• Monday 24th , July 2017 | सोमवार, साउन ९, २०७४

नेपाल मामिलामा नेहरु डक्ट्रिनका फ्लोअर मुखर्जी

pranab-with-neharu

काठमाडौं ,

विभिन्न उतार चढावपूर्ण राजनीतिक यात्राका घुम्तीमोडहरु पार गर्दै भारतीय राष्ट्रपतिको पदमा पुगेका काँग्रेस आई का नेता प्रणव मुखर्जी नेपाल मामिलामा नेहरु डक्ट्रिनका फ्लोअर हुन् । हिमालय रेन्जको सवै भू भाग आफ्नो कव्जमा रहनुपर्छ भन्ने जवाहरुलाल नेहरुको डक्ट्रिनका कट्टर समर्थक हुन् प्रणव मुखर्जी ।

तत्कालिन राजा हरिसिंहबाट काश्मिरमा आंशिक सफलता हात लागेपछि उत्साहित भएको काँग्रेस आईले सिक्किमको विलय र भुटानमा अघोषित आधिपत्य जमाएपछि नेपाललाई निशाना वनाएको छ। काँग्रेस आई का तर्फबाट नेपाल हेर्ने मुखर्जी नेपालको राजनीतिक अस्थिरताका लागि एक जिम्मेवार र माहिर खेलाडि हुन् । २०४६ सालमा राजतन्त्रको अधिकार कटौतिका लागि ०४५ सालमा नाकावन्दी गरियो ।

त्यसपछि गणतन्त्रका नाममा ०६२, ०६३ को आन्दोलनमा राजतन्त्रको अन्त्य गरियो । त्यसताका १२ वुदे समझदारीका प्रमुख सुत्राधार हुन् मुखर्जी । दरबारबाट राज्यसंयन्त्र दलहरुको हातमा ल्याउन र दलहरुवीच छिन्नभिन्न अवस्था सृजना गर्दै नारायणहिटीमा रहेको राजकिय अधिकारलाई अघोषित र अदृष्य रुपमा लैनचौर स्थित भारतीय दुतावास हुँदै दिल्ली पुर्याउने रणनीतिक योजनाकार मध्यका महत्वपूर्ण पात्र हुन् मुखर्जी ।

नेपालका विषयमा दोहोरो मापदण्ड सृजना गर्ने र हरेक पार्टीमा दुइ खेमा सृजना गरि जुन वलियो वन्छ त्यसैलाई प्रयोग गर्ने फुटाउ र राजगरको नीतिका प्रयोगकर्ता मध्यका एक हुन उनी । राजतन्त्र हटाउन माओवादीको उपयोग माओवादीलाई साइजमा ल्याउन काँग्रेस एमालेको उपयोग र केन्द्रीय भूमिकाका सवै दलहरुलाई साइजमा ल्याउन मधेश केन्द्रीत दलहरुलाई उपयोग अनि सिंगो मधेशलाई साइजमा ल्याउन अंगिकृतहरुको उपयोग भारतीय सत्ताधारी वर्गको रणनीति हो ।

अहिले संविधान र केन्द्रीय भूमिकाका दलहरुलाई साइजमा ल्याउन मधेश केन्द्रीत दलहरुको उपयोग गरिएको छ । वीचमा एमालेलाई साइजमा ल्याउन काँग्रैस र माओवादी केन्द्रलाई उपयोग गरिएको हो ।यहि उपयोग गर र फ्याँक भन्ने रणनीति अन्तरगत नेपाल भन्ने मुलुकलाई कुनै पनि मुल्यमा जतिसुकै समय लागेपनि विलय गर्नुपर्छ भन्ने मान्यता राख्नेहरु भित्रै पर्छन् मुखर्जी ।

उनले नेपाललाई माया गर्छन भन्ने तर्क व्वाँसोले गोरुलाई माया गर्छ र वाघले हरिणलाई माया गर्छ भने जस्तै हो एक जना नेपाल–भारत सम्वन्ध मामिलाका जानकारले भने । यद्यपि भारत र काँग्रेस आइका लागि भने मुखर्जी अमुल्य नीधि हुन् । भारतीय राजनीतिमा प्रणव मुखर्जीको उतार चढाव यात्रा वडो विचित्रको छ । मुखर्जीको सफलता वा असफलता भन्दा उनी निकै हण्डर ठक्कर खाँदै भारतीय राष्ट्रपतिको सेरेमोनियल पदमा आइपुगेका हुन्  .

राजनीतिमा इन्दिरा गान्धीका प्रियपात्र प्रणव राजीव गान्धीसंगको सम्वन्धमा खट्पट आएपछि काँग्रेस आईको सँस्थापन पक्षको सक्रिय भूमिका बाट मोडिएका हुन् । राजीवसंगको सम्वन्धमा दरार पछि मुखर्जीले आफ्नै नेतृत्वमा नयाँ पार्टी समेत गठन गरे । इन्दिरा गान्धी र मुरार जी देशाईको अन्तरविरोध झैं पछिल्लो पटक राजीव गान्धी र प्रणव मुखर्जी वीच अन्तरविरोध चर्कियो । अन्ततः काँग्रेसले प्रणवको आवश्यकता महसुस गर्दै उनलाई पुनः पार्टीमा फर्कायो ।

तर पनि गान्धी परिवारको विरासतका लागि प्रणव जुनसुकै वेला खतरा वन्न सक्ने त्रास सोनियागान्धी र राहुल गान्धीसम्म आइपुग्दा पनि हटेन । जसका कारण आफुले अर्थ मन्त्री वन्दा केन्द्रीय वैंकको गवर्नरमा नियुक्त गरेका मनमोहन सिंहलाई प्रधानमन्त्री स्विकारेर प्रणव अर्थमन्त्रीको दोस्रो वरियतामै सिमित रहे ।

मन मोहन सिंहलाई सत्तामा विराजमान गराइएपछि प्रणवले दोस्रो वरियताको हैसियतबाट काँग्रेस आई का लागि काम गरे । फेरि पनि प्रणवको सक्रियतालाई व्यवस्थापन गर्न असहज भएको महसुस पछि गान्धी परिवारले उनलाई राष्ट्रपतिमा थान्को लगायो । अव यहि राष्ट्रपतिको कार्यकाल सकिएपछि प्रणव आफ्नो सक्रिय राजनीतिक जीवन र पदिय दायित्व दुवैबाट अवकाश लिनेछन् ।

नेपालमा राजतन्त्रको अन्त्य र गणगन्त्रको सुरुवात ताका १२ वुदे सहमतिका सुत्राधार प्रणव मुखर्जी राष्ट्रपतिको हैसियतमा नेपाल आएपनि अहिले कुनै सन्धी सम्झौता गर्ने हैसियत उनीसंग वाँकी छैन । उनी भारतको सेरेमोनियल राष्ट्रपति हुन् ।