• Wednesday 28th , June 2017 | बुधबार, असार १४, २०७४

श्रीलंकालाई हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौं- चौथो साफ महिला च्याम्पियनसिप अन्तर्गत नेपालले श्रीलंकालाई १–० गोल अन्तरले पराजित गरेको छ । श्रीलंकालाई हराउँदै नेपाल महिला साफ च्याम्पियनसिपमा समूह विजेता बनेको हो ।

भारतको सिलगुडीमा शुक्रबार भएको खेलमा नेपालका लागि खेलको ८७ औं मिनेटमा सपना लामाले गोल गरेकी थिइन ।  निर्धारित समयको खेल सकिन ३ मिनेट मात्र बाँकी छँदा उनले गोल गरेकी हुन् ।

जितसँगै ३ खेलबाट ९ अंक जोडेको नेपाल समूह एको विजेता बनेको छ । यो जितसँगै नेपाल समूह विजेता भएर सेमिफाइनलमा प्रवेश गरेको छ । समूह चरणका दुई खेलमा नेपालले भुटान र माल्दिभ्सलाई पराजित गरेको थियो ।