• Monday 20th , November 2017 | सोमवार, मंसिर ४, २०७४

काबुलको नेपाली रगत संसारलाई निरास बनाएको छ

12417724_1532274423743061_5249504036520994004_n(1)

आतंकबाद बिश्व सामु उभिएको मानब सभ्यता बिरोधि मुकुण्डो हो। यसले संसारका हजारौं, लाखौ मानिसहरुलाई आफ्नो निशाना बनाइसकेको छ । आफ्नो जिन्दगिको नुन पानीको जोहो गर्न काबुलको भुमीमा भरिया बनेका निर्दोष नेपालीहरु न त हतियारधारी योद्धा हुन । न त सैनिक जवान न उनिहरु त्यहाँ कुनै सुराकी गर्न गएका युद्ध पक्षधर मानिसहरु नै हुन् । ति निहत्था नेपाली नागरिकमाथी गरिएको आतंकबादीहरुको आत्तायी अपराधको भत्र्सना गर्दा आक्रोस कम हुने शब्द हाम्रो डायरीमा छैन । घरमा बालबच्चा र पत्निको लुगाफाटो तथा नुनतेलको खर्चका लागि बिश्वका हरेक कुनामा बैध, अबैध सबै तरिकाले नेपालीहरु छितरिएका छन् । गरिबि,अभाब,पिडा र बाध्यताले इराक देखि अफगानीस्तानजस्ता जोखिमपुर्ण मुलुकहरुमा पैसाका लागि आफ्नो श्रम र पसिना बेच्न पुगेका नेपालीमाथी आक्रमण गर्ने आतंकबादीहरुले आफुलाई जतिसुकै बहादुर सम्झेर आतंक सृजना गर्न खोजेपनि बिदेशी मजुदर, ज्यामी र भरियामाथी आक्रमण गर्ने उनिहरुको हर्कत कति कायरताको पराकाष्टामा छ भन्ने कुरा संसारले देखेको छ । अर्कोतिर बिश्वका शक्ति राष्ट, शक्तिशाली मिडिया,अधिकारबादी संघ संस्थाहरु पनि यस्ता बिषयमा शक्तिको हिसाब किताबपछि मात्रै आफ्नो सक्रियताको गति निर्धारण गर्छन । यसले सत्ता, शक्ति र सम्पन्नताको रेखा भन्दा बाहिर रहेका करोडौं अर्बौ मानिसहरुलाई बिचलित बनाएको छ । निरास बनाएको छ र मानब समाज एबं आफ्नै जिन्दगिप्रति भरोसा भन्दा निरास बनाएको छ । यो सबैभन्दा ठुलो बिडम्बना हो । आक्रमण वासिंगटनमाथीको होस वा ब्रसेल्स वा काबुल सबै ठाँउका आक्रमण आतंकबादी आक्रमण हुन, सबै ठाँउमा निर्दोष मानिसहरु मारिएका छन् । ओहोदा र मानबिय सुचकाँकमा जो जुनसुकै अवस्थामा भएपनि, बिकसित र अबिकसित जो जस्तोसुकै सुगम र बिकट स्थानमा भएपनि आखिर भुगोल संसारको एउटै हो र मानिसको जिउन पाउने अधिकार समान हो । त्यसैले सबै घटनामा समान आवाज उठाइनुपर्छ । बरु शक्तिराष्टहरुले परिचालन गरेका मानिसहरु युद्धको आमने सामने मैदानमा हुँदा त्यहाँका मानिसले त्यसलाई आतंकबाद बिरुद्धको युद्धमा मारिएको भनेर चित्त बुझाउलान तर भरियाहरुको घर परिवार,समाज र राष्टले कसरी चित्त बुझाउने ? काबुलमा नेपालीमाथी भएको निन्दनिय र अक्षम्य अपराधबारे बाराक ओबामाले मुख खोल्न गाह्रो मान्नुपर्ने कुरा के नै छ र ? ब्रसेल्समा मानिसहरु जति सुरक्षाको प्रत्याभुति चाहन्छन संसारका सबै मानिसहरुको जीबन त्यत्तिकै प्रिय छ । काबुलमा मारिएका नेपाली ज्यामी र मजदुरका बिषयमा बिश्व समुदायले गंभिर चाँसो दिनुपर्छ । आतंकबादको कुनै राजनीतिक बिचारधारा, दर्शन, आदर्श, समाज, संस्कार, धर्म,पेशा,जात, लिंग र बर्ण नहुने भएकाले त्यस बिरुद्ध बिश्व समुदाय एक जुट हुनै पर्छ । जहाँसम्म राज्यको कुरा छ । यो अझ संबेदनशिल छ । आफ्ना नागरिकहरु कहाँ छन् ? कस्तो अवस्थामा छन् ? सुरक्षित, असुरक्षित कस्तो ठाँउ हो । त्यसबारेमा कहिल्यै सर्तक हुन नपर्ने ? बैध ढंगले गएकाहरुको श्रम स्विकृति देखि पैसा खान सुरु गरेर बाचुञ्जेल रेमिटेन्सले प्रशासन र सार्वजनिक खर्च पुर्ति गर्ने, मरेपछि लास ल्याउन पनि हप्तौं सम्म पनि पहल नगर्ने, अबैध गएकाहरुको त झन के मतलब ? यो सबैभन्दा डरलाग्दो र घातक प्रबृति हो । राज्य अभिभावक हो भने उसले प्रत्यक नागरिकलाई सन्तानको ब्यवहार गर्नुपर्छ । अन्यथा राजस्व र कर उठाएर कर्मचारी पाल्ने नागरिकको अवस्थालाई ख्याल नगर्ने हो भने सामाजीक सुरक्षा, शुसासन, नागरिक उत्तरदायी जस्ता शब्दावली प्रयोगको कुनै जरुरी छैन ।