• Friday 24th , November 2017 | शुक्रबार, मंसिर ८, २०७४

शेरबहादुरजीले दिनैपर्छ भनेपछि सुजातालाई ५० लाख दिइएको हो-प्रचण्ड

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका नेतृ सुजाता कोईरालालाई उपचारको लागि आधा करोड काँग्रेस सभापति शेरबहादुर देउवाको दवावमा दिएको खुलासा गरेका छन् ।

कान्तिपुर टेलिभिजनको साप्ताहिक कार्यक्रम फायरसाइडका लागि भुषण दाहालसँग अन्तर्वार्ताको क्रममा उनले स्पष्ट पारेका हुन् । ‘सुजाता कोइराला कांग्रेसकी नेतृ हुन्। गिरिजाप्रसाद कोइरालाकी छोरी पनि हुन्। उनलाई घातक रोग लागेको सत्य हो। खर्च व्यहोर्ने विषयमा नयाँ कार्यविधि बनिसकेको अवस्था छैन। पुरानै विद्यमान रहेको अवस्थामा यो सहयोग दिने निर्णय गरिएको हो’ उनले भने।

‘सुजाता कोइरालाले मेरै नाममा उपचार खर्च सहयोगका लागि चिठी लेखेर पठाउनु भएको थियो र एक करोड माग्नु भएको थियो।’ उनले भने ‘शेरबहादुर जीले दिनै पर्छ भन्नुभो। त्यसकारणले ५० लाख रुपैयाँ दिइएको हो।’

हेर्नुस भिडियो