• Friday 23rd , June 2017 | शुक्रबार, असार ९, २०७४

पाल्पामा चिच्चाएर बर माग्ने धार्मिकस्थल सत्यवतीकाे चारदिने मेला सुरू

पाल्पा, पाल्पामा चिच्चाएर वर माग्ने चार दिने मेला पाल्पाको सत्यवती तालमा शुरु भएको छ ।

पहाडको हराभरा वनभित्र फैलिएको सुन्दर सत्यवती तालभित्र रहेको सो मन्दिरमा प्रत्येक कात्तिक पूर्णिमाका दिन विशेष मेला लाग्ने गर्दछ ।सत्यवती देवीले कानले नसुन्ने भएकाले वर माग्दा चिच्याएर एउटा मात्र वर माग्नुपर्ने जनविश्वास छ । रातको समयमा मन्दिरमा पूजा सकेर ताल परिक्रमा गर्दा चिच्याउँदै वर माग्ने चलन अझै पनि रहेको स्थानीयवासीको भनाइ छ ।

%e0%a4%b8%e0%a4%a4%e0%a5%8d%e0%a4%af%e0%a4%b5%e0%a4%a4%e0%a5%80_%e0%a4%a4%e0%a4%be%e0%a4%b2_%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a5%8d%e0%a4%aa%e0%a4%be

कोलडाँडा – १ र ४ को बीच जंगलमा रहेको तालमा हरेक कार्तिक एकादशीदेखि पुर्णीमा सम्म विशेष मेला लाग्दछ । जंगलको बीचमा रहेको ताल छेउमा बाँसको लिङ्गोमा पुजा गरेर तीन पटक घुम्दै चिच्चाएर बरमाग्ने चलन छ । यसरी चिच्चाएर बर माग्ने नेपालकै एक मात्र धार्मिकस्थल हो ।

धार्मिक महत्व कै कारण पाल्पा साथै रुपन्देही, स्याङ्गजा, गुल्मी, अर्घाखाची, नवलपरासी, कपिलवस्तु, दाङ्ग कास्की, काठमाण्डौ लगायत भारतका गोरखपुर, लखनउ, नौतनहवाबाट समेत यँहा मेला भर्न आउने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रनबिर गाहाले जानकारी दिए ।

बर माग्दा चिच्याउनु पर्ने हुदा युवा युवतीले मन पराएको संग बिहे गर्न पाउ, सौताको ज्यान जाओस, सरकारी जागिर पाम भन्नेहरुको आवाज धेरै सुनिने स्थानियले बताएका छन् । एउँटा कानले नसुन्ने वृद्ध आईमाई वाक्क भएर सत्यवती डाँडाको घनघोर जंगलमा तपस्या गर्दा भगवानको दया अनुग्रहले सिद्ध शक्ति प्राप्त गर्न सफल भएको भन्ने उक्ति छ । वृद्ध शरिर सोही तालमा सदाका लागि विलीन भएर अहिले पनि प्रेतआत्मा त्यही तालको सेरोफेरो घुमिरहेको  जनविस्वास रहिअाएकाे छ ।

हिंजाेदेखि सुरू भएकाे मेलामा बोका, परेवा लगायतका पशु तथा पंक्षीको भाकलसहित पूजा गर्न आज पनि निकै भीड लागेको छ । भिड बढेपछि मेला व्यवस्थापन समितिले आठजना पुजारी र स्वयम्सेवकको परिचालन गरेको छ ।

सत्यवती मन्दिरमा जान पाल्पा बुटबल सडकको झुस्सा र चौवीसमाइल भन्ने स्थानबाट पैदल दुई घन्टा यात्रापछि पुग्न सकिन्छ। मन्दिर जाने बाटोमा फूल, प्रसाद तथा परेवा बेच्नेको भींड लागेको छ ।

स्थानीयवासीले बाटोमा फूल, प्रसाद तथा परेवा बेचेर लाखौँ आम्दानी गर्दै आएका छन् । सत्यवती ताल व्यवस्थापन समितिले यस बर्ष पनि तीन लाख बढी भक्तजनले सत्यवती माईको दर्शन गर्ने अनुमान गरेको छ ।