• Thursday 29th , June 2017 | बिहिबार, असार १५, २०७४

दश हजार शिक्षकले बुझाएनन् सम्पत्ति विवरण

काठमाडौं, आव २०७२/७३ मा १० हजारभन्दा बढी शिक्षकले सम्पत्ति विवरण बुझाएका छैनन्। विद्यालय शिक्षक किताबखानाका महानिर्देशक शेरबहादुर ढुङ्गानाले दिएको जानकारी अनुसार कुल शिक्षक ८२ हजार ६९८ मध्ये उनका अनुसार ७२ हजार ५३९ शिक्षकले मात्र सम्पत्ति विवरण बुझाएका छन् भने १० हजार १५९ शिक्षकले सम्पत्ति विवरण बुझाएका छैनन्।

उनका अनुसार निर्धारित समयसीमा गत भदौ मसान्तसम्म सम्पत्ति विवरण नबुझाउनेमा सबैभन्दा बढी डडेल्धुराका पाँच सय ८६ र कम मनाङका १४ शिक्षक छन् ।

उनले सम्पत्ति विवरण बुझाउने–नबुझाउनेको सूची राष्ट्रिय सतर्कता केन्द्रलाई बुझाइसकिएको बताए । गत वर्ष भने ७२ हजार चार शिक्षकले मात्र सम्पत्ति विवरण बुझाएका थिए । सम्पत्ति विवरण नबुझाउने सार्वजनिक पद धारण गरेकाहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनही रु पाँच हजार जरिवाना गर्छ ।