• Saturday 25th , February 2017 | शनिबार, फाल्गुन १४, २०७३

पर्यटन

जिल्ला सदरमुकाम तानसेनमा ‘पाल्पा महोत्सव–२०७३’ सुरु बिहिबार, फाल्गुन १२, २०७३ 0 responses पाल्पा, जिल्ला सदरमुकाम तानसेनमा ‘पाल्पा महोत्सव–२०७३’ आजदेखि सुरु भएको छ । पाल्पा उद्योग वाणिज्य सङ्घको आयोजनामा स्थानीय उत्पादन, घरेलु तथा साना उद्योग साथै हस्तकलाका सामग्रीको प्रबर्धन, विकास र प्रचारप्रसार तथा पर्यटन व्यबसाय वृद्धि गर्ने उद्देश्यले आजदेखि सुरु भएको महोत्सव फागुन २२ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवको उद्घाटन गर्दै नेपाल राष्ट्र बैंकका...
निगमका फेवा र गौंथली आजबाट उड्ने, यस्ता छन् नयाँ बिमानका रूट सोमवार, फाल्गुन ९, २०७३ 0 responses काठमाडाैं,  नेपाल वायुसेवा निगमले सोमबारबाट नयाँ चिनियाँ विमान उडाउने भएका छन् । चीनले सहुलियत ऋणमा दिएको दुई एमए ६० (फेवा) र वाइ १२ ई (गौंथली) का नयाँ विमानले आजबाट उडान सेवा सुरू गरेका हुन् । दुबै विमानले दैनिक ३ रुटमा ६ वटा उडान भर्नेछन् । निगमले पुरानै हवाइ रुटमा विमान...
नेपाल वायुसेवालार्इ कालोसूचीबाट हटाउन आइकाओलाई पत्राचार आइतवार, फाल्गुन ८, २०७३ 0 responses नेपालको उड्डयन क्षेत्रमा भएका सुधारको जाँच गरी त्यसलाई अनुमोदन गर्न अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)लाई पत्राचार गर्न लागिएको अधिकारीहरुले बताएका छन्। तीन वर्षदेखि नेपाली विमानहरुलाई युरोपेली आकाशमा उड्नमा लगाइएकाे प्रतिबन्ध फुकुवा गर्ने प्रयासमा त्यसो गर्न लागिएको नागरिक उड्ययन प्राधिकरणले जनाएकाे छ। युरोप भ्रमणमा रहेका पराराष्ट्रमन्त्री प्रकाशशरण महतले केही दिनअघि ब्रसल्समा...
आन्दोलनरत स्वास्थ्यकर्मीलाई नियमित काममा फर्कन अपिल बुधबार, फाल्गुन ४, २०७३ 0 responses काठमाडौं, फागुन ४ – सरकारले आन्दोलनरत स्वास्थ्यकर्मीलाई नियमित स्वास्थ्य सेवा सञ्चालन गर्न र नागरिकलाई सहज स्वास्थ्य सेवा प्रदान गर्न अपिल गरेको छ । स्वास्थ्य मन्त्रालयले बुधबार विज्ञप्ति मार्फत स्वास्थ्यकर्मीले उठाएका विषयका सम्बोधन गर्न र कर्मचारीको वृत्ति विकास र दीर्घकालीन व्यवस्थापनका लागि मन्त्रीपरिषदले निर्णय गरिसकेको र मन्त्रालयले छिट्टै स्तरवृद्धि तथा...
बेलायतको विज्ञ टोलिले शुरु गर्यो उत्खनन अनुसन्धान, प्राचिन भग्नावशेष फेला बुधबार, फाल्गुन ४, २०७३ 0 responses कपिलवस्तु- पुरातात्विक महत्व बोकेको कपिलवस्तुको दोहनी गाबिस स्थित प्रचिन दोहनी कोटमा पहिलो पटक बिज्ञ टोलीहरुद्धारा उत्खनन थालिएको छ । पुरातत्व बिभागको अगुवाईमा बेलायतको दुरहाम बिश्व बिद्यालयका बिज्ञ टोलीहरुको प्रत्यक्ष निगरानीमा उत्खनन् सहीत अनुसंधान सुरु गरिएको हो । दोहोनी गाबिस– १ कित्ता नम्बर १ को चार बिघा क्षेत्र बिभागको अधिनमा...
दमकमा विश्वकै अग्लो बुद्धको मूर्ति निर्माण सुरु सोमवार, फाल्गुन २, २०७३ 0 responses ‘नेपाल बुद्धको बर्थ प्लेस मात्र नभएर बुद्धिज्मको फाउन्टेन पनि हो’ झापाको दमकमा विश्वकै सबैभन्दा अग्लो दाबी गरिएको मूर्ति निर्माण प्रक्रिया सुरु भएको छ । मूर्तिमात्रै १६४ मिटर अग्लो हुनेछ । ‘मूर्तिको बेसमा ३ तल्ला हुन्छ,’ दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले भने, ‘तलसमेत जोड्दा १९४ मिटर अग्लो हुन्छ ।’...
घलेगाउँ जाने पर्यटकलाई आचारसंहिता सोमवार, माघ २४, २०७३ 0 responses काठमाडौं, सार्क राष्ट्रमै नमुना मानिएको घलेगाउँमा जाने पर्यटकले अब आचारसंहिता पालना गर्नुपर्ने भएको छ । घलेगाउँ पर्यटन विकास समितिले गाउँमा आउने पर्यटकका लागि १२ बुँदे आचारसंहिता बनाएको हो । सो आचारसंहितामा गाउँमा आउने सबै पर्यटकले पहिले स्थानीय समितिमा नाम दर्ता गराउनुपर्ने हुन्छ । नाम दर्ता गराएसँगै समितिले पाहुनाको स्वागतसहित...
काठमाडौँ भ्यू टावर निर्माण कार्य सुरु बिहिबार, माघ १३, २०७३ 0 responses काठमाडौँ- संझौता भएको झण्डै वर्षपछि बल्ल काठमाडौँ भ्यू टावरको निर्माण सुरु भएको छ । काठमाडौँ महानगरपालिकाले पुरानो बसपार्कमा निर्माण निर्माण गर्न लागेको सो टावर निर्माण कम्पनी र कामपाबीच लामो समय आन्तरिक विषयमा कुरा मिलेपछि आइतबारदेखि सुरु भएको हो । समयमा नै निर्माण कार्य सुरु गर्ने भन्दै निर्माण कम्पनीले गत वैशाखमा...
अब नगरकोट प्रवेश गर्न पर्यटन शुल्क तिर्नुपर्ने बुधबार, माघ १२, २०७३ 0 responses काठमाडौँ- आन्तरिक तथा बाह्य पर्यटकले अब नगरकोट प्रवेश गर्दा पर्यटन शुल्क तिर्नुपर्ने भएको छ । यसअघि सबै पर्यटकले सशुल्क प्रवेश गर्न पाउने नगरकोटमा बाह्य पर्यटकले मात्र नभई आन्तरिक पर्यटकलाई समेत शुल्क लाग्ने भएको हो । भक्तपुर र काभ्रेको सिमाना पर्ने नगरकोटमा दैनिक हजारौं आन्तरिक तथा बाह्य पर्यटकको आवागमन हुने...
कोसीटप्पुका अर्ना चितवन भित्रिदै सोमवार, माघ १०, २०७३ 0 responses चितवन- कोसीटप्पु वन्यजन्तु आरक्षबाट चितवन राष्ट्रिय निकुञ्जमा अर्ना ल्याउन चितवनबाट प्राविधिक टोली कोसीटप्पु पुगेकोे छ । निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा कमल गैरेको नेतृत्वमा अर्का एक डाक्टर र तीनजना वन्यजन्तु प्राविधिकको टोली आइतबार साँझ कोसी टप्पु पुगेको हो । डा गैरेका अनुसार सोमवारबाट आरक्षभित्र कहाँबाट के कस्ता अर्ना लैजान...
राष्ट्रपति सीको नेपाल भ्रमणको तयारी-चीनले घोषणा गर्यो ‘पर्यटन प्रवद्र्धन कार्यक्रम’ बिहिबार, पुस २१, २०७३ 0 responses काठमाडौं- चीनले सन् २०१७ का लागि ‘नेपाल पर्यटन प्रवद्र्धन कार्यक्रम’ घोषणा गरेको छ । यसलाई यस वर्ष चिनियाँ राष्ट्रपति सी जिनपिङको सम्भावित नेपाल भ्रमण तयारीको रूपमा लिइएको छ । राष्ट्रपतिले भ्रमण गर्ने वर्ष चीनले सम्बन्धित देशमा पर्यटन प्रवद्र्धन कार्यक्रम घोषणा गर्दै आएको छ । ‘चीनका राष्ट्रपतिले भ्रमण गर्ने देशका...
नेपालका चराबारे चित्रकला प्रदर्शनी सुरु बुधबार, पुस २०, २०७३ 0 responses के तपाईं पत्याउनु हुन्छ, चरा मानिसभन्दा धेरै बुद्घिमान हुन्छन् ? मानिस घर बनाउन नजानी गुफा तथा कन्दरामा बस्दै आएको समय अर्थात आजभन्दा पाँच हजार वर्षअघि नै चराले आफ्ना लागि घर बनाएर व्यवस्थित रुपमा बस्दै आएका छन् । डङ्गोलस बर्ड आर्ट ग्यालरीको आयोजनामा वरिष्ठ कलाकार हिरालाल डङ्गोलको ‘बर्डज अफ नेपालः...
नेपाल बायुसेवाको नयाँ एयरबस यसै वर्ष आइतवार, पुस १०, २०७३ 0 responses काठमाडौं, नेपाल वायुसेवा निगमको नयाँ एयरबस २०७४ अगावै काठमाडौं आइपुग्ने भएको छ ।वायुसेवा निगमले एक हजार घन्टासम्म उडेको जहाज स्वीकार गर्ने गरी अन्तराष्ट्रिय टेण्डर आहृवान गरेको भएतापनि एएआर कम्पनीले नयाँ विमान नै उपलब्ध गराउने प्रस्ताव गरेको छ । उक्त प्रस्तावलाई निगमको प्राविधिक समितिले सञ्चालक समितिमा सिफारिस गरेको छ ।...
अङ्ग्रेजी नयाँ वर्षमा पोखरामा सडक महोत्सव आइतवार, पुस ३, २०७३ 0 responses काठमाडौं- अङ्ग्रजी नयाँ वर्षका अवसरमा स्वदेशी र विदेशी पर्यटकलाई लक्षित गरेर पर्यटकीय नगरी पोखराको फेवाताल किनारमा १८ औं पोखरा सडक महोत्सव गरिने भएको छ । पोखरालाई नेपालसहित विश्व पर्यटन बजारमा थप परिचित गराउन पुस १३ देखि १७ गतेसम्म रेष्टुरेँट एण्ड वार एशोसिसयसन अफ नेपाल (रेवान) पोखराले महोत्सव गर्न लागेको...
औद्योगिक व्यापार मेला उद्घाटनका लागि उपराष्ट्रपति पुन अाज नवलपरासी जाँदै बुधबार, मंसिर २२, २०७३ 0 responses नवलपरासी,  बिहीबारदेखि नवलपरासीको सुनवलमा सञ्चालन हुुने पश्चिमाञ्चल स्तरीय नवलपरासी औद्योगिक व्यापार मेला उद्घाटन गर्ने सिलसिलामा उपराष्ट्रपति नन्दबहादुर पुन अाज नवलपरासी जाँदैछन् । वलपरासीमा आगामी मङ्सिर २३ गतेदेखि सञ्चालन हुन लागेको पश्चिमाञ्चलस्तरीय नवलपरासी औद्योगिक व्यापार मेलाको तयारी पूरा भएको छ । ‘शान्त समृद्ध उद्योग र व्यापार राष्ट्र निर्माणको बलियो आधार’...