• Wednesday 28th , June 2017 | बुधबार, असार १४, २०७४

तराईको न्यानो बचेन भने हाम्रो अखिल अखण्डता भत्किने छ

लक्ष्मण सिटौला,थुप्रै मावोवादीमा विभक्त छौं हामी-वैद्य, प्रचण्ड , बाबुराम, विप्लव । अनि हामी थुप्रै एमालेमा तितर–बितर छौं झलनाथ ,माधवकुमार र केपी वली अनि थुप्रै काँग्रेसमा टुक्राटुक्रा छौं देउवा , पौडेल , सिटौला । जसरी पार्टी चोइटिएर धुजा भएका छन् त्यसैगरी देश टुक्राटुक्रा पार्न पनि उद्यत छौं हामी । आची गर्न जाँदा खेरि ‘लोटा लिएर जा’ भनेर सम्झाउन पर्छ हाम्लार्इ भारतले नत्र भित्री कपडाले आची पुछ्दै फर्किन्छौं हामी आफ्नै दैलोतिर।

‘पञ्चायत ब्यवस्था नै ठिक छ’ भनेर ०४७ सालको संबिधान फर्काउन तिर लागेका छौं। अहिलेको संबिधान विश्वको उदाहरणमा उत्कट उत्कृष्ट भनी हामी सबैले संसद भवनभित्र ताली पिटेकै हो, अनि भोलिपल्ट नगरा ठोक्दै झ्याली पिटेकै हो। अहिलेसम्मकै सबैभन्दा राम्रो सबिधान हाम्रो सबिधान बनाउन दुई चोटि त सबिधान सभाको चुनाव गराएकै हो। खरब सकियो चुनावमा, अरब सकियो सभासदलाई तलब भत्ता खुवाउदा। देशलाई कंगाल बनाएर हामीले खै के संबिधान लेखेछौं ? एक दुई वर्षमै यसको हात खुट्टा काट्नुपर्ने।

हिमाल चुपचापले बसेको छ कहिले बोल्दैन,पहाड मौन छ कहिले एक शव्द पनि निकाल्दैन तर तराई सधैं गर्मिलो छ, सधैं मलाई अन्याय भयो भन्छ।राजा महेन्द्रदेखि सुरु भाको गुनासो अहिलेसम्म मन्थर भएको छैन।

जमिन समथर भएर खै के गर्नु ?मन होंचो अग्लो भएपछि। हिमालतिर चाइनिज मिसिन नपाउनी किनभने उत्तरतिरको कानुन कडा छ तर, तराइतिर त ‘जोगबनीमा खाएर बिराटनगरमा गोब्र्याउन’ आउछन् लोटा लिएर, अनि भन्छन्– ‘हामीबीच रोटि र बेटीको सम्बन्ध छ।’

चीन पनि छिमेकी नै हो । खोइ उस्ले ‘न रोटिको कुरा ल्यायो न धोतीको’ कुरा ल्यायो । आफ्ना जनतालाई ढिम्किन पनि दिंदैन नेपालतिर। तर तराई किन सधैं मुटुको घाउ बनेर चस्किन्छ सधैंभरी ? हिमालीले पहिला आफूलार्इ नेपाली हुँ भन्छ, पहाडीले पहिला म नेपाली हु भन्छ, तर तरार्इले कहिले पनि आफूलार्इ नेपाली हु भन्न सकेन। ऊ जहिल्यै पहिला आफूलार्इ मात्र तराइको हुँ भन्छ।

किन तराइले नेपाली हुँ भन्न सक्तैन ?

यो देशका हिमालीले र पहाडीले जति भौगोलिक विकटता यदि तराइवासीले बेहोर्न पर्ने हो भने थाहा हुन्छ कि दुःख केहो र राज्य र राष्ट्र केहो ? भन्ने कुरा । हामी छौं र पो राज्य छ। हामी हिमाल पहाड तराइको एकात्मक मनले त अग्लिएको हो सगरमाथा । केवल हिंउले मात्र अग्लिने होइन हिमाल ।

हिमाल त हिम्मतले अग्लिने हो, पहाड त प्रेमले पग्लिने हो,अनि तरार्इ तन्नेरीमनले र एकताले सम्मिनी हो। र, निर्वाध रूपमा दक्षिणी तातो हावा छेक्नुपर्छ तराइले जसरी हिउँ र उत्तरी चिसो झेलेका छन् हिमालीले।

सत्तामा पुग्नेहरु सधैं स्वाधिनता , स्वतन्त्रता, सार्वभौमसत्ता र अखण्डताको कुरा गर्छन् । यो आवाज नै सत्तामा पुर्याउने नारा बन्छ पार्टीहरुलार्इ । तर, तरार्इ दुखेको दुख्यै छ ।किन दुख्यो तराइ ? यो तिर ध्यान कहिले पनि गएन, न तरार्इ पार्टीका नेताको गयो ।सत्तामा छउन्जेल ‘हिमाल, पाहाड र तराई कोही छैनन् पराइ’ भन्छन् अनि जब सत्ताभन्दा बाहिर बस्नु पर्यो अखण्ड तरार्इको कुरा आइहाल्छ। यसो किन भैरहेको छ ?

यदि नेपाली भएर बाच्ने हो भने सबैकुरो नेपालीपन हुनुपर्छ । शरीर नेपाली तर दिमाग चाँहीं बिहारी किन ? मुख चाँहीं नेपाली आवाज चाँहीं यु.पि को किन ? पक्का तराईबासी र आफूलार्इ नेपालको आदिवासी भन्छ भने उभित्र पहिला म नेपाली भन्ने राष्ट्रभक्ति आइहाल्छ।तर, बिहारमा जन्मिएर बिहारमै हुर्किएर बिहारमै गुच्छा खेलेर अनि टाउकोमा रुमाल भिरेर पानी पुरी बेच्न जोगबनी बाटो हुँदै नेपाल भित्रिएपछि शरीर नेपाली हुन्छ मुटु मन र मगज बिहारी हुन्छ,अनि यिनले नै गर्ने हुन् नेपालमा भाडभैलो । अनि तरार्इको घाउ कहिले निको हुदैन।

बिहारबाट बाटो बिराएर नेपालभित्र भेलपुरी बेच्दाबेच्दै सभासद् हुनेलाई नेपाली भावनाको अर्थ के थाहा ? जसरी बिहारमा डिग्रीदेखि पि.एच.डि सम्मको प्रमाणपत्र बिक्री वितरण हुन्छ,यता जोगबनीबाट छिरेपछि नेपाली नागरिकता किन्न पाइन्छ । नेपाल सार्है दयालुहरुले बास गरेको देश हो। यहाँ कोही पनि बिदेशीले यताको चेलीसग लभ गरेको केही महिनामा नागरिकता भ्याइदिन्छ।

हुलका हुल बङलादेशीहरु नेपाली पासपोर्ट बनाएर दुवै कतार दोहादेखि कोरिया युरोपसम्म काम गर्न जान्छन्। कहिलेकाँही समातिनु त कुरो नमिलेर पो हो त। संसारका सबै मानिस अटाउने यो शान्तिभूमि बुद्धभूमिमा फेरि यो तरार्इको घाउ किन निको नभएको ? सधैं तराईमै दाइजोका लागि नारी किन जल्छन् ? बलात्कारको घृणित घटना किन तराईमै हुन्छन ? चोरीचकारी किन यहि हुन्छ ? के तातो हावाले हामीलाई तातो बनाएको हो र ? नत्र भने महाराज जनक जनकपुरवासी हुन्।प्रबुद्ध बुद्ध तराईवासी नै हुन्।सीता माता पनि तराइकै त हुन्। मिथिला संस्कृत यति सम्मानित सम्पन्न छ कि नेपाललाई समृद्धिको शिखर पुर्याउनु यदि कुनै भूमिले सक्छ भने त्यो तराइले मात्र सक्छ।

तराई मुटु हो, पहाड फोक्सो हो र हिमाल आँखा हो। तराई जल्यो भने नेपाल रहने छैन। यदि पहिलो प्रहर उज्यालोको देख्नु छ भने हिमालको शिरतिर होइन तराइको तरेली तिर हेर्नुपर्छ ।

तराइको न्यानो बचेन भने हाम्रो अखिल अखण्डता भत्किनेछ। तराई रुनु हुदैन,भो बरु हामी पहाड नै रोंउला । किनकी हरेक बर्षात्मा पहिरोले र पानीले किच्दा किच्दा हामी त बलियो भैसकेका छौ।

कोही पनि लछुमनीया रुनु हुँदैन, यदि नेपाली माटोमा तिनको सालनाल गाडीएको छ भने। तराइलार्इ पहाडबाट अलग पार्ने कुरा नगर।पहाडीलाई हिमालयबाट अलग पार्ने कुरा नगर । हिंजो त सगै चुपचापले मिलेर बसेकै हो नि फेरि किन यो मुद्दा उठाउनु पर्यो ? नेपालीलाई नेपाल नै फोरेर किन अंशबन्डा दिनु पर्यो जरुरत छ ?के हामी अलग भएर बस्दैमा मीठो खान पाउनी हो र ? नेपाल आमाका तीन सन्तान तराई,पाहाड र मधेश छुट्टी भिन्न हुने हो र अब ? किन हामीले एक भएर बाच्न पाउदैनौ ? बीस हजार नेपालीको बलिदानी छुट्नु र टुटनको लागि मात्र थियो त ?
जय धरती ।।।