• Friday 23rd , June 2017 | शुक्रबार, असार ९, २०७४

पवन मधुश्रीको पुस्तक ‘नमुना’ विमोचन

काठमाडौं, सुदुरपश्चिमेली लेखक तथा अछाम जिल्ला विकास समितिका सुचना अधिकृत पवन मधुश्रीद्धारा लिखित पुस्तक ‘नमुना’को एक समारोहकाबीच बिमोचन गरिएको छ । विकास र राजनीतिसम्बन्धी विषयवस्तु समेटेर प्रकाशन गरिएको पुस्तकको विमोचन शनिवार राजधानीमा एक समारोहवीच पुर्व उपप्रधानमन्त्री तथा एमाले उपाध्यक्ष भिम रावलले गरेका छन् ।

देशको वर्तमान समयको राजनीतिक गति, सुशासन र कानुनी न्यायको अभिमतका कारणहरु औंल्याउँदै विभिन्न समयमा प्रकाशन गरिएका लेखहरुको एउटा संगोलोको रुपमा पुस्तक तयार पारिएको लेखकको तर्क छ । कार्यक्रममा उपस्थित नेपाली साहित्यका मुर्धन्य साहित्यकार डा. मोदनाथ प्रश्रीतले पवन मुदुश्रीको पुस्तक नमुना समयको माग अनुरुप प्रकाशन मात्र भएको नभई एउटा ऐतिहासिक दस्तावेजको उपमा बाहिर भएको बताए ।

पुस्तकमाथि परिचर्चाका क्रममा साहित्यकार प्रश्रीतले सुदुरपश्चिम जस्तो दुर्गम ठाउँमा रहेर पनि त्यसमाथि एउटा सरकारी सेवामा लागेको व्यक्तिले यसरी समाजका अध्येतहरुलाई समेत सन्दर्भ सामग्री हुने पुस्तक प्रकाशन गर्नु त्यति लरतरो कार्य नभएको औंल्याए ।

त्यस्तै पुस्तकमाथि टिप्पणी गर्दै अर्का साहित्यकार चेतनाथ कँडेलले लेखक पवन मदुश्रीले नडराउनु, नविराउनु भनेझैं आफ्ना अभिव्यक्ति अत्यन्तै निडररुपमा पुस्तकमार्फत पस्केको बताए । पुस्तकका माध्यमबाट पवनले नेता र कर्मचारी वर्गमा फैलिएको भ्रष्टाचारको कडा विरोध गर्दै कयौं गुपचुपमा रहेका सत्यताहरु बाहिर ल्याउन सफल भएको कणेलले बताए ।

नमुना विमोचन समारोहमा लेखक मधुश्रश्री र उनको पुस्तकका सन्दर्भमा केन्द्रितरही अछाम क्षेत्र नं. २ का सांसद भरत साउद, अछामकै राम बहादुर विष्ट, अक्कल बहादुर विष्ट र एमाले केन्द्रिय कमिटी सदस्य ठाकुर गैरेले समेत आफ्नो शुभकामना मन्तव्य राखेका थिए । पुस्तक विमोचन समारोह अवेरनेस इन्टरनेशनल कलेज शंखमुलमा आयोजना गरिएको कार्यक्रमको सञ्चालन विद्यार्थी नेता भीम रावल (काले टोपी)ले गरेका थिए भने समारोहमा विभिन्न पार्टीका राजनीतिज्ञ, कवि, साहित्यकार, लेखक लगाएतको उपस्थिति रहेको थियो ।