• Monday 24th , July 2017 | सोमवार, साउन ९, २०७४

‘राष्ट्राध्यक्षकै हैसियत’मा ज्ञानेन्द्रद्वारा पचली भैरबमा पुजा-फोटोफिचर

gynendra3

काठमाडौं- बडादसैंको दोस्रो दिन आज पूर्वराजा ज्ञानेन्द्र शाहले भगवतीका शक्तिपीठहरुमा पुगी पूजा अर्चना गरेका छन्। पूर्वराजा शाह बिहान हनुमानढोकास्थित गणेशथान, भीमसेनथान र कोहिटीमा पुगी पूजाअर्चनामा व्यस्त रहे।

गतवर्ष भूकम्पबाट देश तथा जनता विचलित भएको भन्दै उनले सर्वसाधारणलाई टीकासम्म लगाएका थिएनन्। यसवर्ष भने उनी नवरात्र सुरु भएदेखि नै धार्मिक गतिविधिमा सक्रिय देखिए। पूजा अर्चनामा पूर्वरानी कोमलको भने उपस्थिति थिएन। उनी दसैंभर विभिन्न शक्तिपीठमा जाने कार्यक्रम छ।