• Wednesday 28th , June 2017 | बुधबार, असार १४, २०७४

भुकम्पले विक्षिप्त मनबहादुरको मनका पिडा

bhukampa pidit 2काठमाडौं ।

सपना सवै हराँउदा जिउने मात्रै आस हुन्छ ।
भनिन्छ नि मानिस आखिर परिस्थितीको दास हुन्छ ।
सपना सवै हराईसकेका र फगत जीवन वाँच्ने आसमा मात्रै वोत्तल,कागज र प्लाष्टीहरु संकलन गरिरहेका भुकम्प पिडितको कहाली लाग्दो जीन्दगी काठमाडौंको लक्जरियस जीवन जिउनेहरुका लागि केवल काल्पनिक स्केच हुन सक्छ ।

तर लगनखेलको मुख्य वजारमा एसियन समाचारका प्रकाशक ,सम्पादक पुष्प न्यौपानेले भेटेका सिन्धुपाल्चोकका मनबहादुर योञ्जन, सोहि ठाउँकी सिर्जना कार्की र भोजपुरका इन्द्रबहादुर राईको कथालाई व्यक्त गर्ने पिडाको शब्द भेट्टाउन मुस्किल पर्ला । सिन्धुपाल्चोक टिष्टुङका योञ्जनको कच्चीघर बैसाख १२ को विनाशकारी भुकम्पले गल्र्याम गुर्लुम ढालिदिएपछि आफ्नो थात थलो र पारिवारिक जिन्दगीबाट सदाका लागि एक्लिए उनी । उनले भक्कानिदै भने अहिलेको रात गुजार्ने ठाउँ यहि पाटनको मानसिक अस्पताल हो ।

दिनभरी वोत्तल, कागज र प्लाष्टीक टिपेर वेच्दै पेट भर्नुपर्छ । बाबा छादा बहादुर योञ्जन, आमा स्याङतान योञ्जन, करिव ४० वर्षिय श्रीमति कमला योञ्जन र ७ बर्षका छोरा सुकबहादुर योञ्जनलाई त्यस पापी भुकम्पले कच्ची घरसंगै लियो । त्यसबेला कुनै कामले काठमाडौंमै भएका योञ्जनको जीवन अव सधैंका लागि सडकमै रहने छ । विगतका पलहरु सम्झँदा घरिघरि मुर्छा पर्ने योञ्जनको वाँकी जीवनको कल्पना अत्यासलाग्दो छ ।

मनबहादुरसंगै मन वुझाएर विगत विर्साउने चेष्टामा रहेकी सिन्धुपाल्चोक वुङमतिकी अन्दाजी ४५ वर्षिय सृजना कार्कीका पति सुरेश लामासंगै दुई छोरा विजय र विकि पनि चुँड्यो रे भुकम्पले । अन्तरजातिय विवाहले पहिले नै समाजको नजर सहि थिएन रे सिर्जनासंग पति र छोरा गुमाएकी म अभागीको जिन्दगी त्यसपछि यस्तै भयो सर उनले आँसु झार्दै भनिन् ।

उनीहरुसंगै थिए पूर्व भोजपुर पोखिम ४ पोखिमडाँडाका इन्द्र बहादुर राई जो ३२ वर्ष देखि काठमाडौंमै जीवन गुजारा गरिरहेका थिए। वैसाख १२ को महाविनाशकारी भुकम्पले दक्षिणकाली नयाँ वसपार्कमा एउटा स सानो होटलका मालिक विदुर वस्नेतको घर भत्केपछि विचल्लीमा परे उनी । जव आफुलाई काम दिने साहु नै त्रिपालमुनि झरेपछि त्यहाँबाट भागेका इन्द्रबहादुर अहिले सडकमा कभाडी संकलन गर्दै हिड्छन र उनको पनि राती ओत लाग्ने ठाउँ लगनखेलको त्यहि मानसिक अस्पताल हो रे ।

उनीहरु जस्ता सयौं मानिहरुको वारेमा कसले खोजी गर्ने ? जो मानसिकरुपमा विक्षिप्त छन् र आफन्तहरुबाट हराईसके । सरकारले दिने २ लाख रकम घरमा क्षति पुगेको तर भौतिक जीवनमा त्यसले उथलपुथल पार्ने गरि खलवल नमच्चाएकाहरुको हकमा मात्रै लागु हुने संभावना देखिन्छ । सडकमा पुगेका विक्षिप्त भुकम्प पिडितहरुको यो दयनिय हालतले । उनीहरु सवैलाई आफ्नो पिडा बाँड्न र साँट्न सक्ने अवस्थामा पनि छैनन् ।

त्यस्ता मानिसहरुको जीवनको उत्तरार्धवारे सोच्ने उत्तरदायी राज्य र समाज नै कहाँ छ र ? हामीसंग । संवेदना गुम्दै गएको नेपाली समाज र समाजीक सुरक्षाप्रति उदासिन राज्यको चरित्रले कति मानिसहरु सडकमा पुग्नुपर्ने हो र उनीहरुको मृत्यु कुन हालतमा हुने हो ……..