• Wednesday 18th , October 2017 | बुधबार, कार्तिक १, २०७४

चन्द्रागिरी हिल्सलार्इ ‘बेष्ट न्यू डेस्टिनेसन अवार्ड २०१६’ बाट सम्मान

 काठमाडौ, चन्द्रागिरी हिल्स ‘बेष्ट न्यू डेस्टिनेसन अवार्ड २०१६’ बाट सम्मानित भएको छ । अमेरिकाको क्यालिफोर्नियास्थित केन्द्रीय कार्यालय रहेको अन्तर्राष्ट्रिय परामर्शदाता संस्था फ्रोर्स्ट एण्ड सुलिभानले आयोजना गरेको कार्यक्रममा चन्द्रागिरी हिल्स लिमिटेडको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकाललार्इ सम्मानित गरिएकाे हाे ।

chandragiri-1

सम्मान ग्रहण कार्यक्रममा अध्यक्ष चन्द्रप्रसाद ढकाल, निर्देशक हेमराज ढकाल, कल्याण गुरुङ, अम्बिका पौडेल र महाप्रवन्धक अभिषेकविक्रम शाह लगाएतकाे उपस्थिती थियो ।

‘विकास, अन्वेषण र नेतृत्व सम्मेलन-२०१६’ को समापनको अवसरमा गएको बुधबार काठमाडौंस्थित सोल्टी होटलमा आयोजित विशेष कार्यक्रममा उक्त सम्मान प्रदान गरिएको थियो ।

सम्मान ग्रहणपछि कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले ‘एकीकृत पर्यटन पूर्वाधार सहितको नयाँ पर्यटकीय गन्तव्यको रुपमा चन्द्रागिरी हिल्सलाई विकसित गर्न आफू र आफ्नो समूह प्रतिवद्ध रहेको अवस्थामा प्राप्त यस सम्मानले चन्द्रागिरी हिल्स लिमिटेडलाई झनै प्रोत्साहन मिलेको धारणा व्यक्त गरे ।

व्यावसायीक क्षेत्रको प्रवर्द्धनमा उल्लेखनीय भूमिका निर्वाह गरेवापत फ्रोर्स्ट एण्ड सुलिभानले विश्वका उत्कृष्ट कम्पनी तथा व्यावसायीक फर्मलार्इ यस्तो सम्मानबाट सम्मानित गर्दै आएको छ ।