• Monday 20th , November 2017 | सोमवार, मंसिर ४, २०७४

विजया दशमीमा रामको गुणगान गाउँदै गर्दा तपाई रावणबाट पनि सिक्न सक्नुहुन्छ यी गुण

काठमाडौं ,

रामायणमा चित्रण गर्दा नकरात्मक पक्षहरुको हाईलाइट गरिए झै मात्रै थिएनन् रावण । उनीसंग केहि अद्भुत विशेषता र गुणहरु पनि थिए ।

ko-thiya-raban-1को थिए रावण ?
रावणको न्वारनको नाम दशग्रिव थियो । धेरै आक्रोश भएकै कारण उनको रावण राखियो । त्यसपछि उनी शिव भक्त भए र उनले शिव तांडव स्तोत्रमको रचना गरे ।
यीनका पिता विश्वश्रवा एक ऋषि थिए । उनी पुलास्त्य कुल वंशजका थिए र आमा कैकसी असुर कुलकी थिइन । विश्वश्रवाका दुई पत्नि मध्य रावण कैकसीका जेठा सुपुत्र थिए ।

बह्माजीसंग वरदान लिएपछि उनले सौतेनी आमा पट्टीका दाजु धनका देवता कुवेरलाई लंका नगरीबाट लखेटिदिए । समुन्द्र किनारमा सुर्यको आराधना गरिरहेका वेला रावणले वाँदरका राजा वालीलाई मार्ने प्रयास गरे । तर वालीले उल्टै रावणलाई किष्कन्धा पुर्याएपछि रावणले वालीसंग मित्रताको प्रस्ताव राखे ।

रावण अर्ध व्राह्मण थिए भनिन्छ । रावण एक योद्धा हुनुका अतिरिक्त वेदशास्त्र र ज्योतिषशास्त्रमा विख्यात विद्धान थिए । यतिसम्मकी उनले पुत्र मेघनाथको जन्म जुन लग्नमा हुनेछ त्यहि लग्नमा रहन सुर्य लगायत सवै ग्रहलाई पहिले नै निर्देशन दिएका थिए । तर शनीले आफ्नो स्थान वदलेपछि रावणले छोरा मेघनाथको अमरत्ववारे देखेको सपना पुरा हुन सकेन । त्यहि कारण रावणले शनिलाई सत्रु ठान्दथे ।

chatur-poltician-2-rabanचतुर राजनीतिज्ञ

नीति शास्त्रमा निपुण रावणको राजनीतिक चातुर्यता काफी रणनीतिक महत्वको मानिन्थ्यो । रामले रावणको वध गर्नु पूर्व लक्ष्मणलाई निर्देशन दिएका थिए रावणबाट नीतिशास्त्र र कुटनीतिक ज्ञान चाँडो सिक । यसको मतलव रावणको विवेक, ज्ञान र शाहससंग रामलाई पनि डाह थियो ।

tapaswi-raban-3कठोर तपस्वी

रावण कठोर तपस्वी थिए । भनिन्छ उनले बह्माजी को कठोर तपस्या गरेर अमरताको वरदान मागेका थिए । बह्माजी ले अमर रहने वरदान दिन चाहेनन । तर यस्तो वरदान दिएकी रावणको मृत्युकेन्द्र नाभीमा मात्रै रहने छ । जुन कुरा रावणका भाई विभिषणलाई मात्रै थाह थियो । युद्धको दशौं दिनमा विभिषणले रावणको मृत्युकेन्द्रवारे रहस्य वताएपछि रामले नाभी ताके ।

chatur-rananitikar-raban-4

चतुर रणनीतिकार

सायद संसार आफ्नो वशमा लिने उत्कट चाहानाले हुनसक्छ रावणले सवैभन्दा पहिले आफ्नो मृत्यु टार्न खोजेको देखिन्छ । तपस्याका लागि एक अथक साधकका रुपमा परिचित रावणले वह्मासंग एउटा अर्को पनि वरदान मागेका थिए । कुनै पनि देवता,दैत्य, असुर, गन्धर्व वा किन्नर कसैले पनि उनको वध गर्न नसकोस । उनलाई वह्माले त्यो वरदान दिए पनि । मृत्यु हुनसक्ने तर त्यसको केन्द्र नाभी मात्रै हुनसक्ने भन्ने वह्माजीको पहिलो वरदानबाट सन्तुष्ट र भयमुक्त हुन नसकेका रावणले माथि उल्लेखित शक्तिबाट वध नहुने कुराको ग्यारेण्टी गराए । तर त्यसकोटीमा उनले मान्छे राख्न विर्सिए । जसका कारण रामको हातबाट उनको वध भयो।

bizeta-raban-5विजेता

विजेता रावणको अर्को विशेषण हो । वल, वुद्धि र शक्तिको अथाह समिश्रण भएको व्यक्ति रावणको राज्य लंकामा मात्रै सीमित थिएन । वालीद्धिप, मलयाद्धिप, अंगद्धिप,वरहद्धिप, शंखद्धिप, यदवद्धिप र कुशाद्धिप सम्म फैलिएको थियो ।