• Friday 23rd , June 2017 | शुक्रबार, असार ९, २०७४

फेरी जन्मेलान त काँग्रेसमा बिपी ,के देउवाले बचाउन सक्लान त प्रजातन्त्रको छवि ?

सन्दर्भ बिपी जयन्ती

६ साउन, काठमाडौ 

नाम – बिश्वेश्वरप्रसाद कोईराला

जन्म – ८ सेप्टेम्वर १९१४(२३ भाद्र,१९७१)

मृत्यु-२१ जुलाई १९८२ (६साउन,२०३९)

बाल्यकाल – पिता कृष्णप्रसाद कोईरालाका दोस्रो सन्तानका रुपमा बनारस भारतमा एक मध्यमबर्गीय परिवारमा ।
प्राथमिक बिद्यालयको पढाई सकेर माध्यामिक शिक्षा ग्रहणकै क्रममा उनि राजनीतिमा रुची राख्ने भइसकेका । पिता कृष्णप्रसाद कोईरालाको सम्पति जफत भइसकेको र उनको परिवारलाई वारेन्ट जारी भएकाले पनि उनले राजनीतिमा अझ बढी राख्नु स्वभाबिक ।

b p koirala picture 1

राजनीति – आफ्नो युगका सर्बाधिक लोकप्रिय नेता
२००३ सालमा नेपाली कांग्रेसका मुख्य संस्थापक ।
कांग्रेसको राजनीतिक सिद्धान्त र रणनीतिका प्रमुख प्रवक्ता र व्याख्याकार।
निर्बासित पितासंगै अंग्रेज हटाउ आन्दोलनमा सरिक ।

नेपालमा राणा शासन बिस्थापित गरी प्रजातन्त्रको बहालीका लागि देशबाहिर र भित्रबाट नेतृत्वदायी भूमिका खेल्ने एक महत्वपूर्ण योद्धा । २००७ सालको राजनीतिक आन्दोलनको सफलतापछि अन्तरिम सरकारका गृह मन्त्री
२०१५ सालमा भएको पहिलो आम निर्वाचनमा दुई तिहाई भन्दा बढी मत आर्जन गर्ने प्रथम निर्बाचित प्रधानमन्त्री ।
२०१७ साल पुस १ गते सम्म जननिर्वाचित सरकार सञ्चालन ।
पञ्चायतको सुरुवात पछि आठ वर्ष निरन्तर जेल जीवन
२०३३ सालमा राष्टिूय मेलमिलापको नारा लिई नेपाल फर्केका थिए ।

प्रजातान्त्रिक समाजवादी राजनीतिक सिद्धान्त भएका बीपीले सोसलिष्ट इण्टरनेशनलको एक अगुवाका रुपमा पनि अन्तर्राष्ट्रिय राजनितिमा आकर्षक भूमिका निर्वाह ।
२०३६ सालको जनमत संग्रहमा बहुदलिय प्रजातान्त्रिक ब्यबस्थाका पक्षमा देशब्यापी प्रचार प्रसारको नेतृत्व ।
साहित्य – राजनीतिमा प्रजातान्त्रिक समाजबादका प्रणेता मानिने बिश्वेश्वरप्रसाद कोइराला साहित्यमा भने यौन मनोबिज्ञानको आख्यानमा उनको अराजकताबादी शैलि भेटिन्छ । धेरैले उनको राजनीतिक आदर्श र साहित्यिक प्रस्तुतिमा निकै ठुलो भिन्नता रहेको तर्क गर्ने गर्छन् ।

बि. पि. का बिबादित र महत्वपूर्ण भनाई 

नेपाल र भारत फरक देश होइनन् , राजनीति गर्न मलाई भारतको बिराट क्षेत्रफल उपलब्ध छ ।
मैले सहयोगको अपेक्षा राख्दा गान्धीले भन्नु भएको थियो –“मेरा आफ्नै मानिसहरु मेरा कुरा सुन्दैनन् भने राणाहरुले कसरी सुन्लान, तसर्थ म अहिले तिमिहरुलाई सहयोग गर्ने अवस्थामा छैन ।”त्यसपछि मैले भनेको थिएँ– “समर्थन मात्र चाहन्छु ।” त्यसको प्रतिउत्तरमा उहाँले भन्नु भएको थियो–“म सधैं न्यायको पक्षमा हुन्छु ।

तिमी पनि न्यायको पक्षमा छौं । तसर्थ त्यो त तिमीले पूर्ण रुपमा नै पाउनेछौ ।”सारांशमा मैले के भन्न खोजेको हो भने गान्धीबादका दुई मूलभूत सिद्धान्तमध्ये पहिलो –अहिंसा नेपालमा राजनीतिक अस्त्रको रुपमा ब्यवहारिक छैन र बिकेन्द्रीकरण को भने केहि प्रासङ्गिकता छ तर मलाई मूलभूत सिद्धान्त दुई स्वतन्त्र स्थापनाको रुपमा अलग रहन सक्नेमा शंका लागिरहेको छ । मेरो धारणामा गान्धीबादका यी दुबै सिद्धान्त एक अर्कासंग अन्योन्याश्रित छन र एक्ला एक्लै रहनै सक्दैनन् ।

कार्लमाक्र्स, लेनिन र गान्धीबारे बि.पि.को धारणा

कार्लमाक्र्सको चिन्तनमा त्यो आदर्श समाज साम्यबादमा प्राप्त हुन्छ । साम्यबाद पूर्ण अहिंसामा आधारित त्यस्तो समाजबाद हो, जहाँ नागरिकहरुले आफुले उत्पादन गरेका तमाम बस्तु समाजलाई अर्पण गर्छन् र समाजबाट आफ्ना सबै आवश्यकताहरुको पुर्ति भएको पाँउछन् ।

लेनिनको राज्य स्वतः निष्क्रिय हुंदै वर्गहीन समाजमा विलाएर जान्छ भन्ने मान्यतालाई प्रतिध्वनित गर्दै गान्धिले भन्नुभएको छ –“राज्य हिंसाको सारभुत र संगठित रुप हो । व्यक्तिको आत्मा हुन्छ, तर राज्य भने हिंसाका माध्यमबाट टिक्ने आत्माबिहीन यात्रा हो र यसलाई समाप्त पार्न सकिदैन ।”

दोस्रो बिश्वयुद्धको हिंसाबाट ठूलो मद्दत नपाएको भए हिन्दुस्तानले बेलायति शासनमाथि आखिरी र निर्णायक विजय पाउन सक्ने थिएन ।