• Tuesday 27th , June 2017 | मङ्लबार, असार १३, २०७४

देशकै सर्वाधिक धनी व्यक्तिलार्इ मृत्युदण्डकाे सजाय

janjaiएजेन्सी, इरानका सबैभन्दा धनी व्यक्ति बबाक जंजानीलाई इरान सरकारले मृत्युदण्डको सजाय सुनाइएकाे छ।

उनलार्इ आर्थिक घोटाला गरेको आरोपमा सजाय सुनाइएकाे हाे । ४१ वर्षीय जंजानी इरानका सबैभन्दा धनी व्यापारी मानिन्छन्।

सन् २०१३ मा पक्राउ परेका जंजानीको कानुनी प्रक्रिया चलिरहेको थियो।भ्रस्टाचारको आरोप लागेका जंजानीको मुद्दा तीन वर्षसम्म चलेपछि मृत्युदण्डको सजाय सुनाइएको हो ।जंजानीको कूल सम्पत्ति गत वर्ष १३.५ अर्ब डलर भएको खलासा भएको थियो।

इरानको तेल मन्त्रालयको रिपोर्ट अनुसार जंजानीको २.२५ अर्ब डलर कर बक्यौता थियो।