• Friday 23rd , June 2017 | शुक्रबार, असार ९, २०७४

दुखेको इतिहास वर्तमान मात्र बनोस् !

14954452_1839570726288477_595645712_o

सुरेश जंग शाह
हिंजो पनि दुख्यो
मेरी आमाको छाती,
आफ्नै सन्ततिको चरु
अग्नी कुण्डमा होमन गर्दा ।
आज झन दुखिरहेछ
मेरी आमाको छाती,
गाँउ शहर बस्ती
जातजाति भेषभुषा
नयाँ-नयाँ शीर्षकमा ।
चर्चति चिरेर भाग बिलो गर्दा,
भोली अझ के हुने हो ?
केही थाहा छैन!
अस्मिताको खोजी कहाँ हुने हो ?
केही थाहा छैन !
नव इतिहासले पिरोल्यो
मेरी हामालाई,
वर्तमानले झन् पिरोली रहेछ ।
बगेर आँशु त झन् पिरोली रहेछ ।
बगेर आँशु त सकिसके अब ।
रगतको आहालमा डुबुल्की मारेर ,
आत्महत्या गर्न
मात्र बाँकी छ ।
इतिहास मात्र दुखे त
कथा मात्र बन्ला,
वर्तमान पनि दुखेर
सइन जगाइरहेको छ ।
भोली पनि यस्तै
दुखेको इतिहास,
कोरिने हो भने
एक दिन
इतिहास हराएको
वर्तमान
र वर्तमान हराएको
भविष्य
मात्र
रहने छन् ,
अनुहार बिहिन तस्बीर बनेर ।
त्यसैले,
ए !
आजका
सनाखत र सर्जमनिका पात्रहरु हो !
एक चोटी,
यति मात्र
संकल्प गरि देउ न,
कि
दुखेको इतिहास
र्वतमान
मात्र बनोस् ।