• Monday 20th , November 2017 | सोमवार, मंसिर ४, २०७४

नयाँ पार्टीकाे रूपमा अगाडि बढ्दै “पच्चिस प्लस युवा समुह”

यतिबेला मुलुकको राजनीति अत्यन्तै संवेदनशिल भईरहेको बेला राजनीतिक दलमा आवद्ध वा स्वतन्त्र दुवैै खालका युवाहरु आन्दोलित भईरहेका छन् । यतिमात्रै होईन नेपालका ठूला राजनीतिक दलहरुको सरकार बनाउने र ढलाउने निरन्तरको खेलबाट आम युवाहरु आक्रोसित समेत देखिन्छन् । यसकै शिलशिलामा राजनीतिलाई नै अन्तिम उदेश्य बनाएर नेपालका २५ जना प्रवुद्ध ब्यक्तित्वहरुद्धारा “पच्चिस प्लस समुह” गठन भएको छ । उक्त समुहले आफ्नो स्थापना संगसंगै एउटा युवा समूह पनि गठन गरेको छ । जसमा २५ जना बिभिन्न क्षेत्रका युवाहरु आवद्ध छन् । प्रस्तुत छ पच्चिस प्लस युवा समुहका संयोजक शुरेश गिरिसंग एसियन समाचारका लागि नरेश न्यौपानेले गरेको संक्षिप्त कुराकानी ।

“पच्चिस प्लस युवा समुह” भनेको कस्तो संगठन हो ?
नेपालमा विभिन्न क्षेत्रको २५ जना बरिष्ठ ब्यक्तित्वहरुद्धारा गठित पच्चिस प्लस समुह छ । र यो एक सामाजिक संगठन हो । त्यहि पच्चिस प्लस समुहको भातृ संस्थाको रुपमा पच्चिस प्लस युवा समुह गठन भएको छ । यसले राष्ट्रिय राजनीतिलाई सहि ट्रयाक्मा ल्याउन, मुलुकभित्र शुसान र जवाफदेहिता कार्यन्वयन गराउन, राष्ट्रिय अखण्डता एवंम सार्वभौमसत्ताकाे रक्षाका खातिर राज्यलाई सचेत गराउने, झकझकाउने र युवाहरुलाई देश र जनताप्रति उत्तरादायि बन्न प्रेरित गर्ने काम गर्दै आईरहेको छ । यसैकारण यो एक राष्ट्रवादी युवाहरुको समुह हो ।

यसमा कस्ता–कस्ता ब्यक्तिहरुको आवद्धता रहेको छ त ?
पच्चिस प्लस समुह नेपालका २५ जना प्रवुद्ध ब्यक्तित्वहरुद्धारा स्थापित राष्ट्रवादी ब्यक्तित्वहरुको समुह हो । जसमा पूर्व अख्तियार आयुक्त शुर्यनाथ उपाध्याय, वरिष्ठ पत्रकार आदित्यमान श्रेष्ठ, बरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटा, पुर्व एआईजि ठाकुर मोहन श्रेष्ठ, राष्ट्रवादी पत्रकार अनिल योगि, वरिष्ठ कलाकारहरु शिशिर योगि र जे पापि र बरिष्ठ सिमाविज्ञ बुद्धिनारायण श्रेष्ठ लगायतका नेपालका ख्यातिप्राप्त ब्यक्तिहरु यसमा आवद्ध छन् । त्यस्तै युवा समुहमा पनि त्यस्तै खालका युवाहरुको संलग्नता छ ।

तपाईहरुले संचालन गरिरहनु भएका गतिविधिहरुबारे बताईदिनोस् न ?
खासगरी हाम्रो पच्चिस प्लस समुह र युवा समुह दुवैले गर्ने राष्ट्र, राष्ट्रियता र मुलुक्को सार्वभौमिकताको सवालमा जनतालाई सचेत गराउने काम हो । जनतलाई अधिकार सम्पन्न बनाउन संघियता, गणतन्त्र चाहिन्छ तर यसको प्रयोग सहि रुपमा हुनुपर्दछ भन्ने हाम्रो भनाई हो । हिमाल, पहाड र तराई मिलेर बनेको देश र जनतलाई विखन्डन गर्ने हेतुले विदेशीको ईशारामा गर्न खोजिएको संघियताको हामी पुर्णरुपमा विरोधी हौँ । यस सन्दर्भमा हामिले आम जनताहरुलाई संघीयता र गणतन्त्रको नाम्मा विकास रोक्ने प्रबृतिका विरुद्ध सचेत गराउँदै आईरहेका छौँ । हामीले आजभोलि खासगरी जनचेतनामुलक कार्यक्रमहरु गर्दै आईरहेका छौँ । बिशेषगरी राजधानीका विभिन्न ठाउँमा हाम्रा आम सभा, कोण सभा, छलफल तथा अन्तरक्रियाहरु ब्यापक ढंगबाट दिनप्रतिदिन गर्दै सरकारमा बसेकाहरुलाई ब्युँझाउने काम गर्दै आईरहेका छौँ ।

त्यसो भए तपाईहरुले मुलुकको अहिलेको राजनीतिक घटनाक्रमलाई कसरी नियाली रहनु भएको छ ?
पहिलो कुरा आजको मुलुकको घटनाक्रमलाई हेर्दा हामी अत्यन्तै संवेदनशिल अवस्थामा छौँ जस्तो लाग्छ । देशिविदेशी शक्तिहरु जबरजस्त रुपमा नेपालको राष्ट्रियता र सार्वभौमिक्तामाथि गिद्धेनजर लगाईरहेका छन् । नेपालभित्रैकै अवसरवादीहरु ब्यक्तिगत र पार्टीगत स्वार्थलाई विदेशीसंगको सम्बन्धसंग जोडेर आफ्नै देशमाथि आत्मघाति गोल हान्न खोजिरहेका छन् । मधेषी जनताको अधिकारको नाममा नेपालमा जबरजस्त भारतीय हस्तक्षेप निम्त्याउन खोजिएको देखिन्छ भने जनजाती समुदायको अधिकारको नाम्मा युरोपियन र पश्चिमाहरुलाई नेपाल भित्र्याईदैछ । यसकारण कतै हाम्रो मुलुक हामी आफ्नै कारणले रणभूमी बन्दै त छैन ? यस प्रकार अहिलेको नेपालको राजनैतिक अवस्था असाध्यै दयनीय देखिन्छ । यसको शीघ्र सेफल्याण्डिङ जरुरी छ ।

यति ठुलो समस्या तपाईहरुको जस्तो सानो समुहबाट समाधान गर्न सम्भव छ ?
कुनै पनि महत्वपुर्ण आन्दोलन, एजेण्डा वा बिषयबस्तुको उठान शुरुमा सानै समुहबाट हुने गर्दछ । तपाईले देख्नु भएकै छ नेपालमा प्रजातन्त्र, बहुदल र गणतन्त्र ल्याउने आन्दोलनहरुमा सुरुमा थोरै मान्छे नै थिए । पछि एजेण्डा सहि सावित हुँदै जाँदा मानिसहरुको ठुलो भींड तयार भयो र ठूलाठूला परिवर्तनहरु सम्भव भए । त्यसकारण हाम्रो पच्चिस प्लस समुहलाई पनि सानो भन्न मिल्दैन किनकी हाम्रा एजेण्डाहरु राष्ट्र र राष्ट्रियताका सन्दर्भमा अत्यन्तै महत्वपूर्ण छन् ।

तपाईहरुको पच्चिस प्लस युवा समुह नयाँ पार्टीको रुपमा उदाउन लागेको हो ?
अवस्य, अहिले हाम्रा गतिविधीहरु शान्तिपूर्ण ढंगबाट सरकारलाई सम्झाउने खालका मात्रै छन् । तर सरकारमा बसेकाहरुले सुन्न चाहेनन् भने हामी जनतामा अवस्य जान्छौँ र आवश्यक पर्दा एउटा पार्टीको समेत निमार्ण गर्न पछि पर्दैनौँ । हामी देशभरीका राष्ट्रवादी र देशप्रेमी प्रबुद्ध ब्यक्तिहरु तथा नव युवाहरुलाई गोलबन्द गर्दै अगाडि बढ्ने छौँ ।