• Friday 23rd , June 2017 | शुक्रबार, असार ९, २०७४

सातौं खेलकुदअन्तर्गत पूर्वाञ्चलको इटहरीमा आज अन्तिम दिनको खेल नतिजा

इटहरी, पूर्वाञ्चलमा जारी साताैं खेलकुदअन्तर्गत अन्तिम दिन अाज भएकाे तेक्वान्दाेकाे फाइनल खेलमा पुरूषतर्फ ६८ के.जी समूहमा नेपाली सेनाका महमद वैयस प्रथम  भएका छन् । त्यस्तै  ६३ के जी ताैल समूहमा नेपाल प्रहरीका वीर बहादुर महरा प्रथम भएका छन् भने ७४ के जी ताैल समूहमा नेपाल प्रहरी कै निश्चलमान श्रेष्ठ प्रथम भएका छन् । त्यस्तै ८० के जी ताैल समूहमा नेपाली सेनाका रामदत्त भट्ट प्रथम हुन सफल भएका छन् ।

महिलातर्फकाे ७३ केजी ताैल समूहकाे तेक्वान्दाे खेलमा नेपाली सेनाकी मिरा काफ्ले प्रथम भएकी छन् । त्यस्तै पूर्वाञ्चलकी माैसमी कार्कीले दाेस्राे स्थान हासिल गरेकी छन् भने एपिएफकी अप्सरा कार्की तथा मभ्यमाञ्चलकी अस्मीता रिजाल तेस्राे भएकाे इटहरीबाट हाम्रा संवाददाता मीना दनुवारले जानकारी दिइन् ।

पुरस्कार वितरण कार्यक्रममा राखेपका उपाध्यक्ष लामटेकी शेर्पा,इलाका प्रहरी कार्यालायका र्इटहरीका प्रहरी नायव उपरिक्षक नरेजराज सुवेदी,तेक्वान्दाे संयाेजक गाैरीमान परियार,प्रशिक्षक विभागका उपनिर्देशक नन्दु रार्इ लगायतकाे उपस्थिति रहेकाे थियाे ।