• Monday 20th , November 2017 | सोमवार, मंसिर ४, २०७४

तस्विरमा रुपक र कामुक अमेरिकी फस्ट लेडी

melania-trump_2काठमाडौं ,  अनपेक्षित विजयसंगै चर्चामा रहेका नव निर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्प जत्तिकै चर्चामा छिन् उनकी पत्नी मेलानिया ट्रम्प । आफ्नो रुपक र कामुक तस्विरका कारण उनी समाजिक सञ्जालमा भाइरल वनेकी हुन् । melania-trump_3

स्लोवेनियाइ मोडल समेत रहिसकेकी मेलानिया ट्रम्प उमेरका हिसावले ४६ बर्षकी भइन् । १६ बर्षको उमेरमा मोडलिङबाट करिअर सुरु गरेकी मेलानियालाई संयोगले लक्जरियस लाइफका सौखिन र सम्पन्न डोनाल्टका स्वर्ण महल देखि ह्वाइट हाउस पुर्याइदियो ।

melania-trump_5

मेलानियाको सुन्दरता र हटनेसले धेरै अमेरिकी पुरुषहरु जल्ने गर्छन र महिलाहरुमा पनि उनको फिजिकल फिटनेसले डाह गराउँछ । आफ्नो सफलता, रुखो व्यवहार र कटु वचनका कारण ट्रम्प र विवादको घनिष्ट सम्वन्ध छ । रुप,हटनेस र मोडलिङ लाईफको अतितलाई लिएर विवादको सामना गर्न मेलानिया पनि अग्रपंक्तिमै छिन् ।

melania-trump_6

मेलानिया त्यतिवेला विवादको उत्कर्षमा थिइन जतिवेला न्युयोर्क पोष्टले उनको न्युड तस्विर सार्वजनिक गरेको थियो । जी क्यु लगायत थुप्रै म्यागेजिनका लागि पनि उनले तस्विर दिएकी थिइन ।

melania-trump_7डोनाल्ट ट्रम्पकी तेस्रो पत्निका रुपमा रहेकी मेलानिया लन्ज मोडेल समेत रहिसकेकी छिन् । मोडलिङबाट सुरु करिअर र सौन्दर्यले नै उनलाई ह्वाइट हाउसमा फस्ट लेडिका रुपमा उभ्याएको छ । यदि उनीसंग सौन्दर्यता हुँदैनथ्यो भने उनी ट्रम्पको रोजाइमा पर्दैनथिन र ट्रम्पको रोजाइमा नपरेको भए उनलाई ह्वाइट हाउसमा फस्ट लेडिको स्वर्ण अवसर प्राप्त हुने थिएन ।

melania-trump_8
न्युयोर्कको एक फेसन वीक पार्टीमा सन १९९८ मा ट्रम्पसंग भेट्दा सायद उनले आफुलाई ट्रम्पको तेस्रो पत्निका रुपमा र कुनै दिन विश्वकै रुपक फस्ट लेडिका रुपमा कल्पनासम्म गरेकि थिइनन ।