• Wednesday 18th , October 2017 | बुधबार, कार्तिक १, २०७४

संसदीय ब्यवस्थाको बिकृत रुप : काँग्रेसमा अंश देखि बंश परम्परा

काठमाडौ – गएका २२ बर्षमा फेरिएका २४ ओटा सरकारको आकार–प्रकार र सरोकार हेर्दा नेपालीहरुसंग निराशा बाहेक केहि छैन । टुक्रा–टुक्रामा बिभाजित दलहरु, टुक्रा–टुक्रामा बिभाजित मन्त्रालय र साम्प्रदायिक वा सामाजिक मनोबिज्ञानमा देखिएको बिभाजन नेपालको डरलाग्दो चित्र हो ।

यस बीचमा नेपाली जनताले दरबारको सेतो हात्तिलाई पाल्न नसकिने भन्दै अस्विकार गरे, त्यो सेतो हात्ति हटाउन निकै कठिन घडिहरुको सामना गर्नु पर्यो उनिहरुले । तर परिबर्तनको नयाँ बसन्तसंगै सिंहदरवारले नपुगि बानेश्वरमा अर्को दरवारको आकार बढाईयो,जहाँ थुपै्र रजौटाको प्रतिनिधित्व गर्दै ६ सय १ जना आए ।

लोकतन्त्रको सुन्दर प्रणाली मानिने संसदको यो भारी भरकमपूर्ण संरचनाले आम नेपाली किचिएका छन् । सायद संसदीय ब्यवस्थाको यहि भारीभरकम संरचना र अस्थिरतालाई अध्ययन बिश्लेषण गरेर होला राजनीति शास्त्री भोल्टेयरले सय मुसा भन्दा एक हात्ति पाल्न सजिलो हुने आशयमा संसदीय ब्यवस्थाको बृहत, जटिल र अस्थिर संरचनामाथि प्रहार गरे होलान ।

भनिन्छ – लोकतन्त्रको सुन्दरपक्ष क्षमताहरुको केन्द्रीकरण हो, सक्षमहरुवीचको प्रतिष्प्रधा हो । यसमा अंश र बंश दुबैलाई स्थान रहँदैन । तर हाम्रो आँखा अगाडि नाचीरहेको असक्षमहरुको ताण्डब नृत्य नै हामीले अँगालेको लोकतन्त्र हो ।

नेपालको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी नेपाली काँग्रेसमा देखिने लोकतन्त्र बिचित्रको छ । सबैभन्दा बढी अंश र बंशलाई प्राथमिकता दिने दल त्यहि हो । बिश्व राजनीतिमा एउटै बाउका तीन छोरा प्रधानमन्त्री बन्ने देश यहि नेपाल हो र त्यस सँस्कारका लागि लोकतन्त्रको मसिहा नेपाली काँग्रेस र लोकतान्त्रिक कोइराला परिवार नै उदाहरण हो ।

गएको काँग्रेसको १३ ओैंं महाधिवेशनमा आधिकारीक धार र संस्थागत काँग्रेसको कुरा जोडतोडले चल्यो । केहि काँग्रेसी नेताहरुले भने सशाङ्क र प्रकाशमान भएको काँग्रेस नै पूर्ण काँग्रेस हो । यस्तो छ बंश परम्पराको काँग्रेस ।

काँग्रेसमा पारिवारिक लिगेसीको कुरा निकै उठ्ने गर्छ । यो लिगेसीलाई एसियन समाचारले तालिकामा प्रस्तुत गरेको छ :

congress-1

 

तालिका नं १ ले देखाएको छ काँग्रेसमा बंश परम्पराको लिगेसी कति जब्वर छ । बिपि स्वयंले सायद यो कल्पना कहिल्यै गरेका थिएन होलान् जहाँनिया राणा शासनको अन्त्य र राजतन्त्रको अन्त्यपछि आफ्नै पार्टी भबिष्यमा बंशिय लिगेसीमा चल्ने छ र बाँकी क्षमता र प्रतिभाहरु किनारा लाग्दै जाने छन् ।

CONGRESS-2

 

तालिका नं २ बंश परम्पराबाट पिडितहरुको समुह हो । यसमा नेपाली काँग्रेसलाई क्रान्तीकालमा निकै ठुलो आर्थिक र भौतिक सहयोग गरेका सुबर्ण शमशेर, महिला अग्रणी शैलजा आचार्य, के बि गुरुङ ,चक्र बाँस्तोला हुँदै रामचन्द्र पौडेल सम्म पर्छन । बिमान अपहरणकाण्डका समेत चर्चित पात्र बाँस्तोला हुन् वा कोइराला परिवारको संकटमा काँध थापिरहने रामचन्द्र पौडेल या त निष्ठाको राजनीतिमा बिश्वास गर्ने के बि गुरुङहरु कहिल्यै पार्टी र सरकार प्रमुख बन्न सकेनन् । सबै भन्दा बढी अवसरको चाङमुनि बसेर कोइराला परिवारको भर्याङ मात्रै बन्नेमा नेता पौडेल पर्छन । सहमति हुँदा कोइराला कडा टक्करको सामना गर्नुपर्दा पौडेल । बिगतका रोचक खेलहरु पनि आँखै अगाडि देखिए।

CONGRESS-3

 

तालिका नं ३ मा काँग्रेसका एक उम्दा योद्धा रामहरी जोशी पार्टी एक्सप्रेसको कुन डिब्बाबाट कहाँ छुटे काँग्रेसलाई पत्तै भएन । आजीबन काँग्रेसको राजनीतिमा होमिएका उनि लिगेसी र चाकडीको प्रतिष्प्रधी खेल भित्र प्रबेशै गर्न चाहेनन् । अर्का कुनैबेला काँग्रेसका प्रभावशालीपात्र तारानाथ रानाभाट पार्टी जोगाउने जोखिमपूर्ण खेलको आत्मघाती गोलमा परे । पार्टी त जोगियो उनि स्वयं जोगिन सकेनन् । २०५८ जेठ १९ को दरबारहत्याकाण्ड बारे पार्टीको धारणा अनुसार नै जिम्मेवारी बमोजिम जनतालाई सुचना दिन खोज्दा भटटटटटट गोली चल्यो भनेका उनि सधैंका लागि राजनीतिक गोलिको शिकार भए । थमौति लिएका र पाएकाहरु फेरि अब्बल लोकतन्त्रबादी भइहाले रानाभाट दरबारिया । यहि हो राजनीतिमा अंश र बंशमा बिश्वसनीय सम्बन्ध नहुनुको कारण पाउने दुःख सायद उनले र अरुले पनि बुझे होलान ।

CONGRESS-4

 

तालिका नं ४ मा काँग्रेसका केहि भाग्यशाली पात्रहरु छन् । जो काँग्रेसमा गड गिफ्टेड भनेर चिनिन्छन् । कोइराला परिवारसंगको निकटताले डा रामबरण यादब पार्टीको महामन्त्रीदेखि गणतन्त्र नेपालको पहिलो राष्ट्रपति बने । अमेरिकामा पढाई, बिश्व बैंकको जागिर, पश्चिमाहरुसंग उतै पढ्दा,बढ्दाको चिनजान र कोइराला परिवारप्रतिको बफादारीले अर्का डा रामशरण महत पार्टी जीवनभरी अर्थमन्त्री बन्ने भाग्यशाली हुन् । झापाका कानुन ब्यवशायी कृष्णप्रसाद सिटौला पार्टीमा चम्किलो भाग्य बोकेरै आएका नेता मानिन्छन् । २०६२, ०६३ को आन्दोलन उनको राजनीतिक र आर्थिक जीवनका लागि कायाकल्प बनेर आयो । उनि एकाएक शिखरमा पुगे । दक्षिणतिरको सुमधुर सम्बन्धका सिटौला धुर्त र कुटिलताका लागि माहिर मानिन्छन् ।

काँग्रेस राजनीतिको द्रोणाचार्य भनिने सिटौलाले नै राजतन्त्रको अन्त्य, हिन्दुराज्यको अन्त्य र एकात्मक शासनको अन्त्य जस्ता कसैका महत्वपूर्ण एजेण्डा निपुणताका साथ बोके र तिनलाई कुशल ढंगले अवतरण गरे भन्छन पार्टी भित्रै उनका बिरोधिहरु । यथार्थमा सिटौलाको सांगठनिक आधार छैन । तर कुटिलतापूर्वक खेल खेल्ने र कुशलतापूर्वक आफ्नो इच्छा अनुरुपको गोल गर्ने कुरामा उनि शक्तिकेन्द्र रिझाउन सफल मानिन्छन् । त्यस्तै काँग्रेसका अर्का गड गिफ्टेड नेता हुन् अमरेश कुमार सिंह । उनि दक्षिणको आर्शिबादप्राप्त ब्यक्ति हुन र उनलाई कुशल सुचनाबाहक भन्न सकिन्छ भन्ने बिश्लेषण काँग्रेसको युवा पुस्ताका नेताहरु गर्ने गर्छन । अमरेश पनि पार्टी भित्र सांगठनिक क्षमता, भाषणकला वा निरन्तर राजनीतिको लामो पृष्ठभुमी बोकेर आएका ब्यक्ति होइनन् तर उनको पृथक जिम्मेवारीकै कारण उनलाई संभावनायुक्त भनिन्छ । उनि पनि जन आन्दोलन २ पछिका भाग्यशाली हुन् अहिले उनको राजनीतिक र आर्थिक स्टाटसमा आएको बदलावलाई अचम्म मान्छन काँग्रेसीहरु ।

congress-5

 

तालिका नं ५ का दुई ब्यक्ति प्रदिप गिरी र नरहरी आचार्य काँग्रेसभित्र गंभिर चिन्तक मानिन्छन् । गणतन्त्रको लागि पहिलो मुख खोल्ने उनिहरु दर्शन, बिचार र राजनीतिमा सहि आचारण र सामान्यतया शुद्धताको अंश माग गर्नेहरु भित्र पर्दछन् । आचार्य कानुनमन्त्री भइसकेपछि उनि केहि शिथिल देखिए भने गिरी अहिले पनि काँग्रेसको प्रष्ट र निखारिएको बक्ता हुन् । उनि मुल्यको राजनीतिमा बिश्वास गर्छन । काँग्रेसमा त्यो हुँदैन र त्यसैले सरकारको निर्णायक र पार्टीको निर्णायक तहमा प्रदिप गिरी पनि कहिल्यै हुँदैनन् ।

congress-6

 

तालिका नं ६ मा दुई चर्चित पात्र छन् । गगन थापा र खुमबहादुर खड्का । गगन अग्रगामी सोच,बिचार र चिन्तनलाई स्थान दिन रुचाउँछन् । उनि तर्क, तथ्य र सिलसिलेवार रुपमा धाराप्रबाह आफ्नो बिचार प्रस्तुत गर्न सक्छन् । सकरात्मक सोचका छन् र लोकप्रिय पनि । तर संगठनमा उनको ब्यक्तित्व अनुसारको बिश्वास बन्न सकेको छैन । उनलाई केहि महत्वाकाँक्षी मानिन्छ । दाह्री नफुल्दै , कपाल नफुल्दै गगनथापाले पदाधिकारीमा महत्वाकाँक्षा राख्ने अहिले त्यो सोच्नु अपराध हुन्छ भन्ने जमात पनि काँग्रेसमा छ ।

त्यस्तै अर्का पात्र हुन् खुमबहादुर खड्का जो भ्रष्टाचार मुद्दामा डिल्लीबजार काराकारबाट फर्किदा हस्तनापुरी जिते जस्तै फुलमालाको भारी घाँटीले थेग्न नसक्ने गरि बाहिर निस्के । उनको त्यो जबरजस्त सांगठनिक क्षमतालाई पनि कम आँकलन गर्न सकिदैन । भ्रष्टाचारमा अछुतो को नै थियो र आखिर । तर खड्का डामिए फेरि पनि सक्रिय राजनीतिमै छन् । एउटा त भ्रष्टाचारले डामिएपछि उनि बिबादित बने अर्को हिन्दु धर्मको एजेण्डा बोकेर उनि बिवादित बने तर पछिल्लो बिबादले उनलाई भ्रष्टाचारले लगाएको दाग समेत मेटाउने शक्ति दिएको छ । कहिलेकाँहीका बिवाद र पृथक धारहरु पनि राजनीतिमा अनपेक्षित सकरात्मक परिणाम बोकेर आउँछन् जो खड्काको हकमा लागु भएको छ ।