• Wednesday 28th , June 2017 | बुधबार, असार १४, २०७४

‘बाढी पिडितका नाममा पैसा उठाएर मोज मस्तीमा बाबुराम’-भिडियोसहित

96661काठमाडौँ– नयाँ शक्ति नेपालका संयोजक तथा पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बाढीपिडितका नाममा विदेशबाट पैसा उठाएर पार्टी चलाएको खुलासा भएको छ । बाढी पिडितका नाममा पैसा उठाएर आफुले मोजमस्ती गरेको खुलासा भएको हो । भट्टराईले पार्टीको नीति र बिधान विपरित कार्य गर्दै आफु विदेश भ्रमणमा गएको उनकै पार्टीका पुर्व नेता मुमाराम खनालले खुलासा गरेका छन् ।

हिमालयन टेलिभिजनको कार्यक्रम समय सन्दर्भमा अन्तर्वार्ता दिदै खनालले बाबुराम भट्टराई र केशब दाहालको बैंक खाता रहेपनि विदेशबाट उठाइएको रकम सिधै नवराज सुवेदीको खातामा आएको र पार्टीको नीति विपरित संयोजक आफै उक्त रकम खर्च गर्दै जापान,कोरिया लगाएतका देशहरुमा गएको उनले बताए ।

उक्त रकम नयाँ शक्ति पार्टीको विदेश बिभागले हिनामिना गरेको समेत  बताए । उनले भने “बाढीपिडितको नाममा रकम उठाइएपनि पिडितसम्म उक्त  रकम पुगेको छैन, पिडितसम्म पुग्नुपर्ने  रकम पार्टीले  हिनामिना गरिरहेको छ”।

भिडियो हेर्नुहोस