• Thursday 25th , May 2017 | बिहिबार, जेष्ठ ११, २०७४

बिज्ञान-प्रबिधि

संसारको सबैभन्दा अग्लो भवन आकाशमा बन्ने, धर्तीतर्फ झुण्डिएर घुमिरहने शनिबार, चैत्र १९, २०७३ 0 responses डेली मेल: तपाईंले अहिलेसम्म विभिन्न प्रकारको सुविधासम्पन्न गगनचुम्बी भवन देख्नुभएको होला । तर आज हामी तपाईंलाई यस्तो भवनबारे जानकारी दिँदै छौं जसबारे थाहा पाउँदा तपाईं चकित पर्नुहुनेछ । यो बिल्डिङ पृथ्वीमा नभई पृथ्वीको चक्कर लगाइरहेको पुच्छ्रेतारासँग जोडिएको हुनेछ जुन पृथ्वीतर्फ झुण्डिरहेको हुनेछ । संसारको सबैभन्दा अग्लो बिल्डिङ ठानिएको यो ‘एनलेमा...
नेपाली वैज्ञानिकले पूरा गरे ग्यालिलियोको अधुरो सपना शुक्रबार, चैत्र १८, २०७३ 0 responses सोह्रौँ शताब्दीका महान् वैज्ञानिक ग्यालिलियोले निरन्तरता दिएको एउटा वैज्ञानिक योगदानले नेपाली बैज्ञानिकको एक अनुसन्धानका कारण पूर्णता पाएको छ । भौतिक विज्ञानको जग मानिने विस्थापनको सूत्र निर्माणको उक्त प्रयासले चारसय ३२ वर्षपछि पूर्णता प्राप्त गरेको हो । भौतिक विज्ञानमा विगत लामो समयदेखि समाधान हुन नसकेर रहेको उक्त समस्याले नेपालमा गरिएको...
रुसले बनायो हाइपरसोनिक एन्टिसिप मिसाइल,जसको क्षमता देखेर संसार चकित पर्नेछ बुधबार, चैत्र १६, २०७३ 0 responses एजेन्सी, रुसले तयार गरेको ‘जिरकोन’ नामको हाइपरसोनिक एन्टी शिप मिसाइलले अहिले विश्व ध्यान तानेको छ ७४०० किलोमिटर प्रतिघण्टाको गतिमा लक्ष्य भेदन गर्नसक्ने यो मिसाइल एकपटक प्रहार गरेपछि रोक्न सकिदैन। हाइपरसोनिक गति सुपरसोनिक भन्दा तेज हुन्छ। सामान्यतया ध्वनीको गति (हावामा ध्वनिको गति ३४३ मिटर प्रति सेकेन्ड हुन्छ) भन्दा पाँच गुणा...
प्रविधिमा पुनः फड्को मार्दै चीन, चालकरहित रेल चलाउने तयारी शुक्रबार, चैत्र ११, २०७३ 0 responses एजेन्सी, बेइजिङमा यसै वर्ष चालक रहितको रेल चलाउने तयारी भइरहेको स्थानीय अधिकारीहरुले शुक्रबार बताएका छन् । स्वदेशमै निर्माण गरिएको पूर्णसुविधा सम्पन्न चालकविहिन रेल चीनका मुख्य मुख्य ठाउँमा चलाउने तयारी भइरहेको बेइजिङको गाउँ शहर विकास आयोगका एक जना प्रवक्ताले जानकारी दिए । बेइजिङको १६.६ किलोमिटर यानफाङ लाईनमा यस्तो प्रकारको रेल...
मोबाइलमा मात्र भएको फेसबुक लाइभ अब डेस्कटप र ल्यापटपमा पनि शुक्रबार, चैत्र ११, २०७३ 0 responses एजेन्सी, फेसबुक प्रयोगकर्ताहरुले अब आफ्नो डेस्कटप तथा ल्यापटपको माध्यमबाट समेत लाइभ प्रशारण गर्न सक्नेछन् । यसका लागि तपाइँको कम्प्युटरमा केवल वेबक्याम हुनु जरुरी हुनेछ । बुुधबार फेसबुकले आफ्नो एक ब्लगमार्फत यस्तो जानकारी दिएको हो । ब्लगमा लेखिएको छ की डेस्कटपबाट फेसबुक लाइभ गर्ने सुविधा पहिले केवल फेसबुक पेज हुनेहरुका...
वैशाख १५ बाट केबल टिभी बन्द हुने, डिजिटलाइजका लागि सेटअप बक्स लगाउनुपर्ने बिहिबार, चैत्र १०, २०७३ 0 responses काठमाडौं, अन्तराष्ट्रिय दुरसञ्चार युनियन (आईटीयु)ले संसारभरबाटै टेलिभिजनको एनालग प्रविधिलाई विस्थापित गरेर डिजिटलमा जान निर्देशन दिएसँगै नेपालमा पनि उक्त कुरा चाँडै लागु हुने भएको छ । आगामी वैशाख १५ गतेसम्म तपाईंले आफ्नो टीभीलाई डिजिटलाइज गर्नुभएन भने सेवा नै बन्द हुनेछ । हालका लागि काठमाडौं, ललितपुर, वीरगञ्ज, बिराटनगर र पोखरामा वैशाख...
एनसेलको ‘फ्रि फेसबुक’ अफरको विराेध किन गर्ने ? मङ्लबार, फाल्गुन १०, २०७३ 0 responses किन एनसेलको फ्रि फेसबुकको विराेध गरेको भनेर धेरै साथीहरुले सोध्नुभयो । यसको उत्तर दिने कोसिस् गर्दैछु । तपाईहरु पनि एकपटक राम्रोसँग नेट न्युट्रालिटी (Net Neutrality)को बारेमा अध्ययन गर्नुहोला : इन्टरनेटको सबै डाटा (इन्टरनेटमा फ्लो हुने सबै १ र ० हरु ) समान हुनुपर्छ,सबै डाटालाई बराबर महत्व दिइनुपर्छ भन्ने कुरा...
प्रविधि जगतका १० शक्तिशाली महिला सोमवार, फाल्गुन ९, २०७३ 0 responses एजेन्सी, गत फेब्रुअरी ११ मा ‘विज्ञानमा नारी’ नामक अन्तराष्ट्रिय दिवसका रुपमा विश्वभर मनाइयो । अन्य क्षेत्रमा जस्तै प्रविधि क्षेत्रमा पनि पुरुषको तुलनामा महिलाहरुको उपस्थिति कम छ र विश्वका चर्चित प्रविधि कम्पनीको व्यवस्थापन तहमा पुगेका महिलाहरु त औँलामा गन्न सकिने संख्यामा छन् । विश्वको प्रविधि जगतका चर्चित १० महिला यी...
फेसबुक पोस्टमा आतंकवाद र हिंसा पत्ता लगाउन सक्ने सफ्टवेयर निर्माण हुँदै शनिबार, फाल्गुन ७, २०७३ 0 responses एजेन्सी, फेसबुकमा पोस्ट हुने सामाग्री जाँच गर्नसक्ने एक सफ्टवेयर निर्माणमा फेसबुक जुटेको छ । फेसबुक पोस्टमा आतंकवाद, हिंसा र धम्की पत्ता लगाउन सक्ने एक ‘अल्गोरिदम’ (कुनै सफ्टवेयर बनाउनुपूर्व तयार गरिने गणितीय विधि वा प्रोग्राम ) विकास गर्न फेसबुक लागेको फेसबुकका सस्थापक मार्क जुकरवर्गले एक खुला पत्रमा लेखेका छन्। यो विधिले फेसबुकमा...
जुलार्इदेखि दुबईका आकाशमा उड्ने भो चिनियाँ हाइब्रिड कार शुक्रबार, फाल्गुन ६, २०७३ 0 responses अब दुबईको आकाशमा कार उड्ने भएको छ । संयुक्त अरव इमेरेट्स पर्यटकिय तथा ब्यापारिक हवको रुपमा विकास भएको दुबर्इको आकाशमा चिनियाँ कम्पनीले बनाएको हाइव्रिड कारको सफलतापूर्ण परिक्षण भएको छ । चिनियाँ कम्पनीले निर्माण गरेको प्रोटोटाइप हाइव्रिड हुभर ट्याक्सी दुवर्इमा आगामी जुलाईभित्र हवाई सवारी साधन चलाउने लक्ष्यका साथ परिक्षण गरिएको...
टेलिकमले आफ्नो बार्षिकोत्सवको अवसरमा ल्यायो निकै सस्तो डाटा प्याक बिहिबार, माघ २७, २०७३ 0 responses काठमाडाैं,  नेपाल टेलिकमले शनिबारदेखि लागू हुनेगरी जिएसएम नेटवर्कका सेवाग्राहीलाई २० रुपैयाँमा १ सय एमबी फेसबुक प्याकेज उपलब्ध गराएको छ । यसको भ्यालिडिटी ५ दिनसम्म हुनेछ । टेलिकमले आफ्नो बार्षिकोत्सवको अवसरमा यो अफर ल्याएको हो । यस्तै, टेलिकमले अनलिमिटेड एडिएसएलको साविक मासिक शुल्कमा धेरै केबिपिएस ब्यान्डविथ उपलब्ध गराउने भएको छ...
सगरमाथा र अन्नपूर्ण पदमार्ग क्षेत्रलाई ‘फ्रि वाइफाई जोन’ बनाइदै बुधबार, माघ २६, २०७३ 0 responses काठमाडौँ- सरकारले पदयात्रामा जाने पर्यटकलाई सुविधा पुग्ने गरि लुक्लादेखि सगरमाथा आधार शिविर र अन्नपूर्ण पदयात्रा क्षेत्रमा ‘फ्रि वाइफाई जोन’को योजना अघि बढाउने भएको छ । पर्यटन प्रवर्द्धनका साथै आपतकालीन अवस्थाको सूचना सम्प्रेषणलाई सजिलो बनाउन यस्तो तयारी थालिएको सरकारी अधिकारीले जानकारी दिएका छन् । राजधानीमा बुधबार भएको ‘नेपाल ब्रोडब्यान्ड फोरम–२०१७’...
काठमाडौंमा मोनोरेलकाे सम्भाब्यता अध्ययन सुरू बुधबार, माघ २६, २०७३ 0 responses काठमाडौं, काठमाडौं महानगरपालिकाले काठमाडौंमा स्काइरेल अर्थात मोनोरेल चलाउनेबारे सम्भाब्यता अध्ययन गर्ने भएको छ । वाइबिडी सिमेक्स कम्पनी र महानगरपालिकाबीच बुधबार काठमाडौंमा मोनोरेल चलाउन सम्भाब्यता अध्ययन अघि बढाउनेबारे समझदारीपत्रमा हस्ताक्षर भएको छ ।  योजनाअनुसार काम भयो भने अबको २ वर्षभित्र काठमाडौंको छोटो रुटमा परीक्षणका रुपमा मोनोरेल सञ्चालनमा आउनेछ । वाइबिडी...
नेपाल टेलिकमको फोरजी सेवा अब आइफोनमा पनि मङ्लबार, माघ २५, २०७३ 0 responses काठमाडौं, नेपाल टेलिकमले सञ्चालनमा ल्याएको चौथो पुस्ताको इन्टरनेट (फोर जी) आइफोनमा समेत चल्ने भएको छ । यससंगै आइफोन प्रयोगकर्ताले पनि नेपाल टेलिकमको फोरजी सेवा लिनसक्ने भएका छन् । टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यका अनुसार एप्पलका मोबाइल फोन सेटमा फोर जी चल्ने व्यवस्था गरिदिन टेलिकमले गरेको आग्रहअनुसार आगामी मार्चदेखि सहजरुपमा फोर...
साझाले सुरु गर्यो ‘ट्राभल कार्ड’, अब मेसिनले नै भाडा उठाउने शनिबार, माघ २२, २०७३ 0 responses काठमाडौं- साझा यातायातले केही दिनभित्रै आफ्ना बसमा ‘स्मार्ट ट्राभल कार्ड’ को प्रयोग सुरु गर्ने भएको छ । लामो समयको परीक्षण पछि साझाले लगनखेलबाट नयाँ बसपार्क जाने १० बसबाट ट्राभल स्मार्ट कार्डको प्रयोग सुरु गर्न लागेको हो । बस चढ्दा यो कार्ड ढोकामा जोडिएको डिभाइसमा देखाउनुपर्नेछ भने ओर्लिँदा पनि यसलाई...