• Wednesday 28th , June 2017 | बुधबार, असार १४, २०७४

दमनमा राज्य र प्रतिरोधमा बिप्लव माओवादी बीच होडबाजी

download (10)images (32)

             पुष्प न्यौपाने 

२७ जेठ काठमाडौ

दश ओटा माओवादी घटकहरुको विधि बिधान तयार पारि काठमाडौको कार्कि व्यङकेटमा प्रचण्डले निर्माण गरेको माओवादी केन्द्र फुच्चे बिप्लवका लागि धराहरा हो । बिप्लव अव त्यस केन्द्रका अगाडी बाउन्ने सावित हुनेछन् र त्यसैको पछिल्लो दिन खुलामञ्चमा आयोजना गरिएको कार्यक्रम बिप्लवको राजनीतिक जीवनको निराशाको सुरुवाती बिन्दु हुने छ । माओवादी आन्दोलनको दक्षिणपन्थी धार र माओवादी बिरोधिहरु यहि निष्कर्षका साथ खुलामञ्चको बिप्लवको कार्यक्रमको सहभागितालाई हेरिरहेका थिए ।

परिस्थितीले ठिक उल्टो मोड लियो । संभवतः बिप्लवको राजनीतिक जीवनका लागि त्यो कार्यक्रम आशा र संभावनाको कोशेढुंगा सावित हुन सक्छ । नेपालका कुनै पनि राजनीतिक पार्टीले परिकल्पना गर्न नसक्ने शक्ति प्रदर्शन खुलामञ्चमा भएपछि बिप्लव नेपाली राजनीतिको डरलाग्दो एन्टी करेन्ट शक्तिका रुपमा आँउदैछ भन्ने आभास राज्यलाई जरुर छ । त्यस डरलाई काबुमा राख्न राज्यले बिहिबारको शान्तीपुर्ण बन्दमा दमनको ध्वाँस दियो । जुन अतिरञ्जित थियो । बुधबार नै देशका विभिन्न भागबाट माओवादी कार्यकर्ता गिरफ्तार हुनुले त्यसको थप पुष्टी हुन्छ । 
शान्तीपुर्ण बन्द हड्तालमा यति आवेगमा प्रहरी प्रशासन अघिल्लो दिनबाटै परिचालन गर्नु र धरपकडमा उत्रनु जिम्मेवार ओहोदामा रहेकाहरुको हतासको प्रतिक्रिया हो । राज्य सञ्चालकहरु जिम्मेवार हुनुपर्छ । कुनै पनि राजनीतिक बाद, विचारधारा वा संगठन कुनै एजेण्डा बोकेर शान्तीपुर्ण रुपमा सडकमा उत्रन्छ भने सत्तासिनहरुले त्यसको स्वागत गर्नु पर्छ । यस अर्र्थमा कि त्यस दिन सम्म त्यो सिद्धान्त, बिचार , संगठन वा व्यक्ति जो सुकै होस त्यसले बर्तमान राज्यको कानुनलाई मञ्चमा आलोचना र व्यबहारमा पालना गरेको मान्नुपर्छ । प्राबिधिक माग लिएर सडकमा आउनेलाई संबोधन गर्दा राज्यको चरित्र अनुदार र अलोकतान्त्रिक भन्ने ठाँउ पाइदैन । बिबेकले काम गरे सम्म कुनै पनि राज्यले आफुमाथी अनुदार, अलोेकतान्त्रिक र खराव छबिको भन्ने मौका दिनु हुँदैन ।

तर त्यसको ठिक उल्टो राज्य बिप्लव माओवादी संग बच्चाहरुले एक अर्कामाथी मुठ््ठी उठायर पौठेजोरी खेले जस्तैै गर्दैछ । सत्तामा रहनेहरुलाई उन्माद हुन सक्छ । कुनैपनि शक्तिलाई युद्धको भुमरीमा धकल्दा नोक्सान राज्यको हुन्छ र भोलीका सन्ततीले दुख पाँउछन भन्ने कुराको हेक्का राख्नुपर्छ । बिद्रोही भन्दा पनि उग्र रुपमा प्रस्तुत हुने र राजनीतिक प्रतिशोधका आधारमा राज्यसंयन्त्र परिचालन गर्ने हो भने त्यस्ता अपरिपक्व शासकलाई कुर्सिमा धेरै ठाँउ रहँदैन ।
शासक निष्पक्ष, सन्तुलित, जिम्मेवार र भबिष्यवेत्ताको गुणले युक्त छैन भने जसले जुनसुकै बेला बिद्रोहको ज्वार उठाँउछ र शासकको दम्भ र रहर सामाजीक आन्दोलनका आँधिहरुको कहर भित्र सदा सर्बदाका लागि डुब्छ । बिप्लवले भविष्यमा के गर्ला राज्य त्यहि अनुरुपको कदममा जाला वा राज्यले कसरी कदम उठाउला बिप्लवले त्यसैको जवाफ देलान त्यो भोलीको बिषय हो ।

आजको बन्दमा उनले उठाएको मुद्दा राजनीतिक प्रतिशोधमा गिरफ्तार गरिएका कार्यकर्ताको रिहाई , कालो बजारी, भ्रष्टाचार, महंगी र बिभिन्न क्षेत्रको डरलाग्दो दलाली अन्त्य यत्ति हुन । यो त राज्यको आफ्नै दायित्व हो । यसमा उसले सफलता हाँसिल गर्न नसक्दा कुनै त्यस्तो प्रेशर ग्रुपले आँट गरे ठिकै त हो । बिग्रियो के नै र दमनको भाषा प्रयोग गर्ने ? बिहिवारको बन्दमा प्रहरी प्रशासनले गरेको धरपकड र गिरफ्तारी दमनको साहारामा भएपनि तिमिहरुको अस्तित्व स्विकार गर्ने छैन भन्ने राज्यले दिएको निकट भबिष्यको चेतावनी हो भने बिप्लव माओवादीका कार्यकर्ताहरु ठाँउ ठाँउमा गिरफ्तार र धरपकडका खबर पछि थप उत्तेजित रुपमा तोडफोड र आगजनीमा जसरी सक्रिय भए त्यो तिम्रो दमनको सामना गरिने छ भन्ने जवाफको संकेत हो ।

देशका विभिन्न ठाँउमा जति माओवादी कार्यकर्ताहरु गिरफ्तार भए तोडफोडको तिब्रता पनि त्यहि बिन्दुमा पुग्नुले यो निकट भविष्यको टकरावको संकेत हो । दमन र प्रतिरोधको अबिछिन्न श्रृंखला निम्त्याउनु भन्दा यसलाई बेलैमा सल्टाउनु नै बुद्धिमत्ता हुन सक्छ ।