेपालले आँखा चुनाव चिन्ह प्रस्ताव गरेको थियो । निर्वाचन आयोगले चुनाव चिन्ह पछि टुङ्गो...
गाँजा तस्कर र प्रहरीबीच दोहोरो फायरिङ मङ्लबार, चैत्र १५, २०७३ 0 responses मकवानपुरको मनहरीमा मंगलबार बिहान गाँजा तस्कर र प्रहरीबीच दोहोरो फायरिङ भएको छ । मकवानपुरको पश्चिमी क्षेत्रमा पर्ने मनहरी गाउँपालिका-६ नयाँबस्तीमा प्रहरी र गाँजा तस्करबीच बिहान २ बजे दोहोरो फायरिङ भएको हो । प्रहरीले १९ रावण्ड हवाई फायर गरेको थियो । गाँजा तस्करहरुले ५, ६ रावण्ड फायर गरेको प्रहरीले जनाएको छ...
अत्याधिक मदिरा सेवन गरि श्रीमती र छोरामाथि खुकुरी प्रहार मङ्लबार, चैत्र १५, २०७३ 0 responses नुवाकोट, विदुर नगरपालिका– ६ चारघरे मान्द्रेढुङ्गाका यमलाल राईले श्रीमती र छोरालाई खुकुरी प्रहार गरी घाइते बनाएका छन् । अत्याधिक मादक पदार्थ सेवनगरी आज बिहान यमलालले श्रीमती राममाया र छोरा राजुलाई अन्धाधुन्द खुकुरी प्रहार गर्दा दुबैको अवस्था गम्भीर भएको छ । खुकुरी प्रहारबाट ४४ वर्षका राममायाको टाउको र हातमा गहिरो...