• Saturday 21st , January 2017 | शनिबार, माघ ८, २०७३

पर्यटन

विदेशीलाई भाइटीका, १५ देशका पर्यटक सहभागी बुधबार, कार्तिक १७, २०७३ 0 responses १७ कात्तिक, पोखरा- भाइटीकाको दिन मंगलबार लेकसाइडमा १५ देशका ५५ विदेशी पाहुनालाई भाइटीका लगाइएको छ । भाइटीका महोत्सवमा बेलायत, अमेरिका, नेदरल्यान्ड्स, अस्ट्रेलिया, बङ्गलादेश,चीन, हल्याण्ड, जर्मनी, फ्रान्स, जापान, स्पेन, बुलगेरिया, स्पेन, स्वीटजरल्याण्ड, कोरियालगायतका विदेशी पर्यटकलाई नेपाली परम्परानुसार टीका लगाइदिएको होटल सङ्घका अध्यक्ष भरत पराजुलीले जानकारी दिए । लेकसाइडस्थित वाटरफलाई फाउन्डेसनमा...
नेपालको पर्यटन प्रवद्र्धनका लागि पहल गर्छुः अस्ट्रेलियाली सांसद आइतवार, कार्तिक १४, २०७३ 0 responses काठमाडौ- ‘नेपाल भ्रमण गरी पुनःनिर्माणका लागि सहयोग गरौँ’ भन्ने नारासहित अस्ट्रेलियाली सांसद जिङ लीसहितको प्रतिनिधिमण्डल नेपाल भ्रमण गरी आज स्वदेश फर्किएको छ । एक साता लामो नेपाल भ्रमण सकी स्वदेश फर्किनुअघि यहाँ आयोजित पत्रकार सम्मेलनमा सांसद लीले भूकम्पपछि पनि नेपाल भ्रमण गर्न पूर्ण रुपमा सुरक्षित रहेको आफूले पाएको अनुभव...
बिना अक्सिजन मनास्लु हिमाल आरोहण-फोटोसहित शुक्रबार, कार्तिक १२, २०७३ 0 responses काठमाडौं- क्यानेडिएन नागरिक क्रिस्टोफर जेम्सले अक्सिजन बिनानै मनास्लु हिमाल आरोहण गरेका छन् । श्वासप्रश्वासको रोगी समेत रहेका जेम्सले अक्सिजन र शेर्पा बिनै मनास्लु हिमाल आरोहण गरेको पर्यटन व्यवसायी राजेन्द्र केसीले जानकारी दिएका छन् । ८ हजार १ सय ५६ मिटर अग्लो मनास्लु हिमाल विश्वको आठौं र नेपालको सातौं अग्लो...
घुम्नका लागि नेपाल विश्वमै पाँचौ स्थानमा, दक्षिण एसियाबाट नेपाल मात्र समावेश बुधबार, कार्तिक १०, २०७३ 0 responses काठमाडौं- विश्वमा घुम्नका लागि योग्य स्थानमा नेपाल पाँचौ स्थानमा परेको छ । पौराणिक सम्पदा, प्राकृतिक सौन्दर्यताका कारण भूकम्पले क्षति पुर्याएपनि नेपाल घुम्नका लागि योग्य रहेको विश्व चर्चित ट्राभल गाइडबुक लोन्ली प्लानेटले सन् २०१७ ले सार्वजनिक गरेको छ । लोन्ली प्लानेटले सार्वजनिक गरेको घुम्नै पर्ने विश्वका १० उत्कृष्ट देशहरुको सूचीमा...
पोखरालाई झिलीमिली बनाउन तिब्बत सरकारले १५ करोड बराबरका सोलारबत्ती दिने बुधबार, कार्तिक १०, २०७३ 0 responses पोखरा- पर्यटकीय नगरी पोखरा आगामी एक वर्षभित्र रातको समयमा पनि झिलीमिली हुने भएको छ । तिब्बत सरकारले पोखरा उप–महानगरपालिकालाई १ हजार थान सौर्य ऊर्जाबाट चल्ने बत्ती (सोलार लाइट) प्रदान गर्ने भएपछि पोखरा झिलीमिली हुने भएको हो । सोमबार एक समारोहबीच तिब्बतको वैदेशिक मामिला विभागका निर्देशक मा क्विनसिन र पोखरा...
राराका होटलमा बास पाउनै गाह्रो मङ्लबार, कार्तिक ९, २०७३ 0 responses     कालिकोट- रारा ताल हेर्न आउने आन्तरिक पर्यटकको संख्यामा वृद्धि भएपछि रारामा रहेको एकमात्र डाँफे होटलसहित मुगुको ताल्चा विमानस्थलका होटल भरिभराउ हुन थालेका छन् । रारा घुम्न हवाई तथा स्थलमार्गबाट सहज भएपछि आन्तरिक पर्यटकको संख्यामा वृद्धि भएपछि होटलहरु भरिभराउ भएका हुन् । रारा ताल घुम्न दिनहुँ हवाई तथा...
सुर्खेतमा अन्तराष्ट्रियस्तरको क्षेत्रीय विमानस्थलका लागि सम्भाव्यता अध्ययन सुरु सोमवार, कार्तिक ८, २०७३ 0 responses सुर्खेत, सुर्खेतकाे भेरीगंगा नगरपालिकामा अन्तराष्ट्रियस्तरको क्षेत्रीय विमानस्थल बनाउन सम्भाव्यता अध्ययन सुरु भएको छ ।यसअघि पूर्वसम्भाव्यता अध्ययन टोलीले सो क्षेत्रमा विमानस्थल निर्माण गर्न उपयुक्त भएको प्रतिवेदन पर्यटन मन्त्रालयमा बुझाएको थियो । अध्ययन टोलीले प्रस्तावित क्षेत्रको जंगलमा गत शनिवार स्थलगत अनुगमन गरेको छ भने आइतवारका दिन भेरीगंगा नगरपालिका लगायत स्थानीय राजनैतिक दल,...
लोमान्थाङमा आन्तरिक पर्यटकको भीड बिहिबार, कार्तिक ४, २०७३ 0 responses मुस्ताङ- माटोको सहर । मुस्ताङ्गी राजपरिवारको थातथलो । वर्षौं पुरानो ऐतिहासिक राजदरबार । स्वर्णिम प्राकृतिक सुन्दरता । तिब्बती कला र संस्कृति । उपल्लो मुस्ताङमा अवस्थित लोमान्थाङको यीनै विशेषतामा रमाउन यतिबेला यहाँ आन्तरिक पर्यटकको खचाखच भीड लागेको छ । मुस्ताङ सदरमुकाम जोमसोमबाट दुईदिने पैदल यात्रापछि पुगिने लोमान्थाङलाई आन्तरिक पर्यटकले ‘भर्जिन गन्तव्य’का...
चिनियाँ पर्यटकको आगमन बढ्दै बुधबार, कार्तिक ३, २०७३ 0 responses कात्तिक ३, रसुवा- नेपाल भित्रिने चिनियाँ पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रमेश विष्टका अनुसार गत चैत महिनायता २१ हजार १६ चिनियाँ पर्यटक केरुङ हुँदै रसुवागढीबाट नेपाल प्रवेश गरेका हुन् । “दैनिक १०० भन्दा बढी चिनियाँ पर्यटक नेपाल प्रवेश गर्ने गरेका छन्,” उनले भने...
भारतीय राष्ट्रपति मुखर्जीलार्इ जनकपुरमा भव्य स्वागतको तयारी मङ्लबार, कार्तिक २, २०७३ 0 responses काठमाडाैं, भारतीय राष्ट्रपति प्रणव मुखर्जीको आसन्न जनकपुर भ्रमणको क्रममा धनुषामा भव्य स्वागतको तयारी हुँदैछ ।भारतीय राष्ट्रपति प्रणव मुखर्जीको यही १९ गते हुने जनकपुर भ्रमणको तयारी र स्वागतको विषयमा सर्वदलीय बैठकको आयोजना गरिएको छ । जनकपुर उपमहानगरपालिकाले जानकी मन्दिरमा नागरिक अभिनन्दन गर्ने समेत निर्णय भएको छ । यसका लागि आ-आफ्नो स्तरबाट...
अान्तरिक पर्यटकलार्इ लाेभ्याउदै काेरला नाका मङ्लबार, कार्तिक २, २०७३ 0 responses म्याग्दी, चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको मुस्ताङको कोरला नाका अवलोकन गर्न जानेको सङ्ख्या दशैंपश्चात ह्वात्तै बढेको छ ।पश्चिमाञ्चल क्षेत्रका व्यापारी दसैँको बिदा मनाउन नाका अवलोकन गर्न थालेको लोमान्थाङका स्थानीय सुवर्ण विष्टले जानकारी दिए । नाका खुले व्यापारिकरुपमा कसरी लाभ लिन सकिन्छ भन्ने नै व्यापारीको भ्रमणको मुख्य उद्देश्य हुने...
पर्यटनमन्त्रीकाे उपस्थितिमा नेपाल–क्यानडा संसदीय मैत्री संघको गठन बुधबार, अशोज १९, २०७३ 0 responses क्यानडा, पर्यटन मन्त्री शाहीको उपस्थितिमा पहिलो पटक नेपाल क्यानाडा संसदीय मैत्री संघको गठन भएको छ । क्यानडाको तल्लो सदन–हाउस अफ कमन्स् र माथिल्लो सदन सिनेटका सदस्यहरुको सहभागितामा नेपाल–क्यानाडा संसदीय मैत्री संघ को गठन भएको हो । नेपालका मन्त्रीले क्यानडाको संसदमा इतिहासको पहिलोपटक उपस्थित भएर सम्बोधन गर्ने मौका पाएका हुन्...
कहिले बन्छ वन्यजन्तु अस्पताल ? आइतवार, अशोज ९, २०७३ 0 responses मानिसका लागि सामान्यदेखि अत्याधुनिक अस्पतालहरु बने । गाउँ, टोल, नगर जिल्ला हुँदै केन्द्रसम्म अत्याधुनिक प्रविधिसहितका अस्पतालहरु खुल्ने र सेवा थपिने क्रम जारी छ । तर पारिस्थितिक प्रणालीमा महत्वपूर्ण भूमिका खेल्ने र वातावरणीय सन्तुलनका हिसाबले अति नै महत्व राख्ने लोपोन्मुख वन्यजन्तु, चरा र उभयचरका लागि सामान्य अस्पताल समेत नेपालमा बन्न...
पर्यटकीय गन्तव्य बन्दै भुलभुलेको सुरुङ मार्ग शुक्रबार, अशोज ७, २०७३ 0 responses बेसीसहर- भुलभुलेमा निर्माण गरिएको सुरुङ मार्गले पर्यटकलाई आकर्षण गर्न थालेको छ । उक्त सुरुङ मार्ग अधिकांश आन्तरिक पर्यटकको गन्तव्य बनेको छ । सम्भवतः नेपालकै पहिलो सुरुङ मार्ग भनिएकाले पनि जिल्लाभित्र तथा बाहिरबाट आन्तरिक पर्यटक आउने गरेका छन् । जम्मा ३४० मिटर लम्बाइ रहेको उक्त सुरुङभित्र यात्रा गर्दा छुट्टै मज्जा...
गिद्धका लागि ‘रेस्टुरेन्ट’ बुधबार, अशोज ५, २०७३ 0 responses काठमाडौँ- राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले गिद्ध संरक्षणका लागि विभिन्न स्थानमा रेस्टुरेन्ट स्थापना गरेको छ । विसं२०५८तिर नेपालमा अधिकाशं गिद्ध मर्न थालेपछि तिनको संरक्षणका लागि विभागले रेस्टुरेन्ट स्थापना गरेको हो । रेष्टुरेन्टमा मर्न लागेका गाईवस्तुलाई लगेर राखिदिने र मरेपछि गिद्धले खाने गर्दछ, त्यसैले यसलाई ‘गिद्ध रेस्टुरेन्ट’ (गिद्ध आहरा केन्द्र)...