• Wednesday 28th , June 2017 | बुधबार, असार १४, २०७४

विरालोलाई सरकारी सेवामा नियुक्त


काठमाडौं,  घरपालुवा जनावरका रुपमा रहँदै आएका विरालाहरुलाई सरकारी सेवामा नियुक्त गरिएको छ । सुन्दै अचम्म लागे पनि दुई ओटा विरालाहरुलाई मन्त्रालयको सरकारी जागिरमा नियुक्त गरिएको रोचक खबरले मानिसहरुको मन दुखेको छ ।

विश्वमा दिन प्रतिदिन वेरोजगारहरुको संख्या वढ्दै जाँदा सरकारी सेवामा विरालोले जागिर पाएपछि विरालो प्रति मानिसहरुले डाह गर्नु स्वभाविकै हो । तर विरालोले गर्नसक्ने उक्त जागिर मानिसबाट भने संभव छैन ।

हातमा स्नातकोत्तरको सर्टिफिकेट वोकेका हजारौं मानिसहरु सडकमा वेरोजगार भएर घुमिरहँदा सरकारी जागिर पाउने भाग्यमानि दुई विराला व्रिटेनका हुन् ।

व्रिटीस सरकारको क्याविनेट अफिसमा दुई विरालालाई सरकारी जागिरका लागि नियुक्त गरिएको हो । मन्त्रालयमा मुसाले हैरान बनाएपछि सरकारले मुसा मार्न विरालालाई जागिरमा नियुक्त गरेको हो ।